आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सार्वजनिक यातायात खुल्ने अन्योल उस्तै, ठोस निर्णय भएन

होस्ट खबर by होस्ट खबर
२९ असार २०७७, सोमबार
167
SHARES
315
VIEWS
FacebookTwitter
भोलि र पर्सि काठमाडौं उपत्यका बाहिर जान दिने सरकारको निर्णय

फाइल फोटो

राजधानी दैनिक /काठमाडौं : छोटो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्नेबारेको अन्योल अझै हटेको छैन । सरकारले काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र हुने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिए पनि व्यवसायीले विभिन्न माग राखेर सार्वजनिक यातायात खोल्न मानेका छैनन् ।

सार्वजनिक सवारी साधन खोल्ने विषयमा आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र व्यवसायीबीच छलफल भए पनि कुनै ठोस सहमति हुन सकेन । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले छलफलमा व्यवसायीका समस्यामा मन्त्री, सचिव र विभागका महानिर्देशसँग राखेको बताए ।

‘हामीले सहजीकरणका लागि सरकारले के गर्न सक्छ भनेर हाम्रा कुरा स्पष्टसँग भनेका छौं । मन्त्रीज्यूले पनि सकारात्मक तरिकाले लिनुभएको छ । निरन्तर छलफल गर्दै जाने कुरो भएको छ तर यातायात कहिले खुल्छ भन्न सकिन्न,’ उनले भने ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्त नेम्वाङ, मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशकलगायत सहभागी छलफलमा व्यवसायीले जहाज चलाउँदा पाइलटलाई कोरोना लाग्छ भने बस चलाउँदा पनि चालक परिचालकलाई कोरोना लाग्ने भएकाले यस्ता विषयमा सरकारले सहजीकरण गर्नुपर्ने माग राखेका थिए । महासचिव सिटौलाले ५० प्रतिशत जनशक्ति अहिले काठमाडौं उपत्यकाबाहिर रहेकाले उनीहरुलाई ल्याउन र बिग्रिएका गाडीहरु सञ्चालनमा ल्याउन पनि सरकारले सहजीकरण गर्नुपर्ने बताए ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री नेम्वाङका प्रेस संयोजक सन्दीप राईले सार्वजनिक यातायात कसरी खुलाउन सकिन्छ र त्यसमा सरकारले के सहजीकरण गर्न सक्छ भनेर व्यवसायीलाई बोलाएर छलफल गरेको जानकारी दिए । सरकारका प्रवक्ता डा। युवराज खतिवडाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बिहीबार छोटो दुरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय सार्वजनिक गरेका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार आकस्मिक रूपमा बसेको केन्द्रीय कमिटी बैठकले सरकारले सार्वजनिक यातायात खुलाउने वातावरण नबनाएको भन्दै सवारी नचलाउने निर्णय गरेको थियोे । व्यवसायीले सरकारले छलफल नै नगरी एकलौटी ढंगले निर्णय गरेको आरोप लगाउँदै आएका छन् ।

महासंघले बैंकको ऋण किस्ताको स्थगन गरी पुनर्तालिकीकरण गर्नुपर्ने, ब्याजदरमा सहुलियत दिनुपर्ने, पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने, गाडी र चालकको कागजपत्र नवीकरण गर्न सहजीकरण गर्नुपर्ने, चालक र परिचालकको स्वतः कोरोना बिमाको व्यवस्था गरिनुपर्नेलगायतका माग राखेका छन् ।

सार्वजनिक सवारी सञ्चालन गर्न पहल र समन्वयका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात सम्बन्ध मजदुर संगठनले कार्यदलसमेत गठन गरेका छन् । आइतबारको बैठकमा कार्यदलका सदस्य उपस्थित थिए । पत्रकार टेनिस रोकाले आजको राजधानी दैनिकमा समाचार लेखेका छन् ।

Related Posts

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर
पत्रपत्रिका

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

२ शिक्षक, ५ विद्यार्थी
ताजा समाचार

फेरियो शिक्षक र कर्मचारीको पोसाक

सुरु भयो पढाइ, विद्यार्थीको हातमा छैन पाठ्यपुस्तक
पत्रपत्रिका

सुरु भयो पढाइ, विद्यार्थीको हातमा छैन पाठ्यपुस्तक

नागढुंगा सुरुङ सडक विस्तारको काम ७६ प्रतिशत सम्पन्न
ताजा समाचार

नागढुंगा सुरुङ सडक विस्तारको काम ७६ प्रतिशत सम्पन्न

महानगरमै ४०% मत बदर
पत्रपत्रिका

महानगरमै ४०% मत बदर

सी रणनीति : भूजडित
अर्थ खबर

कर्जा र निक्षेप लगातार ओरालो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एकै दिन तोलामा ६ हजार घट्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

२९ असार २०७७, सोमबार
भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

२९ असार २०७७, सोमबार
सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

२९ असार २०७७, सोमबार
निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

२९ असार २०७७, सोमबार
वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

२९ असार २०७७, सोमबार
सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

२९ असार २०७७, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.