जाजरकोट : जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्कीटोलमा गएको पहिरोमा परि बेपत्ता थप १ जनाको शब फेला परेको छ । पहिरोमा हराईरहेकी मृतक गोपाल सार्कीकी १३ बर्षिय छोरी लक्ष्मी सार्की शव भेटिएसँगै मृतकको संख्या ११ पुगेको छ ।
आइतबार विहान पनि घटनामा परी मृत्यु भएकी कलु सार्कीकी ११ बर्षिया छोरी कमला सार्कीको शव उद्दारकर्मीले फेला पारेका थिए । घटनामा पहिरोले दुई घर बगाउँदा पाहुन आएका सहित १२ जना बेपत्ता भएका थिए ।
घटनामा ३८ बर्षिया कलु सार्की, उनकी १३ बर्षिय तिर्सा सार्की र उनका ६ बर्षिया छोरा सुभास सार्कीको मृत्यु भएको छ । घटनामा परि पाहुना आएका कुशे ९ चौराटाका १४ बर्षिय गौरी सार्की, १६ बर्षिय कविता सार्की, २० बर्षिया डिल्ली सार्की तथा १८ बर्षका विरेन्द्र सार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए ।
उनीहरु दिदिको घरमा पाहुन आएका थिए । पहिरोमा परि बारेकोट ४ का ५२ बषिय गोपाल सार्की र उनका ११ बर्षका छोरा अर्जुन सार्कीको मृत्यु भएको छ ।
गोपालकी श्रीमति ५० बर्षिया पुष्पा सार्की पहिरोमा बेपत्ता छन् । त्यस्तै बारेकोट ६ धुमाका २० बर्षिय शान्तबहादुर चलाउने र १० बर्षिय प्रचण्ड चलाउने धुमा खोलाले बगाउँदा बेपत्ता छन् । भिरबाट लडेर खोलामा परेका जुनीचाँदे ११ का डिल्लीबहादुर चनारा पनि सानाखोलामा बेपत्ता छन् ।