एजेन्सी : केही समय अघि मास्क लगाउने घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन शुरु गरेका छन् । कोरोना महामारीमा मास्क नलगाई सार्बजनिक कार्यक्रममा देखिने अमेरिकी अमेरिकी राष्ट्रपति ट्रम्पले पहिलो पटक सार्वजनिक कार्यक्रममा मास्क लगाएका हुन् ।
वासिङ्टन नजिकै रहेको वाल्टर रीड नेशनल मेलिटरी मेडिकल सेन्टरको अवलोकनका क्रममा उनले मास्क लगाएका हुन । सो स्थानमा उनले घाइते सैनिक र स्वास्थ्यकर्मीसँग भेट गरे ।
उनले फेस मास्क लगाउन अस्विकार गरिसकेका थिए । शनिबार ह्वाइट हाउसबाट निस्कने बेला उनले मास्क लगाएका थिए ।