दैलेख : सदरमुकाम पुग्ने नागरिकका लागि साबुन पानीले हात धुन देबकोटा चोक दैलेखमा ह्याण्ड वासिङ मेसिन जडान गरिएको छ ।
कोरोनाको जोखिमयुक्त क्षेत्रको रुपमा लिइएको दैलेखमा सदरमुकाम आउने नागरिकका लागि नेपाल ईन्जिनियर्स एसोसिएसन कर्णाली प्रदेशको सहयोगमा ह्याण्ड वासिङ मेसिन जडान गरिएको हो ।
ईन्जिनियर महेश ढुङ्गानाले कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि दैलेख सदरमुकाम स्थित फुट अपरेटेड ह्याण्ड वासिङ मेसिन (खुट्टाले मेशीन चलाएर हात धुने मेसिन) देवकोटा चोकमा जोडिएको बताए ।
नारायण नगरपालिका वडा नं १ को मातहतमा रहनेगरि वडाअध्यक्ष तिर्थनारायण श्रेष्ठलाइ हतान्तरण गरिएको छ । मेशीनले कोरोना संक्रमणको जोखिमलाई न्युनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।