बिहिबार, जेष्ठ ५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

एउटा कम्पनीबाट दुई भन्दा बढी सिम लिन र अरुको नामको सिम चलाउन नपाइने

होस्ट खबर by होस्ट खबर
२२ असार २०७७, सोमबार
210
SHARES
397
VIEWS
FacebookTwitter
एउटा कम्पनीबाट दुई भन्दा बढी सिम लिन र अरुको नामको सिम चलाउन नपाइने

काठमाडौं : सिमकार्डका सम्वन्धमा सरकारले कडा व्यवस्था लागु गर्न थालेको छ । डिजिटल बैंकिङको कारोबार मोबाइलबाट हुन थालेपछि सुरक्षा थ्रेट समेतलाई ध्यानमा राखि सरकारले सरकारले अब एक व्यक्तिले एउटा सेवा प्रदायक कम्पनीबाट दुई वटाभन्दा बढी सिमकार्ड लिन नपाउने व्यवस्था गरेको हो ।

दूर सञ्चार सेवा प्रदायक कम्पनीहरूको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीहरूलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएको हो ।

पछिल्लो समय डिजिटल बैंकिङको कारोबार मोबाइलबाट हुन थालेपछि बढी सिमकार्ड लिने गरेका छन् । आफ्ना नाममा सिमकार्ड लिएर अरुलाई दिँदा आइपर्न सक्ने जोखिम न्यूनीकरण गर्न एक व्यक्तिले एक सेवा प्रदायकबाट दुई वटाभन्दा भन्दा बढी सिमकार्ड लिन नपाउने व्यवस्था गर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । नाबालिकका लागि भने अविभावकको नाता प्रमाणित र अन्य आवश्यक कागजात उपलब्ध गराएको खण्डमा एउटा मात्रै सिमकार्ड लिन पाइने छ ।

पछिल्लो समय सिमकार्ड आर्थिक कारोबारसँग पनि जोडिएको छ । सिमकार्डबाटै बैंकिङ तथा मोबाइल बैंकिङ लगायतका कारोबार हुने भएकाले पनि यस्तो खालको निर्णय आवश्यक रहेको प्रवक्ता अर्यालले बताए ।‘हाम्रो उद्देश्य भनेको कार्डको दुरुपयोग नहोस् भन्ने हो,’ उनले भने ‘एउटै व्यक्तिको नाममा धेरै कार्ड हुँदा अपराध सम्बन्धी विभिन्न गतिविधिमा प्रयोग हुन सक्छ भन्ने हो अर्थात मिसयूज नहोस् भन्नका लागि यो व्यवस्था गरिएको हो ।’

प्राधिकरणको गत साता बसेको सञ्चालक समितिको बैठकले यस्तो एक व्यक्तिले एउटा सेवा प्रदायक कम्पनीबाट दुई वटाभन्दा सिमकार्ड लिन नपाउने व्यवस्था गरेको हो । सो निर्णयलाई कार्यान्वयनमा ल्याउन आज आइतबार प्राधिकरणले सेवा प्रदायक कम्पनीहरूलाई पत्र काटेर यसबारे जानकारी गराएको छ ।

प्राधिकरणले गरेको यो व्यवस्था कार्यान्वयनमा आएसँगै दुईभन्दा बढी सिमकार्ड लिएका व्यक्तिले सिमकार्ड छोड्नु पर्ने हुन्छ । यससँगै सेवा प्रदायकले एक जना व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड बिक्री गर्न पाउने छैनन् । हाल एउटै व्यक्तिले एउटा सेवा प्रदायकको धेरै सिमकार्ड लिने गरेका छन् ।

अर्यालका अनुसार नेपाल टेलिकमको हकमा एक जनाले अधिकतम दुई वटा सिमकार्ड र एउटा ल्याण्डलाइन लिन सक्नेछन् भने अन्य सेवा प्रदायकको हकमा एउटा व्यक्तिको नाममा दुई वटाभन्दा बढी सिमकार्ड लिन नपाउने प्रावधान राखिएको छ ।

यो प्रावधान पुराना सिमकार्ड लिनको हकमा समेत लागु हुने उल्लेख गरिएको छ । पुराना प्रयोगकर्ताको हकमा समय सीमा तोकेर सेवा प्रदायकले यो व्यवस्था अनुसार अर्को व्यक्तिको नाममा नामसारी गर्न निर्देशन दिने भएको छ । बढी सिमकार्ड बिक्री गरेमा सेवा प्रदायक कम्पनीहरू सजायको भागिदार हुनेछन् ।

Related Posts

सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो
अर्थ खबर

किन बढ्यो सार्वजनिक यातायातको भाडा ?

जीवन बीमा कम्पनीको नाफा घट्यो
अर्थ खबर

जीवन बीमा कम्पनीको नाफा घट्यो

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै
अर्थ खबर

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो
अर्थ खबर

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप
अर्थ खबर

स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप

कर्णालीमा एक करोड राशिको पत्रकार कल्याण कोष
अर्थ खबर

नेपाली रुपैयाँ हालसम्मकै कमजोर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

वीरेन्द्रनगर -१० मा एमालेका रखालको प्यानल बिजयी

वीरेन्द्रनगर -१० मा एमालेका रखालको प्यानल बिजयी

२२ असार २०७७, सोमबार
वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

२२ असार २०७७, सोमबार
वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

२२ असार २०७७, सोमबार
वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

२२ असार २०७७, सोमबार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

२२ असार २०७७, सोमबार
उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु

रुपन्देहीमा विजय उत्सवमा हिड्डेको गाडी दुर्घटना

२२ असार २०७७, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.