आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

‘राष्ट्रपतिलाई महाअभियोग लगाउन खोजिएको’ भन्ने विषयमा ओली–दाहाल भनाभन

होस्ट खबर by होस्ट खबर
२२ असार २०७७, सोमबार
174
SHARES
328
VIEWS
FacebookTwitter
आफू निकट नेतासँगको छलफलपछि ओली-प्रचण्डको भेट : दुई घण्टा के कुरा भयो ?

कान्तिपुर दैनिक/ काठमाडौँ : ‘राष्ट्रपतिलाई महाअभियोग लगाउन खोजिएको’ भन्ने विषयमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भनाभन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो भएको छलफलमा प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीच महाअभियोगकै विषयमा आरोप–प्रत्यारोप भएको हो ।

शनिबार साँझ मन्त्री र राज्यमन्त्रीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले आफूलाई दुवै पदबाट हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भएको भन्दै यसका विरुद्ध लड्ने रणनीति सार्वजनिक गरेका थिए । त्यसको अर्को दिन भेटमा ओली र दाहालबीच सवालजवाफ भएको हो । दाहाल र ओलीबीच भएको संवादबारे दुवै समूहले आ–आफ्ना निकट नेताहरुलाई बताएका छन् ।

छलफलको सुरुमै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई महाअभियोग लगाउने गरी कानून व्यावससायीसँग किन छलफल गरेको भन्दै असन्तुष्टि पोखेका थिए । जवाफमा दाहालले ‘गलत कुरा नगर्नुस्, महाअभियोगबारे कहीं कतै छलफल भएको भए प्रमाण दिनुस्’ भनेको नेकपाको उच्चस्रोतले बतायो । त्यसपछि ओलीले ‘मलाई थाहा छ, तपाईंहरु के गर्दै हुनुहुन्छ’ भन्ने जवाफ फर्काएको स्रोतले बतायो । बालुवाटारमै मन्त्रीहरु बोलाएर गलत सूचना प्रभाह गरेको भन्दै दाहालले पनि असन्तुष्टि पोखेका थिए ।

दाहालसँगको भेटमा ओलीले शनिबार खुमलटारमा सचिवालयका ६ सदस्य बसेर सरकारविरुद्ध षडयन्त्र गरेको आरोप लगाएका थिए । जवाफमा दाहालले प्रधानमन्त्री नै पार्टी फुटाउन लागेपछि सल्लाह गर्न बसेको जवाफ दिएको स्रोतले जानकारी दियो ।

शनिबार दाहाल निवासमा दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामहादुर थापाबीच छलफल भएको थियो । यसैलाई लिएर प्रधानमन्त्री ओलीको असन्तुष्टि थियो । खुमलटारमा केही कानून व्यवसायीसँग दाहाल–नेपाल समूहका नेताहरुको छलफललाई लिएर ओलीले प्रश्न उठाएका थिए । स्रोतका अनुसार जवाफमा दाहालले ‘तपाईंले पार्टी विभाजन गर्नुभयो भने के गर्ने भनेर छलफल गरेको हो’ भन्ने जवाफ दिएका थिए । बालुवाटारबाटै प्रधानमन्त्री आफैंले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी भएको बताएकोमा अध्यक्ष दाहालको असन्तुष्टि थियो ।

ओलीसँग भेट गर्नुअगाडि दाहाल पार्टीका दुई वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई लिएर प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल गर्न राष्ट्रपतिकहाँ पुगेका थिए । राष्ट्रपतिलाई महाअभियोगको हल्ला सत्य नभएको भन्दै विश्वस्त हुन आग्रह गरिएको नेता खनालले बताए । हल्ला बालुवाटारबाटै फैलाइएको भन्दै उनीहरूले राष्ट्रपतिको संस्थालाई आफूहरूले विवादमा नपार्नेसमेत बताएका थिए ।

‘अहिले ठूलो षड्यन्त्र भइरहेको छ । राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने तयारी भएको छ । तपाईहरु कसको पक्षमा हुने रु कि प्रधानमन्त्रीको विपक्षमा जाने रु तपाईहरुलाई यही सूचना भयो । आफ्नो पोजिसन छिट्टै क्लियर गर्नुस् । तर, म तर अन्तिमसम्म यसको सामना गर्छु’प्रधानमन्त्रीले शनिबार मन्त्रीहरुसँग भनेका थिए ।

प्रधानमन्त्रीको भनाईमा कृषि मन्त्री घनश्याम भुसाल र उर्जा मन्त्री बर्षमान पुनले आपत्ति जनाएका थिए । उर्जामन्त्री पुनले यस्ता कुरा पार्टी बैठकमै गर्नुपर्ने भन्दै शंकाका भरमा षड्यन्त्र भयो भन्दै हिँड्न नहुने बताएका थिए । मन्त्री भुसालले शीर्ष नेताहरू अनावश्यक हल्लाको बहकाउमा लागेको उदाहरण आफूसँग धेरै भएको भन्दै सूचनाको दुरुपयोग भएको कुरा बुझ्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

आइतबार केहीबेर महाअभियोगकै मुद्दामा दुई अध्यक्ष ओली र दाहालबीच सवालजवाफपछि थप संवाद सोमबार गर्ने सहमति बनेको थियो । त्यसका लागि गृहकार्य गर्न महासचिव विष्णु पौडेल, बर्षमान पुन, शंकर पोखरेल र जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ । चार नेताको गृहकार्यपछि सोमबार ओली–दाहालबीच संवाद गर्ने र त्यसपछि मात्रै स्थायी कमिटी बैठक बस्ने नेताहरुको तयारी छ । आइतबार दाहाल र ओलीसँगै पौडेल, पुन, पोखरेल र शर्मा पनि बालुवाटार छलफलमा उपस्थित थिए ।

नेकपाको स्थायी कमिटी बैठक सोमबारका लागि बोलाइएको छ । उक्त बैठकअघि दुवै अध्यक्षबीच निर्णायक छलफल हुने बताइएको छ । नेकपामा दाहाल–नेपाल समूह प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा गर्नुपर्ने अडानमा छ । ओलीले अन्तिमसम्म लड्ने तर राजीनामा नदिने जवाफ दिएका छन् । यही विवादले असार १० बाट बसेको स्थायी कमिटी बैठक पटक–पटक स्थगित भएको छ । दुवैपक्ष भावी कदमबारे विमर्शमा जुटेका छन् । पत्रकार बबिता शर्माले लेखेको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Tags: पत्रपत्रिका

Related Posts

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ
मौसम

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर
पत्रपत्रिका

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी
भर्खर

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

माघ १ गते कर्णालीमा सार्वजनिक विदा
भर्खर

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

२ शिक्षक, ५ विद्यार्थी
ताजा समाचार

फेरियो शिक्षक र कर्मचारीको पोसाक

सुरु भयो पढाइ, विद्यार्थीको हातमा छैन पाठ्यपुस्तक
पत्रपत्रिका

सुरु भयो पढाइ, विद्यार्थीको हातमा छैन पाठ्यपुस्तक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एकै दिन तोलामा ६ हजार घट्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

२२ असार २०७७, सोमबार
भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

२२ असार २०७७, सोमबार
सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

२२ असार २०७७, सोमबार
निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

२२ असार २०७७, सोमबार
वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

२२ असार २०७७, सोमबार
सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

२२ असार २०७७, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.