महेन्द्रनगर : महेन्द्रनगर बजारमा युवाहरुले खाली खुट्टा हिडेर सरकार विरुद्ध प्रदर्शन गरेका छन् । कोरोना महामारीका बेला सरकार गम्भीर नभएको, जनताको स्वास्थ्य सुरक्षामा वेवास्ता गरेको लगायतका विषयमा सरकारको विरुद्ध नाराबाजी गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
मदन चोक देखी बजार परिक्रमा गरेर भीमदत्तनगरपालिका मुल गेट अगाडी उनीहरुले नाराबाजी गर्दै क्वारेन्टाइनको व्यवस्थापन हुनुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने र सीमा अतिक्रमण रोक्नका लागि सरकारले सीमा क्षेत्रमा पर्खाल लगाउनुपर्ने माग राख्दै उनीहरुले प्रदर्शन गरे।
देशभरि सीमा अतिक्रमण हुँदा पनि सरकारले चासो नदिएको र महामारीका बेला समेत सरकारले अनियमितता गरिरहेको उनीहरूको आरोप छ।