सुर्खेत : आइतबार भेरी अस्पताल नेपालगञ्जले कर्णालीका थप २८ जनामा कोरोना पुष्टि भएको तथ्य सार्वजनिक गरेको छ । आज प्रकाशन गरेको कोरोना परिक्षण रिपोर्ट अनुसार सुर्खेतका ६, सल्यानका १५ र दैलेखका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यता सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखा सुर्खेतले आजै प्रकाशन गरेको विज्ञप्ति अनुसार कर्णालीमा थप ९ जनामा मात्र कोरोना पुष्टि भएको छ । जस अनुसार दैलेखका ५, सुर्खेतका १, सुर्खेतमा रही अन्यत्र घर भएका २ र सल्यानका १ जनामा कोरोना पुष्टि भएको देखिएको छ ।
महाशाखाका अनुसार यो संगै कर्णालीमा हाल सम्म कोरोना संक्रमण संख्या १ हजार ४ सय ९८ पुगेको छ । त्यस मध्य सक्रिय विरामीको संख्या २ सय ६१ जना मात्र रहेको महाशाखाले जनाएको छ । कुल विरामी मध्य हाल सम्म १ हजार २ सय ३१ जना निको भई डिस्चार्ज भइसकेका छन् भने ६ जनाको ज्यान गएको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रकाशन गर्ने विज्ञप्तिमा बारम्बार त्रुटि रहेको गुनासो जन स्तरबाट आइरहेको भएपनि त्यसलाई सम्वन्धित निकायले सुधार्ने तर्पm कुनै पहल गरेको छैन । यसले आम नागरिकमा भ्रम श्रृजना भएको छ ।
यस विषयमा महाशाखा प्रमुख डा. लक्ष्मिनारायण तिवारीलाई होष्ट खवरले प्रश्न गर्दा आधिकारीक रुपमा भेरी अस्पतालले पत्राचार नगर्दा सम्म त्यो तथ्यलाई आधिकारीक मान्न नसकिने बताए । उनका अनुसार एक सरकारी निकायले अर्कोलाई आधिकारीक रुपमा इमेल वा पत्राचार गर्नु पर्दछ ।
हेर्नुस आजका तथ्यांक