सुर्खेत : शनिबार कर्णाली प्रदेशका २ जिल्लाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जारी गरेको विज्ञप्ति अनुसार सल्यानका ५ र दैलेखका १ जनामा कोरोना पुष्टि भएको हो । यो संगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ८९ पुगको छ ।
आजै कर्णालीका विभिन्न जिल्ला स्थित आइशोलेसन सेन्टरबाट २३ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । प्राप्त समाचार अनुसार आठविस आइशोलेसन सेन्टर दैलेखबाट १६ जना पुरुष र ४ जना महिला सहित २० जना र प्रदेश अस्पताल सुर्खेतबाट २ जना पुरुष र १ जना महिला सहित ३ जना डिस्चार्ज भएका हुन् ।
कर्णालीमा अव सक्रिय कोरोना विरामीको संख्या २ सय ८२ जना रहेका छन् भने कर्णालीमा हाल सम्म यो रोगका कारण ६ जनाको मृत्यु भएको छ ।