सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

ओली प्रचण्डको ३ घण्टा बसाइले मन मात्रै माझियो, नेकपा फेरी फुट्ने त होइन ? भन्ने प्रश्न चाँही उब्जियो

रामकृष्ण अधिकारी by रामकृष्ण अधिकारी
२० असार २०७७, शनिबार
201
SHARES
334
VIEWS
FacebookTwitter
एमाले पार्टी दर्ताको लागि निर्वाचन आयोगमा परेको निवेदनले नेकपा भित्र चर्काचर्की

अन्नपूर्णपोष्ट /काठमाडौं : शीर्ष नेताहरूको कटुतासँगै नेकपाका कार्यकर्तामाझ एउटा चिन्ता गढेको छ– कतै एकता भत्किने त होइन ? नेकपा फेरि फुट्ने त होइन ?

मेलमिलापको अपेक्षासहित दुई अध्यक्ष एक–एक विश्वासपात्रसहित शुक्रबार तीन घण्टा बसे। जति बसाइ लम्बिँदै गयो, शुभेच्छुकको आशा बढ्दै गयो। तर, छुटुन्जेलमा मन त माझियो। कुरा बाझिएरै रह्यो।

‘दुई अध्यक्षबीच खुलेरै कुराकानी भएको छ’, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा सँगै रहेका स्थायी समिति सदस्य जनार्दन शर्माले भने, ‘तर, विषयवस्तुमा ठोस सहमति भएको छैन। अर्को राउन्ड फेरि छलफल हुने भएको छ।’ छलफलमा महासचिव विष्णु पौडेल पनि थिए। उनले पनि सञ्चारमाध्यमलाई ओली र दाहालबीच खुलस्त कुराकानी भएको र आफूलाई लागेका कुराहरू दुवै अध्यक्षले राखेको जानकारी गराएका थिए।

‘सम्बन्ध नट गुड, नट ब्याड (न राम्रो, न खराब) भयो’, बैठकको उपलब्धिबारे बालुवाटार स्रोतले भन्यो।

ओलीसँगको बालुवाटार छलफलबारे दाहालले आफ्नो निवासमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई बोलाएर शुक्रबार साँझ जानकारी गराएका छन्। त्यहाँ सहभागी एक सचिवालय सदस्यका अनुसार, ओली शुक्रबारको छलफलमा पनि आफ्नो अडानमा यथावत् छन्। वरिष्ठ नेता खनालले अन्नपूर्णसँग भने, ‘दुई अध्यक्षबीच बालुवाटारमा भएको छलफल हामीलाई प्रचण्ड कमरेडले बिफ्रिड गर्नुभयो। कुरा मिलेनछ। अडानमै उहाँ (प्रधानमन्त्री) देखिनु भएको छ। अब स्थायी समितिबाटै कोर्स अगाडि बढ्छ।’

अर्का एक सचिवालय सदस्यका अनुसार, दाहाल बालुवाटार पुगेपछि भएको छलफलको प्रारम्भमै ओलीले आफ्नो पुरानै अडान दोहो¥याउँदै भनेका थिए, ‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विषयमा कुरा गर्न आउनु भएको भए त्यो कुरै नगरौं, त्यो च्याप्टर क्लोज भयो। त्यो कुनै सम्भावनै छैन, अरू केही कुरा छन् भने गरौं।’

दाहालले पार्टीभित्र उठेका विषयमा छलफल नगर्ने भन्न नसुहाउने भन्दै एकता जोगाई राख्नुपर्ने र पार्टीको निर्णयलाई सबैले मानेर जाने गरी अगाडि बढ्नुपर्ने आग्रह गरेका थिए। त्यसपछि ओलीले दाहालसँग भने, ‘पार्टी एकता सकेसम्म गर्ने हो। तर पार्टी अहिले फुटे बराबर छ। तपाईंले भोलि कारबाही गर्नुस्, त्यसपछि म अर्को पार्टी बनाउँछु।’

त्यति मात्र होइन, दाहाललाई ओलीले शुक्रबारको छलफलमा वरिष्ठ नेता माधव नेपाल वा आफ्नो टिममध्ये कुनमा बस्ने रोज्नसमेत आग्रह गरेका थिए। ‘उहाँ (प्रधानमन्त्री) ले पार्टी एकता कायम गर्ने हो भने अध्यक्ष र प्रधानमन्त्रीको कुरा भएन, अर्को एउटा पनि निर्णय गर्नुहोस् तपाईंले मेरो टिममा बस्ने हो कि माधव नेपालको टिममा बस्ने हो रु फैसला गर्नुहोस्सम्म मलाई भन्नुभयो’, ओलीले आफूलाई राखेको प्रस्ताव सुनाउँदै दाहालले ब्रिफिङमा भने।

दाहालले भने पार्टीको निर्णयलाई मानेर जानुपर्नेमै ओलीलाई जोडबल गरेका थिए। ‘एकीकृत पार्टी भइसकेपछि कहाँ त्यस्तो हुन्छ रु तपाईं (प्रधानमन्त्री) ले त्यागको कुनै भावना नै देखाउनु भएन, यस्तो पनि हुन्छ रु ’ दाहालको यस्तो प्रश्नपछि ओलीले भने, ‘मैले गल्ती गर्दिनँ।’

दुई अध्यक्षबीचको छलफलमा कुरा नमिलेपछि महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्माले फेरि पनि छलफल गर्ने र अविश्वास हटाउने विषयमा जानुपर्ने मत राखेका थिए। त्यसपछि भने ओलीले शनिबारको पार्टी स्थायी समिति बैठक अगाडि पुनः एकपटक बस्ने र छलफल गरेर हेरौं भन्दै दाहाललाई बिदाइ गरेका थिए।

दाहाल–नेपाल पक्षले शनिबार ओलीसँग दाहालले गर्ने छलफल पनि सकारात्मक नदेखिए पुनः सचिवालयका नेताहरूको बैठक बसेर कसरी जाने भन्ने प्रक्रिया टुंगो लगाउने भएका छन्। ‘अब उहाँहरूबीचको शनिबार हुने छलफल हेरौं। त्यहाँ पनि प्रधानमन्त्री टसमस नभई आउनुभयो भने हामी स्थायी समिति बैठक अगाडि सचिवालयका साथीहरू बस्छौं। त्यसपछि स्थायी समिति बैठकमा केन्द्रीय समिति बैठक बोलाउने गरी निर्णय गरेर जान्छौं, त्यही दिशामा हाम्रो छलफल छ,’ ती सचिवालय सदस्यले अन्नपूर्णसँग भने। दाहालसँगको छलफलमा ओलीले ४ मंसिर २०७६ मा दुई अध्यक्षबीच भएको अधिकार बाँडफाँटको सहमतिलाई थप व्याख्या स्थायी समितिबाट गरेर जान भने आफू तयार रहेको बताएका थिए। तर दाहालले परिस्थिति त्यसभन्दा धेरै अगाडि गएकोले विगतका सहमति, सम्झौतामा मात्र अब नअड्किने धारणा राखेका थिए। तर त्यसमा ओली सहमत देखिएका छैनन्।

२ जेठ २०७५ मा ओली र दाहालबीच भएको लिखित पाँचबुँदे सम्झौतामा अढाई वर्षपछि आलोपालो सरकारको नेतृत्व गर्ने उल्लेख भएको विषयमा विवाद बढेपछि विवाद मिलाउन २०७६ मंसिर ४ मा अर्को समझदारी भएको थियो। त्यसमा दाहाललाई दल र ओलीलाई पाँच वर्ष नै सरकार सञ्चालन गर्न दिने सहमति भएको थियो। तर पनि नेकपाभित्र ओली दाहाल संघर्ष रोकिएन। त्यो अहिले बढेर उत्र्कषमा पुगेको छ।

पार्टी विवाद उत्कर्षमा पुगेपछि शुक्रबार एक दिनका लागि स्थायी समिति रोकेर नेताहरू सहमतिको मिलनबिन्दु खोजीमा जुटेका थिए। दुई अध्यक्ष मात्र होइन, दोस्रो पुस्ताका नेताहरू पनि शुक्रबार दिनभर एकअर्को पक्षबीच छरिएरसमेत ‘साइडलाइन’ छलफलमा बसेका थिए।

पार्टीभित्र देखा परेको विवादलाई पूर्णविराम लगाउने उपायको खोजीमा शुक्रबार दोस्रो पुस्ताका नेताहरू ताते पनि उनीहरूले पनि सहमति फेला पार्न सकेका छैनन्। अध्यक्षकै तहमा चर्को असमझदारीपछि करिब एकतामै ब्रेक लाग्ने देखेपछि एकता भत्काउन नदिन दोस्रो तहका नेताहरू जुर्मुराएका थिए। शुक्रबार बिहान कृषिमन्त्री तथा स्थायी समिति सदस्य घनश्याम भुसालको पुल्चोकस्थित निवासमा ओली, दाहाल र वरिष्ठ नेता नेपाल तीनै पक्षका नेताहरू जुटेर छलफल गरेका थिए।

 

छलफलमा भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाल, मणि थापा, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, वर्षमान पुन, शक्ति बस्नेतलगायत सहभागी थिए।

पार्टीका दुवै अध्यक्षलाई भेट गरी २ जेठ २०७५ को पाँचबुँदे सहमति र २०७६ मंसिर ४ को दुई अध्यक्षबीचको कार्य विभाजनकै आधारमा टेकेर कुनै न कुनै मिलन बिन्दु खोजी गर्न दबाब दिने निष्कर्ष ती नेताहरूले निकालेका थिए। मिलनबिन्दु पत्ता नलाग्दा ओलीले पनि बालुवाटारमा आफू निकट नेताहरूसँग छलफल जारी राखेका थिए। माधव नेपालले पनि स्थायी समिति सदस्य वेदुराम भुसाल, भीम रावललगायतसँग आफ्नै निवास कोटेश्वरमा भेट गरेका थिए।

उता राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाभित्रको विवादमा चासो देखाउँदै नेताहरूलाई सहमतिका लागि आग्रह गरिरहेकी छन्। उनले शुक्रबार बिहान उपाध्यक्ष वामदेव गौतमसँग भेट गरी छलफल गरेकी थिइन्। त्यस्तै, नेकपाका युवा केन्द्रीय सदस्यले केन्द्रीय कार्यालयमा पार्टी विवादमा उपयुक्त विकल्पसहित समाधान खोज्न माग गर्दै धर्ना दिएका थिए। नेताहरू जगन्नाथ खतिवडा, डा. विजय पौडेल, ठाकुर गैरे, हिमाल शर्मा, रामकुमारी झाँक्री, दिलुकमारी पन्तलगायत नेताले पार्टीलाई विभाजनबाट रोक्नुपर्ने, विधि प्रक्रियाबाट समाधान निकाल्नुपर्ने भन्दै दिउँसो तीन घण्टा धर्ना दिएका थिए। पत्रकार रामकृष्ण अधिकारीले लेखेको यो समाचार आजको अन्नपूर्णपोष्टमा छापिएको छ ।

Tags: पत्रपत्रिका

Related Posts

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै
अर्थ खबर

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

१४ जिल्लाका ४४ केन्द्रमा मतदान रद्द
Videos

१४ जिल्लाका ४४ केन्द्रमा मतदान रद्द

मतपत्र च्यात्न नदिन चितवनमा विशेष सुरक्षा
पत्रपत्रिका

मतपत्र च्यात्न नदिन चितवनमा विशेष सुरक्षा

आज देशैभरि स्थानीय तहको निर्वाचन
Videos

आज देशैभरि स्थानीय तहको निर्वाचन

आइसोलेसनमा उपचारत युवकको मृत्यु, रिपोर्ट आउन बाँकी
ताजा समाचार

नौजना उम्मेदवारको मृत्यु

हाम्रोलाई होइन, राम्रोलाई रोजौं
पत्रपत्रिका

हाम्रोलाई होइन, राम्रोलाई रोजौं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

२० असार २०७७, शनिबार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

२० असार २०७७, शनिबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

२० असार २०७७, शनिबार
भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

२० असार २०७७, शनिबार
जीवन बीमा कम्पनीको नाफा घट्यो

जीवन बीमा कम्पनीको नाफा घट्यो

२० असार २०७७, शनिबार
स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

२० असार २०७७, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.