सुर्खेत : सुर्खेतका १८ जना सहित कर्णालीबाट शुक्रबार मात्रै ५१ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले दिएको जानकारी अनुसार सुर्खेतबाट १८ र दैलेखबाट ३३ जना गरी ५१ जना डिस्चार्ज भएका हुन् ।
दैलेख अस्पतालबाट ३१ र ठाँटिकाँध आइशोलसन केन्द्रबाट २ जना, प्रदेश अस्पताल सुर्खेतबाट १२ जना पुरुष र सालकोट आइशोलेसन सेन्टरबाट ६ जना गरी ५१ जना पुगेको महाशाखाले जनाएको छ ।
यो सहित कर्णालीमा अहिले सम्म डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ७८ पुगेको छ भने कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।