बुधबार, जेष्ठ ४, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

नेकपा भित्र रडाको, अन्तरसंघर्षले चरम रूप लियो

रामकृष्ण अधिकारी by रामकृष्ण अधिकारी
१९ असार २०७७, शुक्रबार
173
SHARES
326
VIEWS
FacebookTwitter
नेकपा भित्र रडाको, अन्तरसंघर्षले चरम रूप लियो

अन्नपूर्णपोष्ट /काठमाण्डौं : सत्तारुढ नेकपाको आन्तरिक किचलो चरमोत्र्कषमा पुगेको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजिनामा गराउन स्थायी समितिको बहुमत अग्रसर भएपछि टकरावको स्थिति आएको छ। प्रधानमन्त्री दुवै पदबाट राजिनामा गर्न इच्छुक छैनन्।

बरु, बैठककै बीचमा मन्त्रिपरिषद्बाट सिफारिस गराएर उनले संसद् अधिवेशन अन्त्य गराएका छन्। त्यसले झन् असमझदारी बढाएको छ।

पार्टीभित्र देखा परेको आन्तरिक किचलो, सीमा समस्या र समाधान, सरकार एवं पार्टी कामको समीक्षा, एमसिसि परियोजनालगायत विषयमा छलफल गर्न बोलाईएको बैठकले एकाएक फरक रूप लिएको हो। असार १४ मा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार हटाउन भारतीय राज्य संन्यत्र सक्रिय रुपमा लागेको र त्यसमा नेपालका नेताहरु समेत संग्लन्न रहेको आरोप लगाएपछि बैठक त्यता मोडियो।

असार १६ को बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले दुवै नेतृत्वबाट ओलीको राजीनामा मागेका थिए। ओलीले दुवै पदवाट राजीनामा नदिने रणनीति वनाएपछि अन्तरसंघर्षले चरम रूप लिएको छ।

त्यही क्रममा दुवै पक्षका बाक्ला बैठक वुधबारदेखि जारी छन्। प्रधानमन्त्री ओलीले बालुवाटारमा दुवै तर्फका केही स्थायी समिति सदस्यसँग छलफल गरेका थिए। प्रत्युत्तरमा दाहाल–नेपाल पक्षले ललितपुरको झम्सिखेलमा निकट नेताहरुको भेला बोलाए। दुवैतिरका बैठकले विवादलाई झन् चरमोत्र्कषमा पुर्‍यायो।

विहिवार पार्टी वैठक अगाडी दुई अध्यक्षवीच वालुवाटारमा भएको छलफलमा आ–आफ्नै अडान कायम रहे। लगत्तै प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्यको निर्णय लिएक। वालुवाटारमै पार्टी वैठक चलिरहेका वेला संसद् अधिवेदश अन्त्य गराउनुले पार्टी एकता गम्भिर संकटमा परेको प्रवक्ता नारायणकाजी श्रेष्ठले वताए।

२०७५ जेष्ठ ३ मा तत्कालिन एमाले र माओवादीवीच एकता भई नेकपा वनेको थियो। पार्टी एकताको २६ महिनामै झण्डै दुई तिहाई मतसहित केन्द्रीय सरकार बन्यो। ७ मध्ये ६ प्रदेश र ५ सयभन्दा बढी स्थानिय तहका सरकार नेकपाले पायो। राजनीतिक रूपमा मजबुत बनेको नेकपा पछिल्लो आन्तरिक विवादले फुटको संघारमा आइपुगेको छ।

यस अघिका विवादहरु कुनै न कुनै बिन्दुमा समाधानमुखी अवस्थामा पुगेपनि यो पटकको समाधान के होला रु नेकपाका कुनै पनि नेता बताउन सक्ने हालतमा छैनन्।

के के भए दिनभर ?

बुधबार साझै स्थायी समितिका ४४ मध्ये ३० सदस्य सहभागी वैठकले ओलीलाई राजीनामा जसरी पनि गराउने निश्र्कष निकालेको थियो। त्यसपछि नेताहरुबीच अविश्वास झन चुलिएको थियो।

विहिवार विहान दाहालले ओली निकट नेताहरु उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, महासचिव विष्णु पौडेल, सुवास नेम्वाड, प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाललगायतलाई आफ्नो निवासमा बोलाएका थिए। उनीहरूले दुई अध्यक्ष मिलेर जाने प्रस्ताव राखे। स्रोतका अनुसार दाहालले पार्टीमा प्रधानमन्त्रीको एकाधिकार चलेको र त्यसले आफुलाई अपमानित मात्र वनाएको बताएका थिए। दाहालले पाटीृ एकता अगाडी नै भएको आलोपालो सरकार सञ्चालनको विषय छोडेर कमजोरी गरेको र त्यसैमा टेकेर प्रधानमन्त्रीले आफुलाई अपमानित गरेको ओली निकट नेताहरुलाई जवाफ दिएका थिए।

‘मेरो कमजोरी भनेको मैले राखेका अडानहरू छोड्नु हो। मैले विगतमा भएका सहमति र अडान छोडें। तर उहाँ (प्रधानमन्त्री ओली) ले पार्टीमा एकाधिकार गर्नुभयो। मेरो अपमान भयो,’ ओली निकट नेतासँग दाहालले भनेका थिए।

ओली निकट नेताहरुले भने दुई पार्टी मिलेर नेकपा वनेको र दुई नेता मिलेरै अहिलेको संकटको समाधान खोज्न दाहालसँग आग्रह गरेका थिए। दुई नेता मिलेर जाने गरी समझदारीमा नजादा पार्टीमा दुर्घटना निम्तन सक्ने ओली पक्षका नेताहरुले दाहाललाई सुनाएर फर्केका थिए। उक्त छलफलमा दाहाल पक्षका नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमन पुन र पम्फा भुषाल सहभागी थिए।

त्यसपछि फेरि वालुवाटारमा स्थायी समितिको वैठक अगाडी प्रधानमन्त्री ओली र दाहालवीच छलफल भएको थियो। त्यस क्रममा ओलीले आफुले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै नछाडने जानकारी गराउदै दाहालसँग अन्य विषयमा मात्र छलफल गरौं भन्ने प्रस्ताव गरेका थिए। त्यहीं ओलीले आफुले मन्त्रिपरिषद् वैठक राख्न खोजेको दाहाललाई जानकारी गराएका थिए। तर, दाहालले पार्टी वैठक वसिरहेका वेला मनित्रपरिषद् वैठक नराख्न आग्रह गरेका थिए। ओलीले पनि दाहाललाई दुई दिन स्थायी समितिको वैठक स्थगित गर्न भनेका थिए। तर, दुवै बैठक भए।

ओली–दाहाल छलफलपछि वालुवाटारमै प्रधानमन्त्री ओलीको अनुपस्थितीमा दाहालले पार्टी स्थायी समिति वैठक सुरु गरे। तर ओली भने वैठकमा नगई राष्टपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगे।

ओलीले शितलनिवास वाट फर्केपछि विहिवार मध्यान्ह मन्त्रिपरिषद् वैठक राखे। स्थायी समितिमा रहेका मन्त्रीहरू बैठकस्थलमा पुग्दा अमृत वोहोरा र केशव वडालले आफनो धारणा राखिसकेको थिए। वडालले ओलीको वचाउमा वोलेका थिए। वोहोराले प्रधानमन्त्रीले अनुशासन तोडेको आरोप लगाएका थिए। वैठक कक्षमै उर्जामन्त्री वर्षमान पुनले प्रधानमन्त्रीले मन्त्रिपरिषद् वैठक राखेको जानकारी गराउँदै समन्वयकारी भूमिका खेलिदिन दाहालसँग आग्रह गरेका थिए।

दाहालले भने मन्त्रीहरुलाई क्याविनेट वैठकमा जान निर्देशन दिदै पार्टी वैठकमा भने, ‘मैले प्रधानमन्त्रीलाई बैठक नराख्न भनेर आएको थिएँ। तर राख्नुभएछ। तपाई मन्त्रीहरु जानुहोस्। तर त्यहाँ अध्यक्षसँग भएको छलफलका आधारमा मात्र गर्नुहोस् भनेर फर्किनुहोस्। ’

मन्त्रीपरिषद् वैठक एकदमै छोटो भयो। कतिपय मन्त्री पुग्दा नपुग्दै वैठक सकिइकसकेको थियो। वैठकमा मन्त्रीहरू रामवहादुर थापा, वर्षमान पुन लगायतले संसद अधिवेशन अत्यको कुरा पार्टी वैठक चलिरहेकाले पार्टीसँग सल्लाह गरेर निर्णय लिन प्रधनमनत्रीलाई आग्रह गरेको एक मन्त्रीले वताए।

मन्त्रीहरु क्याविनेट वैठकमा गएपछि दाहालले केही वेर स्थायी समितिको वैठक स्थगन गरेका थिए। तर जव मनित्रपरिषद्ले संसद अधिवेशन अन्त्य गर्ने निर्णय लिएको जानकारी पार्टीका नेताहरुले पाए, त्यसपछि ओलीसँग छलफल गर्ने भन्दै अध्यक्ष दाहाल, महासचिव विष्णु पौडेललगायत नेताहरु प्रधानमन्त्रीलाई भेट्न पुगे। ओलीसँग दाहालले भने, ‘मन्त्रिपरिषद् वैठक नराख्ने समझदारीमा किन जालझेल र षडयन्त्र गर्नुभयो रु सिधा वैठक राख्छु भन्न सक्नुहुन्थ्यो, किन भन्नुभएन रु के गर्न खोज्नुभएको छ रु ’

प्रधानमन्त्री ओलीले महामारीको अवस्था, संसदमा विजनेस नरहेकोले किन राखिरहौं भन्ने लागेर अन्न्य गरेको जवाफ फर्काएका थिए। सँगै प्रधानमन्त्रीले दाहाललाई भनिदिए, ‘अध्यादेश दुई चार दिन आउदैन, ढुक्क हुनुहोस्। ’

दाहाल र महासचिव पौडेल प्रधानमन्त्रीलाई भेटन पुग्दा त्यहाँ उपप्रधानमन्त्री इश्वर पोखरेल र सुवास नेम्वाड पनि थिए। प्रधानमन्त्रीले अध्यादेश नआउने वताएपछि नेम्वाडले प्रधानमन्त्रीले अध्यादेश नआउने वताउनुभएकोले उहालाई विश्वास गरौं भन्दै दाहाललाई थप विस्वस्त पार्न खोजे।

दाहाल भने वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतमसाग छलफल गरेर राष्ट्रपतिलाई भेटन शितल निवास पुगे। शितल निवासमा राष्टपति भण्डारीले दाहाललाई पार्टी एकता भत्किन नदिन आग्रह गरेकी थिइन्। दाहालले भने सरकारले जुनकुनै वेला अध्यादेश ल्याउन सक्ने र त्यसलाई आउने वित्तिकै जारी गर्ने काम नगरी तटस्थ्थताको भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।

प्रत्युत्तरमा राष्ट्रपतिले ‘अहिले त अध्यादेश आएको छैन नी’ भनेकी थिइन्। बैठकमा सहभागी एक सदस्यका अनुसार उक्त भेटका बातचितबारे दाहालले पछि पार्टी वैठकमा जानकारी गराएका थिए। राष्टपति निवासवाट फर्केपछि दाहालले वालुवाटार फर्केर स्थायी समिति वैठक सुचारु गरेका थिए। उनले प्रधानमन्त्री र राष्ट्रपतिसाग भएका छलफलबारे त्यहाँ जानकारी गराएका थिए।

त्यसपछि वैठक शुक्रवार एक दिन प्रधानमन्त्रीसँग निर्णायक छलफल गर्ने र पार्टी एकता जोगाउने प्रयास गर्ने भन्दै स्थगित गरिएको थियो। बैठक फेरि शनिवार ११ वजे बस्नेछ।

शुक्रबार निर्णयक पहल

शुक्रबार स्थायी समिति बैठक नराख्नुको एउटै उद्देश्य बताइएको छ– निर्णयक छलफल गर्ने। ओली र दाहालले उक्त निर्णयक छलफल गर्नेछन्। आवश्यक पर्दा सचिवालयका सदस्यहरुले दुवै अध्यक्षसँग छलफल गर्ने छन्। दो श्रो तहका नेताहरुले पनि पार्टी एकता जोगाउन भेटघाट तिव्र वनाएका छन्।

प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा गम्भीर संकट आएको बताए। उनले एकतालाई हरहालतमा रक्षा गर्न र पार्टी, सरकार र राष्ट्रको आवश्यकता पूरा गर्नेगरी अगाडि बढ्न छलफल गर्नुपर्ने महसुस नेताहरुले गरेको बताए। ‘दुई अध्यक्षले मिल्नेसम्मका विषयमा छलफल गर्नुहुनेछ। हामी अन्य नेताले पनि आवश्यक पर्दा सहयोग पुर्‍याउछौं। त्यसपछि मात्र पार्टीको अवस्थाबारे निश्र्कष आउला,’ प्रवक्ता श्रेष्ठले भने।
आजको अन्नपूर्णपोष्टमा पत्रकार रामकृष्ण अधिकारीले समाचार लेखेका छन् ।

Tags: पत्रपत्रिका

Related Posts

कूटनीतिज्ञको बुझाइमा मोदीको भ्रमणः सम्बन्ध विस्तारमा सफल
अन्तर्राष्ट्रिय

कूटनीतिज्ञको बुझाइमा मोदीको भ्रमणः सम्बन्ध विस्तारमा सफल

मतदानको दिन पास लिएका गाडी मात्रै चल्ने, सार्वजनिक गाडी नचल्ने
पत्रपत्रिका

मतगणना कम्तीमा अर्को दुई सातासम्म नसकिने

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै
ताजा समाचार

पार्टीबाट हारे, स्वतन्त्र उठ्दा जिते

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै
अर्थ खबर

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

१४ जिल्लाका ४४ केन्द्रमा मतदान रद्द
Videos

१४ जिल्लाका ४४ केन्द्रमा मतदान रद्द

मतपत्र च्यात्न नदिन चितवनमा विशेष सुरक्षा
पत्रपत्रिका

मतपत्र च्यात्न नदिन चितवनमा विशेष सुरक्षा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

हट्यो ९ महिना लामो संसदको अवरोध

१९ असार २०७७, शुक्रबार
पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

१९ असार २०७७, शुक्रबार
बराहतालमा काँग्रेसका भण्डारी विजयी

बराहतालमा काँग्रेसका भण्डारी विजयी

१९ असार २०७७, शुक्रबार
आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

१९ असार २०७७, शुक्रबार
आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

१९ असार २०७७, शुक्रबार
नयाँ शैक्षिक सत्र फेरि सार्ने तयारी

शिक्षाका लागि २ खर्ब ५३ अर्ब रुपैयाँ माग

१९ असार २०७७, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.