सुर्खेत : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीन संगको सम्वन्ध गडबड् भएसंगै चीनियाँ एप एकाउन्टहरु बन्द गरी चलाउन छाडेका छन ।
भारत–चीन सीमा विवाद बढ्दै गएका कारण मोदीले चिनियाँ ट्वीटर मानिने वैपो चलाउन छाडेका हुन । उनको वैपो अकाउन्ट (खाता) पनि निष्क्रिय बनाइएको छ । ।
चिनियाँ सामाजिक सञ्जालमा अन्तरक्रिया गर्ने सक्रिय प्रयोगकर्तामध्ये भारतीय अभिनेता अमिर खानसँगै प्रधानमन्त्री मोदीले पनि वैपो एकाउण्ट बनाएका थिए । तर उनले खाता बन्द गरेसँगै पोस्ट पनि मेटिएको छ ।
भारतले जुन २९ मा चीनका टिकटक, वीच्याटलगायत ५९ वटा एप्सहरूमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । यो घोषणसँगै मोदीले चिनियाँ एकाण्ट बन्द गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।