सल्यान : खानेपानीको अभाव रहेको सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा ३ करोड ५४ लाख को लागतमा लिफ्ट खानेपानी योजनाको शिलान्यास गरिएको छ ।
नगरप्रमुख नगर प्रमुख गोबिन्द कुमार पुनले बुधबार आयोजनाको शिलन्यास गरेका हुन् । आयोजनाबाट खेतगारा, मेलटाकुरा, किमटाकुरा, खानिगाउँ र वरापोखरा गाउँका १ सय ७६ घरधुरी लाभान्वित हुने नगरका इन्जिनियर महेश देवकोटाले जानकारी दिए ।
बिगतमा खानेपानीको अभावमा समस्या भोग्दै आएका यहाँका नागरिकहरु अब घरमा नै खानेपानी आउनेभएपछि निकै खुसी भएका छन् ।
वडाअध्यक्ष टेकबहादुर पुनको अध्यक्षतामा खानेपानी योजनाको शिलन्यास कार्यक्रम सम्पन्न भएको हो । वडाध्यक्ष पुनले समयमैं आयोजना सम्पन्न गर्न निर्माण जिम्मा पाएको जेयुपी प्रालिका प्रतिनीधिलाई निर्देशन दिए ।