आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

पतिको नाम नागरिकताबाट हटाएर आमा बावुको नाम राख्ने प्रस्ताव

झुक्याएर प्रतिवेदन तयार पारियो : समिति सदस्यहरु

नरेन्द्र साउद by नरेन्द्र साउद
१८ असार २०७७, बिहीबार
178
SHARES
336
VIEWS
FacebookTwitter
पतिको नाम नागरिकताबाट हटाएर आमा बावुको नाम राख्ने प्रस्ताव

अन्नपूर्णपोष्ट /काठमाण्डौं : विवाहित महिलाले आफ्नो नागरिकताबाट पतिको थर हटाई आमा वा बुवाको नामथर राखेर अर्को नागरिकता लिने प्रावधानसहित राज्यव्यवस्था समितिले नागरिकता संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पठाएको छ।

समिति सभापति शशि श्रेष्ठले (झुक्याएर) यस्तो प्रावधान राखेर प्रतिवेदन पठाएको भन्दै सत्तासीन नेकपाकै सांसदले असन्तुष्टि जनाएका छन्।

विवाहित महिलाले पतिको थर हटाउँदै गए तेस्रो पुस्तामा हाडानाताबीच विवाह हुने, पतिको थर राख्न नपाउँदा समाज विभाजित हुने, जातीय विभेद कायमै रहने उनीहरूको तर्क छ। सभापति श्रेष्ठले असार ९ गते प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदनमा पतिको थर राखिएका नागरिकता सच्याएर महिलाले आमा वा बुवाको थर र अन्य विवरण राखी अर्को नागरिकता लिने प्रावधान राखिएको छ। महिलाले पतिको थर राखेर अर्को नागरिकता लिन बन्देज गर्न खोजिएको नेकपाका सांसदको आरोप छ। श्रेष्ठको धारणा भने ‘इच्छुकका लागि मात्र’ छ।

समितिले नागरिकता ऐेनको दफा १७ मा उपदफा ३ थपेर यस्तो प्रावधान राखेको छ। ‘विवाह वा सम्बन्धविच्छेद भएकी महिलाले थर, वतन वा अन्य विवरण संशोधन गरी आफ्नो आमा वा बाबुको थर, वतन, वा अन्य विवरण राख्न चाहिँ निवेदन दिएमा तोकिएको अधिकारीले आवश्यक कुरा बुझी पहिले लिएको नागरिकताको प्रमाणपत्र खिची एक पटकको लागि थर, वतन वा विवरण संशोधन गरी अर्को नागरिकता प्रमाणपत्र दिन सक्नेछ’, विधेयकमा छ।

विवाहित महिलाले पतिको थर हटाएर नागरिकता लिने र छोराछोरीलाई माइतीकै थर राखेर नागरिकता दिन थाले हाडानाताभित्र विवाह हुने र सामाजिक संरचनामै असर पर्ने समितिका सदस्यको तर्क छ। ‘सम्बन्धविच्छेद भएका महिलाले बाबु वा आमाको नागरिकतातिर फर्किन पाउनु राम्रो हो’, नेकपा सांसद विजय सुब्बाले अन्नपूर्णसँग भने, ‘तर, विवाहित महिलाका हकमा यस्तो व्यवस्था गर्नु उचित होइन।’

समितिमा पारित नभई झुक्याएर यस्तो प्रावधान राखेर सभापति श्रेष्ठले प्रतिवेदन तयार पारेको सुब्बाको आरोप छ। ‘उपसमितिमा कुरा नमिलेपछि यो विषय समितिलाई नै टुंगो लगाउने जिम्मा दिएका थियौं’, उनले भने, ‘समितिमा छलफल र निर्णय नगराई एकाएक प्रतिवेदनमा समेटेर प्रतिनिधिसभामा पठाइएको रहेछ।’

नागरिकता विधेयकमाथि छलफल गर्न सुब्बाकै संयोजकत्वमा उपसमिति बनेको थियो। ‘यो प्रावधानले तेस्रो पुस्तामा हाडानाताबीच विवाह हुने र कुनै महिलाले चाहे पतिको थर राख्नै नपाउँदा सामाजिक रुपमा अप्ठ्यारो पर्ने निश्चित छ’, सुब्बाले भने, ‘ऐन, कानुनमै पतिको थर राख्न नपाउने व्यवस्था गर्न मिल्छ र रु ’ वंंश परम्परा तोड्ने नाममा पतिको थर नराख्ने भए विवाहपछि महिलाले बाबुकै थर राख्नुको खासै अर्थ नभएको तर्क उनले गरे। भने, ‘आफ्ना निजी स्वार्थका लागि सिंगो महिला वर्गलाई विभाजन गर्न मिल्दैन।’

अर्का सांसद झपट रावलले समितिमा पारित नै नभएको विषय प्रतिवेदनमा समेटेर प्रतिनिधिसभामा पेस गरिएको दाबी गरे। ‘विदेशीलाई नागरिकता दिने प्रावधान विधेयकमा राख्ने प्रयास असफल भएपछि एनजीओ मानसिकताले यस्तो प्रावधान राखिएको हो’, उनले भने, ‘यो विषय समितिबाट टुंगो लागेकै छैन। यसलाई सच्याउनुपर्छ।’

नेपालमा भएका थरहरू सबै बुवाको आधारमा राखिएको तर्क उनले गरे। भने, ‘या त म कसैको थर राख्दिन भन्नुभयो। होइन भने पतिको थर हटाएर बुवाको थर राख्ने कुरामा केही भिन्नता छैन।’ विधेयकमा पतिको थर हटाएर बाबु, आमाको थर राख्न पाइने भए पनि पहिले नै नागरिकता लिएका महिलाले पतिको थर राख्न नपाउने प्रावधान राख्नु उचित नभएको सांसदहरूको भनाइ छ।

समिति सचिवालय भने निर्णय हुनुभन्दा पाँच दिनअगावै प्रतिवेदन सबै सांसदलाई वितरण गरिएको, निर्णयको दिन कुनै पनि सांसदले कुरा नउठाउँदा पारित भएको बताउँछ। ‘समितिमा सहमति भएकोे बाहेक विषयहरु प्रतिवेदनमा आउँदैनन् र आएका छैनन्’, सभापति श्रेष्ठले भनिन्।

सांसद सुब्बाले भने विदेशी ज्वाइँ र विदेशी बुहारीलाई सात वर्षपछि नागरिकता दिने प्रावधानमा मुख्य विवाद रहेकाले सबैको ध्यान त्यसमै केन्द्रित भएकाले पतिको थर फेर्ने विषयमा समितिमा छलफल र निर्णय नै नभएको बताए। ‘सभापतिले प्रतिवेदन हेर्नुहोस् त भन्नुभएको थियो’, उनले भने, ‘सबैले विदेशी बुहारी र ज्वाइँका विषयमा जोड दियौं। तर, पतिको थर फेर्ने प्रस्ताव गरिएको होला भन्नेतिर ध्यानै दिएनौं। झुक्याएर प्रतिवेदनमा राखिएको रहेछ। यस्तो कुरा राखेर ल्याउँदा सभापतिले छलफल गराउने र निर्णय प्रक्रियामा लैजानुपथ्र्यो।’

नेकपाका सांसदको बहुमतबाट पारित विधेयकमा नागरिकता लिइसकेपछि लिंग परिवर्तन भए परिवर्तित लिंगअनुसारको अर्को नागरिकता दिनुपर्ने, कसैले जात जनाउने शब्दको सट्टा समुदायभित्रको थर राखेर अर्को नागरिकता लिन चाहे सोहीअनुसार अर्को नागरिकता पाउने र कसैले बाबुको पहिचान नभएको भनी लिएको नागरिकतामा बाबुको नाम रहेको महल खाली राखेर अर्को नागरिकता लिने प्रावधान विधेयकमा गरिएको छ।

नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी बुहारीले सात वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने विधेयकको प्रावधानप्रति विपक्षी कांग्रेस र मधेसकेन्द्रित दलले विरोध गरिरहेका छन्। विदेशी बुहारीलाई मात्र होइन, विदेशी ज्वाइँलाई पनि नागरिकतामा समान हक दिनुपर्ने नेकपाकै महिला सांसदको जोड छ। आजको अन्नपूर्ण पोष्टमा खवर छापिएको छ ।

Related Posts

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर
पत्रपत्रिका

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

महानगरमै ४०% मत बदर
ताजा समाचार

काठमाडौं महानगरपालिका- २९ वडाको ६४ मत गायब

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार: पीडित रेग्मीको पक्षमा माइतीघरमा प्रदर्शन
ताजा समाचार

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार: पीडित रेग्मीको पक्षमा माइतीघरमा प्रदर्शन

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव
समाज

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

२ शिक्षक, ५ विद्यार्थी
ताजा समाचार

फेरियो शिक्षक र कर्मचारीको पोसाक

सुरु भयो पढाइ, विद्यार्थीको हातमा छैन पाठ्यपुस्तक
पत्रपत्रिका

सुरु भयो पढाइ, विद्यार्थीको हातमा छैन पाठ्यपुस्तक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

१८ असार २०७७, बिहीबार
वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

१८ असार २०७७, बिहीबार
सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

१८ असार २०७७, बिहीबार
मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

१८ असार २०७७, बिहीबार
जो एआईजी बनेको १० घण्टामै ‘रिटायर्ड’ भए

जो एआईजी बनेको १० घण्टामै ‘रिटायर्ड’ भए

१८ असार २०७७, बिहीबार
माघ १ गते कर्णालीमा सार्वजनिक विदा

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

१८ असार २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.