सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

बिहान ओलीको परामर्शमा सहभागि भएका प्रचण्ड साँझ ललितपुरमा ३० नेतासँग गुट बैठकमा

होस्ट खबर by होस्ट खबर
१८ असार २०७७, बिहीबार
191
SHARES
360
VIEWS
FacebookTwitter
आफू निकट नेतासँगको छलफलपछि ओली-प्रचण्डको भेट : दुई घण्टा के कुरा भयो ?

अन्नपूर्ण पोष्ट /काठमाण्डौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीमा विवाद चर्किदै गर्दा ललितपुरमा छुट्टै भेला भएको छ।

बुधबारको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित चार नेताले प्रधानमन्त्रीको राजीनामा मागेका थिए।

बालुवाटारमा स्थायी कमिटी बैठक स्थगीत भएपछि नेताहरु झम्सीखेलमा भेला भएका हुन्। स्थायी कमिटी सदस्य भीम रावलका अनुसार बैठकमा ३० बढी नेता सहभागी भएको जानकारी दिए।

‘हामी पार्टी एकतालाई बलियो बनाउन चाहन्छौँ। हामीले गुटमा छलफल गरेका होइनौँ’, रावलले भने, ‘स्थायी कमिटी बैठकमा सहभागी साथीसहित छलफलमा ३० बढी साथी थियौँ।’

बुधबार बिहान प्रधानमन्त्री ओलीले पार्टी निर्णय कार्यान्वय गर्ने बाटो छोडेर गुट बैठक राखेको भन्दै प्रचण्डले प्रधानमन्त्रीसँगको छलफलमा बसेका नेतालाई समेत बोलाएर छलफल गरेको रावलको भनाइ छ।

प्रधानमन्त्रीले नै गुट चलाएपछि पार्टी एकता जोगाउन छलफल भएको नेता रावलको दाबी छ। छलफलमा प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार र पार्टी चल्न नसक्ने निष्कर्ष निस्किएको एक नेताले बताए।

प्रचण्डले बुधबार साँझको ललितपुर छलफलमा सहभागी नभएका नेतासँग बिहीबार बिहान छलफल गर्ने दाबी रावलले गरेका छन्। पार्टीको निर्णय प्रधानमन्त्रीलेसमेत मान्नु पर्ने विषयमा छलफलमा सहभागी नेताहरु एकमत भएका छन्। बैठकमा केही मन्त्रीसमेत सहभागी भएको नेता रावलले जानकारी दिए।

नेकपाको ४४ सदस्यीय स्थायी कमिटीका सदस्यमध्ये बहुमत नेताको बैठकले प्रधानमन्त्री ओलीलाई अप्ठेरो बनाउने रणनीतिमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम एकजुट बनेका छन्।

ललितपुर भेलामा बुधबार बिहान प्रधानमन्त्रीसँगको छलफलमा सहभागी गृहमन्त्री रामबहादुर थापा ‘बादल’, कृषिमन्त्री घनश्याम भुसाल, नेता मणि थापासमेत सहभागी थिए।

भेलामा नेकपा प्रवत्ता नारायणकाजी श्रेष्ठ, नेता रघुजी पन्त, देवेद्र पौडेल, चक्रपाणि खनाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, मातृका यादव, देव गुरुङ, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, भीम आचार्य, बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल गिरिराजमणि पोखरेल, मुकुन्द न्यौपाने, लीलामणि पोखरेल, हरिबोल गजुरेललगायत नेता सहभागी थिए।

यता नेता विष्णु रिजालले भने स्थायी कमिटी बैठक जारी रहेकाले समाधानको विकल्पमा छलफल भइरहेको बताएका छन्। बुधबार बिहान बालुवाटार र साँझ ललितपुरमा छलफल भएपछि उनले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन्।

‘फेरि भन्छु, लाहुरेभन्दा गुन्टा अघि कुदेको सुहाउँदैन। स्थायी समिति बैठक जारी छ’, नेता रिजालले लेखेका छन्, ‘बिहान एक अध्यक्षले बालुवाटारमा छलफल गर्नुभयो, साँझ अर्का अध्यक्षले ललितपुरमा छलफल गर्नुभयो। औपचारिक बैठकबाहेक समाधानका विभिन्न विकल्पमा छलफल जारी छ। पार्टी एकता नेताहरुले नै गर्नुभएको हो, बचाउने जिम्मा पनि उहाँहरुकै काँधमा छ। छलफलबाट एउटा निष्कर्ष निस्किन्छ र पार्टी एकताबद्ध भएर अघि बढ्छ।’

उनले नेता छलफलमा भएको समयमा कार्यकर्ता आरोप—प्रत्यारोपमा उत्रनु गलत भएको टिप्पणीसमेत गरेका छन्। ‘नेताहरु नै छलफलमा रहेर कुनै निष्कर्षमा नपुगिरहेको तरल बेलामा कार्यकर्ताहरु आरोप–प्रत्यारोपमा उत्रेर सामाजिक सञ्जाल रंग्याउनुको अर्थ छैन’, उनले थप लेखेका छन्, ‘ यसबाट आफ्नै साथीहरुबीच अनावश्यक तिक्तता मात्र बढ्छ।’

बिहान बालुवाटारमा के भएको थियो ?
पार्टीभित्रैबाट चर्को आलोचनासहित राजीनामा माग भएपछि तनावमा रहेका प्रधानमन्त्री ओली बिहान बालुवाटारमा परामर्श गरेका थिए।
ओलीले सरकारका मन्त्रीहरू र आफू निकटका स्थायी कमिटी सदस्यहरूलाई परामर्शका लागि बालुवाटार बोलाएर छलफल गरेका हुन्। सरकारको भूमिका, पार्टीभित्रको कलह र संभावित कदमबारे उनले परामर्श गरेका थिए। बालुवाटार परामर्शमा स्थायी समितिमा रहेका मुख्यमन्‍त्रीहरु शंकर पोखरेल र पृथ्वी गुरुङ, संसदीय दलका उपनेता सुवास नेम्वाङ, मन्‍त्रीहरु रामबहादुर थापा बादल, योगेश भट्टराई, घनश्याम भुसाललगायत सहभागी थिए। उनीहरुमध्ये केही नेता ललितपुर छलफलमासमेत सहभागी भएका छन्।

पार्टीभित्रैबाट आफू घेराबन्दीमा परेको बताउँदै आएका ओलीको सम्भावित कदम के होला भनेर अनेक अनुमान र आशंका गरिएको थियो। स्थायी समितिमा मंगलबार चर्को आलोचना र दबाब खेपेका ओलीले म‌ंगलबार अपरान्ह मुख्यसचिव लोकदर्शन रेग्मीलाई राष्ट्रपतिकहाँ पठाएका थिए। पछि रेग्मीलाई बालुवाटार बोलाएर ओलीले छलफल गरेका थिए। मंगलबार बैठक सुरु हुनुअघि पनि प्रधानमन्त्री ओली शितल निवास पुगेर राष्‍ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका थिए।

स्रोतका अनुसार प्रधानमन्‍त्री राजीनामा दिने मुडमा छैनन्। बरु पेलेर अघि बढ्ने रणनीति तयारीमा छन्। जस्तोसुकै परिस्थिति आए पनि सामना गर्ने मनस्थितिमा ओली रहेको उनी निकट स्रोत बताउँछ।

संसद अधिवेशन अन्त्य गर्ने, संकटकाल लगाउने, मन्‍त्रिपरिषद् फेरबदल गरेर आन्तरिक झगडा मिलाउने, दल विभाजनलाई खुकुलो पार्ने अध्यादेशलाई ब्यूँताउने, कांग्रेससँग सहकार्य बढाउनेजस्ता अनेक विकल्पबारे ओली टिममा छलफल भइरहेको थियो। पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत पुर्‍याएमा पार्टी विभाजन गर्न सकिने खुकुलो व्यवस्थासहितको अध्यादेश वैशाख ८ गते राष्ट्रपतिबाट जारी भए पनि चौतर्फी आलोचना भएपछि यसलाई फिर्ता गरिएको थियो।

स्थायी कमिटीमा चर्काचर्की भएपछि ओलीले मंगलबार बेलुका नै महासचिव विष्णु पौडेललाई अध्यक्ष प्रचण्ड निवासमा र उपप्रधानमन्‍त्री ईश्‍वर पोखरेललाई माधव नेपालकहाँ पठाएका थिए। मिलेर जाने प्रस्तावसहित प्रचण्ड र माधव दुवैलाई मनाउन गएका दुवै प्रतिनिधिसँगको वार्ता खासै सकारात्मक भएन।

बालुवाटारमा ओली परामर्शमा व्यस्त हुँदा प्रचण्ड र नेपाल पनि आन्तरिक छलफलमा व्यस्त थिए। नेकपाको जारी स्थायी कमिटी मंगलबारको बैठकमा प्रधानमन्‍त्री ओलीको पछिल्लो अभिव्यक्तिलाई लिएर चर्काचर्की भएको थियो।

प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउण्डेसनले आइतबार गरेको कार्यक्रममा भारतले आफूलाई हटाउन होटल र दूतावासमा चलखेल गरिरहेको अभिव्यक्ति दिएका थिए। बैठकमा सहभागी एक स्थायी समिति सदस्यका अनुसार ओलीको अभिव्यक्तिप्रति नेताहरुले आक्रोश व्यक्त गरेका हुन्। प्रधानमन्‍त्रीजस्तो जिम्मेवार व्यक्तिले यस्तो उत्ताउलो र सतही अभिव्यक्ति दिन नहुने बताएका थिए। यसले पार्टी, सरकार र मुलुकको प्रतिष्ठामा समेत आँच पुगेको उनीहरुले बताएका थिए। बैठकमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको विषय महत्वका साथ उठाइएको थियो। उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्‍त्रीकै निर्देशनमा यो काम भएको आरोप लगाएका थिए। यो खवर आजको अन्नपूर्णपोष्टमा छापिएको छ ।

Related Posts

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै
अर्थ खबर

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

मतपत्र च्यात्न नदिन चितवनमा विशेष सुरक्षा
पत्रपत्रिका

मतपत्र च्यात्न नदिन चितवनमा विशेष सुरक्षा

आइसोलेसनमा उपचारत युवकको मृत्यु, रिपोर्ट आउन बाँकी
ताजा समाचार

नौजना उम्मेदवारको मृत्यु

हाम्रोलाई होइन, राम्रोलाई रोजौं
पत्रपत्रिका

हाम्रोलाई होइन, राम्रोलाई रोजौं

मेलम्चीको १७ करोड लिटर पानी आजदेखि वितरण हुने
पत्रपत्रिका

मेलम्ची जुनसुकै बेला बन्द हुन सक्ने

जुम्लामा गठबन्धन नहुने, दलहरु एक्लाएक्लै चुनाव लड्ने
पत्रपत्रिका

गठबन्धनमा सकस: कतै विद्रोह कतै एक्लाएक्लै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

१८ असार २०७७, बिहीबार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

१८ असार २०७७, बिहीबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

१८ असार २०७७, बिहीबार
भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

१८ असार २०७७, बिहीबार
जीवन बीमा कम्पनीको नाफा घट्यो

जीवन बीमा कम्पनीको नाफा घट्यो

१८ असार २०७७, बिहीबार
स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

१८ असार २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.