काठमाडौं : निर्वाचन आयोगमा दुई दिनअघि नेकपा एमाले नामको दल दर्ताका लागि निवेदन परेको खवर बाहिर आएपछि नेकपा स्थायी कमिटी बैठकमा चर्काचर्की भएको छ ।
झापा निवासी सन्ध्या तिवारीले नेकपा एमाले भन्ने दल दर्ता गरिपाऊँ भनी निवेदन दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसँग यसबारेमा सरकारलाई के जानकारी छ ? भन्दै केही सदस्यहरुले जवाफ माग गरेका थिए । प्रधानमन्त्रीले आफूलाई त्यसबारेमा कुनै जानकारी नभएको जवाफ दिएका थिए ।
तिवारी अध्यक्षको नाममा आयोगमा २४ सदस्यीय केन्द्रीय कमिटीको नाम पेश भएको जानकारी सार्वजनिक भएपछि यो बिषयमा प्रचण्डले प्रश्न उठाउँदै यो बिषयले तनाब भएको प्रतिक्रिया दिएका थिए ।
बैठकमा अध्यक्ष प्रचण्डले यो पार्टी कसले, किन दर्ता गर्न लागेको हो भन्दै ओलीसँग जवाफ मागेका थिए । जवाफका प्रधानमन्त्री कसैले पार्टी दर्ताको निवेदन दिएको हुन सक्ने जवाफ दिए ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि नेकपा एमाले दल दर्ताका लागि नेकपाका नेतारकार्यकर्ताको संलग्नता रहे नरहेकोबारे आजको स्थायी कमिटीमा बैठकमा छलफल भएको बताए ।