सुर्खेत : कर्णाली प्रदेशमा मंगलवार १६ जना कोरोना संक्रमित थपिएका छन्। कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला र भेरी अस्पताल नेपालगंजमा गरिएको परिक्षणमा कोरोना पुष्टि भएको हो।
कर्णाली प्रदेशको स्वास्न्य बिज्ञान प्रतिष्ठान जुम्लामा गरिएको कोरोना संक्रमणको परिक्षणमा रुकुम पश्चिमको चौजारी नगर पालिका वडा नम्बर १,५ र ९ मा पाँच जना, दैलेख जिल्ला दुल्लु नगरपालिका वडा नम्बर ७ र ८ का तीन जना, बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का एक जना मा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
त्यसैगरी भेरी अस्पताल नेपालगंजमा गरिएको परिक्षणमा कोरोना पुष्टि भएकाहरुमा डोल्पा जिल्ला ठुलीभेरी नगरपालिका वडा नम्बर ३ का दुई जना र कालिकोट जिल्ला सान्नी त्रिबेणी गाउँपालिका वडा नम्बर २ का दुई जनामा कोरोना पुष्टि भएको हो।
संक्रमित सातै जना सुर्खेत जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।यो सहित कर्णालीका कुल संक्रमितको संख्या एक हजार ४४३ पुगेको छ भने आजै कोरोना जितेर घर फर्कने संख्या ७१ जना रहेको छ।
उनीहरु दैलेखबाट ६१ जना, सुर्खेतबाट नौ जना र जुम्लाबाट एक जना रहेको छन्। अब कर्णालीका कोरोना जित्ने कुल संख्या एक हजार ७२ जना पुगेको छ।