सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

व्यापक विरोध पछि पब्लिक कम्पनीमा अख्तियारले छानविन गर्न पाउने प्रावधान हटाइदै

होस्ट खबर by होस्ट खबर
१६ असार २०७७, मंगलवार
168
SHARES
317
VIEWS
FacebookTwitter
व्यापक विरोध पछि पब्लिक कम्पनीमा अख्तियारले छानविन गर्न पाउने प्रावधान हटाइदै

काठमाडौं : निजी क्षेत्र र गैरसरकारी संस्थासमेत अख्तियारको क्षेत्राधिकारमा रहने व्यवस्था सहित राष्ट्रियसभामा विचाराधीन रहेका विधेयक प्रतिवेदन परिमार्जनसहित पारित हुने भएको छ।

राष्ट्रियसभामा विचाराधीन रहेका अख्तियार र भ्रष्टाचार निवारण सम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयकको प्रतिवेदन परिमार्जन सहित पारित हुने भएको हो ।

विधेयकको प्रतिवेदनप्रति निजी क्षेत्र र विज्ञहरुको आलोचनापछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) उक्त व्यवस्था परिमार्जन गरेर विधेयक पारितको पक्षमा पुगेको हो।

पब्लिक लिमिटेड कम्पनीमा अख्तियारले अनुसन्धान गर्न पाउने व्यवस्थाप्रति निजी क्षेत्रले विरोध जनाएका थिए। एक साता अघि नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै उक्त प्रावधानप्रति आपत्ति जनाएका थिए। उनीहरुले सो प्रावधान परिमार्जन नभए लगानी निरुत्साहित हुने स्पष्ट पारेका थिए।

यो प्रावधानसहित विधेयक राष्ट्रिय सभामा पेश भएपछि परिसंघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। भेटमा प्रधानमन्त्री ओलीले विमति भएका बुँदा पेश गर्न उद्योगीलाई आग्रह गरेका थिए।

प्रतिवेदन परिमार्जनसहित विधेयक सोमबार नै पारित गर्ने तयारी भए पनि प्राविधिक काम नसकिएको भन्दै कार्यसूचीबाट हटाइएको थियो।

असार १७ गते राष्ट्रियसभाबाट दुवै विधेयक पारित हुनेछन्। संसद् स्रोतका अनुसार राष्ट्रियसभामा अब विभागीय मन्त्रीबाट प्रतिवेदनका अंश हटाइएको प्रस्ताव स्वीकार गर्नेगरी प्रतिवेदन परिमार्जन भएको छ। केही व्यवस्था हटाएर विधेयक पारित गर्ने प्रस्ताव सरकारका तर्फबाट स्वीकार भएपछि विधेयक पारित हुनेछ।

तयारी अनुसार नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको स्तर वा प्रकारका बैंक, वित्तीय संस्था, बीमा व्यवसाय गर्ने संस्था, मेडिकल कलेज र सोसँग सम्बद्ध अस्पताल, अन्य महाविद्यालय वा कलेज, सार्वजनिक सेवा प्रवाह गर्ने पब्लिक लिमिटेड कम्पनी पनि अख्तियारको निगरानीमा रहने व्यवस्था अब पूरै हट्नेछ।

गैरसरकारी संस्थाको क्षेत्रधिकारको हकमा केही परिमार्जन मात्र हुनेछ। नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको अनुदान प्राप्त गरेका कार्यक्रममा भएको अनियमितता भने अख्तियारले नै हेर्नेछ। सोभन्दा बाहेक अख्तियारले हेर्न छैन।

यस्तै ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेगरी अख्तियारलाई दिन लागिएको क्षेत्रधिकार पनि अब हट्नेछ। कसुर अनुसन्धानका केही व्यवस्था पनि फेरिने स्रोतको भनाई छ।यस्तै भ्रष्टाचार निवारण सम्बन्धि विधेयकका पनि रिसवत लेनदेन कसुर अनुसन्धान लगायतका व्यवस्था परिमार्जन हुँदैछन्।

Related Posts

जीवन बीमा कम्पनीको नाफा घट्यो
अर्थ खबर

जीवन बीमा कम्पनीको नाफा घट्यो

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै
अर्थ खबर

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो
अर्थ खबर

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप
अर्थ खबर

स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप

कर्णालीमा एक करोड राशिको पत्रकार कल्याण कोष
अर्थ खबर

नेपाली रुपैयाँ हालसम्मकै कमजोर

हालसम्मकै सर्वाधिक कित्ता आज देखी आईपीओ बिक्रिमा
अर्थ खबर

९ करोडको हाइड्रोपावर आईपीओ निष्काशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

१६ असार २०७७, मंगलवार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

१६ असार २०७७, मंगलवार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

१६ असार २०७७, मंगलवार
भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

१६ असार २०७७, मंगलवार
जीवन बीमा कम्पनीको नाफा घट्यो

जीवन बीमा कम्पनीको नाफा घट्यो

१६ असार २०७७, मंगलवार
स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

१६ असार २०७७, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.