आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

क्वारन्टीनमा किन गरे यी ४ जनाले आत्महत्या?

होस्ट खबर by होस्ट खबर
१६ असार २०७७, मंगलवार
218
SHARES
411
VIEWS
FacebookTwitter
भारतबाट फर्केका ५ सय बढि कर्णालीका क्वारेन्टाइनमा

फाइल फोटो

बीबीसी : नेपालका क्वारन्टीनमा अहिलेसम्म चारजनाले र एकजनाले क्वारन्टीनबाट घर गएको एक हप्तामै आत्महत्या गरेका छन्।

आत्महत्या गर्ने ती पाँचमध्ये तीनजना दलित समुदायका छन्।

एकजनाले पहिले पनि आत्महत्या प्रयास गरेको उनको परिवारका सदस्यले जानकारी दिएका छन्।

अर्का एकजनाले छोडेको ुसुसाइड नोटुमा उनलाई डिप्रेसनको समस्या रहेको उल्लेख छ।

देवबहादुर विक (४३), अर्घाखाँची

देवबहादुर विकले असार ३ गते बिहान रूखमा झुण्डिएर आत्महत्या गरे।

भारत पञ्जाबबाट आएका अर्घाखाँची शीतगङ्गा नगरपालिकाका विक जेठ १० गते देखि क्वारन्टीनमा बस्दै आएका थिए।

उनको स्वाबको नमुना सङ्कलन करिब दुई सातापछि गरिएको थियो।
त्यसको रिपोर्ट आउन ११ दिन लाग्यो, जुन बेला उनले आत्महत्या गरिसकेका थिए।

उनको रिपोर्ट कोरोनाभाइरस पोजिटिभ आएको वडाध्यक्ष कमल पौडेलले बताए।

उनका दुई छोरा, दुई छोरी श्रीमती र दीर्घरोगी बाबु भएको बताइएको छ।

उनको आर्थिक अवस्था निकै कमजोर रहेको वडाध्यक्ष पौडेल बताउँछन्।

परिवारका अनुसार यसअघि उनलाई कुनै रोग भने थिएन ।

चन्द्रबहादुर परियार (५६), गुल्मी

जेठ १७ गते साँझ गुल्मीको छत्रकोटमा आत्महत्या गरेका चन्द्रबहादुर परियार सोही दिन बिहान दिल्लीबाट आएर गाउँमै सञ्चालन गरिएको क्वारन्टीनमा बसेका थिए।

सोही दिन उनको स्वाब सङ्कलन गरिएको र आत्महत्यापछि आएको रिपोर्टमा उनमा कोरोनाको सङ्क्रमण नदेखिएको पाइएको छत्रकोट गाउँपालिका वडा नम्बर(४ का वडाध्यक्ष डिलाराम न्यौपानेले बताए।

बिहान ८ बजे क्वारन्टीनमा आएका उनी साँझ ७ बजेतिर नजिकैको रूखमा झुण्डिएको अवस्थामा पाइएका थिए।

४ छोरा र श्रीमती भएका उनको आर्थिक अवस्था सामान्य रहेको बताइएको छ।

आशा मल्ल (२५), सुर्खेत

भारतबाट आएर गाउँकै क्वारन्टीनमा १४ दिन बिताएर घर गएको हप्ता दिनमै सिम्ता गाउँपालिका सुर्खेतकी आशा मल्लले आत्महत्या गरिन्।

आरडीटी परिक्षण नेगेटिभ देखिए पनि आत्महत्यापछि गरिएको स्वाब परीक्षणमा उनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

आशाका श्रीमान् अर्जुन विगत ८ वर्षदेखि भारतको हिमाचलमा थिए।

गत पुष महिनामा श्रीमान्‌सँग भारत गएकी आशाले चार महिनादेखि हिमाचलकै एउटा निजी ब्याङ्कमा कार्यालय सहयोगीको रूपमा काम गर्थिन्।

लकडाउनअघि दुईजनाको आम्दानी महिनामा झण्डै ३० हजार नेपाली रुपैयाँ हुने गरेको अर्जुनले बताए।

श्रीमतीको आम्दानीले खान बस्न र आफ्नो आम्दानी बचत हुने गरेकोमा लकडाउनले काम ठप्प भएपछि उनीहरू गत जेठ १० गते घर फर्किएका थिए।

रुपैडियासम्म गाडी रिजर्भ गरेर सुरक्षित आएको बताउने अर्जुन नेपालगञ्जबाट घर पुग्दा भने भारतका विभिन्न ठाउँबाट आएका मान्छेसँग एउटै गाडीमा यात्रा गर्दा श्रीमतीमा कोरोनाभाइरस सङ्क्रमण सरेको हुन सक्ने आशङ्का गर्छन् ।

पहिले पनि आत्महत्या प्रयास
क्वारन्टीनबाट घर आएपछि गत जेठ ३१ गते साँझ ६ बजेतिर माइत जाने भन्दै आशा घरबाट निस्किएकी थिइन् ।
अर्को दिन माइत नगएको थाहा भएपछि खोजी गर्दा असार १ गते घर नजिकैको जङ्गलमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको आफन्त बताउँछन् ।

श्रीमान अर्जुन भन्छन्, ‘न घर झगडा भएको थियो, न त कोरोनाभाइरस सङ्क्रमणको कुनै लक्षण नै देखा परेको थियो।’

अन्तर्मुखी स्वभावकी उनले पहिले पनि एकपल्ट आत्महत्याको प्रयास गर्दा डोरी काटेर बचाएको अर्जुनले बताए।
आरडीटी नेगेटिभ देखिएपछि घर पठाइएकी उनले कोरोनाभाइरस सङ्क्रमण भएको थाहा पाएर नभई अरू कुनै कारणले आत्महत्या गरेको हुनसक्ने उनी बताउँछन्।

आत्महत्या गरे पनि आशालाई कोरोनाभाइरस सङ्क्रमणकै कारण मृत्यु भएको सूचीमा राखिएको प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए।

उनले भने, ‘जुनसुकै कारणले मृत्यु भएपछि यदि स्वाब परीक्षणमा पोजिटिभ देखिए विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को गाइडलाइनअनुसार कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु भएको सूचिमा राख्ने गरिएको छ।’

भूपेन्द्र दमाई (४५), बाजुरा

भूपेन्द्र दमाईले जे ३० गते बेलुका आत्महत्या गरेका हुन्।

भारतबाट २ छोरा‚ २ छोरी र श्रीमतीसहित आएका उनी बाजुराको बडिमालिका नगरपालिका २ माझिगाउँका थिए।

भूपेन्द्र दमाईले कोरोनाभाइरस पुष्टि भएपछि आत्महत्या गरेको बताइएको छ।

बुधवार आएको रिपोर्टमा उनमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए।

उनी जेठ २८ गते मात्र भारतबाट आएर क्वारन्टीनमा बसेका थिए।

आर्थिक रूपमा कमजोर‚ लामो समयदेखि दमको रोगबाट ग्रस्रित भएको र आफूसँग केही नभएपछि परिवारलाई कसरी पाल्ने भन्ने चिन्ताले आत्महत्या गरेको हुन सक्ने बताइएको छ।

विगत २४ वर्षदेखि भारत बस्दै आएका उनी क्वारन्टीनसँगैको खाली कोठाको धुरीमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा देखेपछि उनको परिवारले प्रहरीलाई खबर गरेका थिए।

सशस्त्र प्रहरीले दशगजामा क्वारन्टीन बनाएका थिए
आफूसँग केही नभएका भूपेन्द्र बन्दाबन्दीका कारण भारतमा केही उपाय नचलेपछि परिवारसहित नेपाल आएका थिए।

रमेश धामी, ३२, बझाङ
भारतको बेङ्गलोरबाट आएका रमेश धामीले ुसुसाइड नोटु लेखेर आत्महत्या गरेका थिए।

उनले बझाङ जिल्लाको छब्बिस पाथिभारा गाउँपालिका मचखोरीमा रहेको मचखोरी माध्यामिक विध्यालयको क्वारन्टीनमा आत्महत्या गरेका हुन्।

भारतको बेङ्लोरमा काम गर्दै आएका उनी श्रीमती र एक जना बच्चालाई बहिनीसँग छोडेर दाईसँग अलमोडामा रहेकी बिरामी आमा र दुई जना आफ्ना छोराछोरी भेट्न हिँडेका बताइएको छ।

भारतमा बन्दाबन्दीका कारण अलमोडा जान नपाउँदा उनले नेपाल आउनु परेको बताइन्छ।

गौरीफन्टा नाकाबाट ५ गते नेपाल भित्रिएका थिए। मचखोरी माध्यमिक विध्यालयको क्वारन्टीनमा बसेका उनी पर्सिपल्ट असार ७ गते झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए।

रमेश धामीको ‘सुसाइट नोट’ मा गाउँका अरुको पैसा लिएर आएको‚ आर्थिक समस्याले डिप्रेसनमा गएको जस्ता कुरा लेखिएको प्रहरीले जनाएको छ।

(बुटवलबाट माधव नेपाल, धनगढीबाट उमिद बागचन्द र सुर्खेतबाट प्रकाश पन्तको रिपोर्टिङमा आधारित)
साभार बीबीसी नेपाली

Related Posts

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ
मौसम

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर
पत्रपत्रिका

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी
भर्खर

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

माघ १ गते कर्णालीमा सार्वजनिक विदा
भर्खर

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

महानगरमै ४०% मत बदर
ताजा समाचार

काठमाडौं महानगरपालिका- २९ वडाको ६४ मत गायब

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार: पीडित रेग्मीको पक्षमा माइतीघरमा प्रदर्शन
ताजा समाचार

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार: पीडित रेग्मीको पक्षमा माइतीघरमा प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एकै दिन तोलामा ६ हजार घट्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

१६ असार २०७७, मंगलवार
भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

१६ असार २०७७, मंगलवार
सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

१६ असार २०७७, मंगलवार
निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

१६ असार २०७७, मंगलवार
वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

१६ असार २०७७, मंगलवार
सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

१६ असार २०७७, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.