राजापुर : बर्दियाको राजापुर क्षेत्रमा पनि सलह किरा देखिएको छ । राजापुर क्षेत्रको गेरूवा गाउँपालिकाको वडा न १ जनकनगर र बगहिपुरमा सलह किरा देखिएको हो ।
खेतमा सहलको एक झुन्ड देखिए पछि स्थानीयले मादल र थाल ठटाएर सलह किरालाई भगाएको वडाध्यक्ष दयाराम थारूले जानकारी दिए। स्थानीयले करिव एक सय जति सलह किरा मारेको वडाध्यक्ष थारूले बताए । ठूलो संख्यामा सलह किरा नआएको हुंदा धानबालीमा क्षति भने नभएको बताइएको छ ।
राजापुर क्षेत्र धानको सुपर जोन क्षेत्र हो । राजापुर क्षेत्रमा सहल किरा देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले पुष्टि गरे । सलह किराको डरले किसानले बालीमा विषादी छर्केका छन् । सलह किरा देखिए पछि यहाँका किसान चिन्तित भएका छन् । सहल किरा भारतबाट आएको अनुमान गरिएको छ ।