सुर्खेत : सुर्खेत कोरोना संक्रमित १४२७ मध्ये कर्णालीका १००१ जना नागरिक कोरोनालाई पराजित गरी संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।
। सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले सोमबार जारी गरेको विज्ञप्ति अनुसार कुल संक्रमित मध्य १ हजार १ जना निको भई डिस्चार्ज भएका हुन् ।
सोमबार मात्र दैलेख अस्पताल नारायण आएसोलेसन सेन्टर दैलेखबाट १७ जना, सालकोट आइसोलेसन सेन्टर सुर्खेतबाट १४ जना, प्रदेश अस्पताल सुर्खेतबाट ६ जना, लेकवेसी आइसोलेसन सेन्टर सुर्खेतबाट २ जना गरी ४५ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।
महाशाखाको तथ्याङ अनुसार कर्णालीभर १४२७ जना संक्रमित रहेका छन् । सोमबार थप रुकुमपश्चिम चौरजहारीका २८ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ । १२९८ जना पुरुष र १२९ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
जिल्लागत रुपमा दैलेखमा ७६० जना, सुर्खेतमा ३४७ जना, सल्यानमा १७७ जना, कालिकोटमा ४७ जना, जुम्लामा ३० जना, जाजरकोटमा १३ जना, मुगुमा ३ जना, हुम्लामा २ जना, डोल्पामा १ जना र रुकुमपश्चिममा २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बाँकी ४२० जना मात्र कोरोनाका बिरामीहरु प्रदेशका विभिन्न अस्पताल, तथा स्थानीय तहले तयार गरेका आइसोलेसनमा उपचार भइरहेको र हुने सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ । जसमध्ये ६ जनाको मृत्यु भएको छ ।
अन्य प्रदेशका कर्णालीमा जाँच गरेका ४५ जना रहेका छ । कर्णाली प्रदेशभरी १५ सय ८३ वटा आइसोलेसन बेड र वटा ९८४ वटा क्वारेन्टाइन रहेका छन् ।