मङ्लबार, जेष्ठ ३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कर्णालीमा ३९ प्रतिशत् धान रोपाँई, दुरी कायम गरी राष्ट्रिय धान दिवस मनाउन आग्रह

होस्ट खबर by होस्ट खबर
१५ असार २०७७, सोमबार
444
SHARES
580
VIEWS
FacebookTwitter
कर्णालीमा ३९ प्रतिशत् धान रोपाँई, दुरी कायम गरी राष्ट्रिय धान दिवस मनाउन आग्रह

जुम्लामा चैत महिनामा गरिएको धान रोपाइँ

सुर्खेत : आज १७ औ राष्ट्रिय धान दिवस एवं रोपाँई दिवस । कर्णाली सरकारले आज यो प्रदेशका जुम्ला बाहेकका जिल्लामा सार्वजनिक विदा समेत दिएको छ ।

धान दिवस मनाउँदै गर्दा खाद्यान्न अभाव हुने प्रदेशका रुपमा चिनिएको कर्णाली प्रदेशमा आज सम्म ३९ प्रतिशत् धान रोपाँई सम्पन्न भएको छ । भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दिएको जानकारी अनुसार समयमैं मनसुन शुरु भएको बेलामा पनि कर्णालीमा ३९ प्रतिशत् क्षेत्रमा रोपाँई सम्पन्न भएको हो ।

जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएको छ । जसका कारण प्रदेश सरकारले हरेक वर्ष जुम्लामा चैत १२ गते सार्वजनिक बिदा दिने गर्दछ ।

कर्णालीको धान उत्पादनमा जम्मा ४९ हजार ४ सय २५ हेक्टर मध्ये हाल सम्म १९ हजार २ सय ४२ हेक्टरमा ३९ प्रतिशत धान रोपाइ सकिएको हो ।

सबै भन्दा धेरै डोल्पा जिल्लामा २ सय ७६ हेक्टर क्षेत्रफलमा शतप्रतिशत र जुम्ला जिल्लामा २ हजार ८ सय हेक्टर क्षेत्रफल मध्ये ९७ प्रतिशत अर्थात २ हजार ७ सय १६ हेक्टरमा धान रोपाइ सकिएको छ ।

कर्णालीका अन्य जिल्लाहरु दैलेख, रुकुम पश्चिम, जाजरकोट, सल्यानका अधिकांश स्थानमा धान रोपाँई सम्पन्न भइसकेको छ भने सुर्खेतमा धान रोपाँई कार्य उपत्यकामा शुरु भएको छ । सुर्खेतका ग्रामिण क्षेत्रका ३० प्रतिशत् खेतमा धान रोपाँई सकिएको छ ।

यसैविच, कर्णाली प्रदेश सरकारका प्रवक्ता एव भुमि ब्यवस्था, कृषि तथा सहकारी विमला केसीले दिवसका अवसरमा सवै किसानलाई शुभकामना दिएकी छन् ।

सत्रौँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव २०७७ लाई सभ्य, भव्य र उल्लासपूर्वक मनाई कर्णालीमा धान संस्कृतिको जगेर्नामा हातेमालो गर्न आव्हन गर्दै उनले यस अवसरमा कर्णालीवासी आम नागरिक तथा कृषक दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गरेको कुरा शुभकामना सन्देशमा उल्लेख छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणबाट सुरक्षित रही, सामाजिक दुरी कायम गर्दै धान दिवस तथा रोपाई महोत्सवमा सहभागी हुन,नेपाल सरकारको निर्णय बमोजिम बढिमा २५ जनासम्म मात्र भेला भएर १७ औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउने, यदि २५ जना भन्दा बढि भएमा न्युनतम सामाजिक दुरी (६ फिट) कायम हुने गरि स –साना उपसमुहमा रहेर रोपाइ महोत्सव मनाउन समेत मन्त्री के.सी.ले अपिल गरेकी छन् ।

विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्रा्ष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरे अनुसार राष्ट्रसङ्घले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी विसं २०६२ असार १५ गतेदेखि धान दिवसलाई राष्ट्रिय रुपमा मनाउन थालिएको हो ।

धानबालीका विभिन्न पक्षलाई उजागर गर्दै यस वर्ष ‘धान उत्पादनमा बृद्धि–आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ धानलाई राष्ट्रिय अर्थतन्त्रको आधारस्तम्भ रुपमा चिनाउन विभिन्न सरोकारवालाको समन्वय तथा सहकार्यमा सत्रौ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७७ मनाइँदैछ । यही अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।

Tags: राष्ट्रिय धान दिवस

Related Posts

जीवन बीमा कम्पनीको नाफा घट्यो
अर्थ खबर

जीवन बीमा कम्पनीको नाफा घट्यो

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै
अर्थ खबर

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो
अर्थ खबर

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

१४ जिल्लाका ४४ केन्द्रमा मतदान रद्द
Videos

१४ जिल्लाका ४४ केन्द्रमा मतदान रद्द

स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप
अर्थ खबर

स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप

आज देशैभरि स्थानीय तहको निर्वाचन
Videos

आज देशैभरि स्थानीय तहको निर्वाचन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

हट्यो ९ महिना लामो संसदको अवरोध

१५ असार २०७७, सोमबार
पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

१५ असार २०७७, सोमबार
बराहतालमा काँग्रेसका भण्डारी विजयी

बराहतालमा काँग्रेसका भण्डारी विजयी

१५ असार २०७७, सोमबार
आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

१५ असार २०७७, सोमबार
आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

१५ असार २०७७, सोमबार
नयाँ शैक्षिक सत्र फेरि सार्ने तयारी

शिक्षाका लागि २ खर्ब ५३ अर्ब रुपैयाँ माग

१५ असार २०७७, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.