काठमाडौं : तराई क्षेत्रमा प्रवेश गरेको सलह काठमाडौं उपत्यकामा पनि आइपुगेको छ । आइतबार ललितपुरमा सलह प्रवेश गरेको विज्ञले बताएका हुन् । मकवानपुरबाट प्रवेश गरेको सलह ललितपुरका प्युटारलगायत स्थानमा देखिएको हो ।
तर, मनसुनको बेला भएकाले पानी परिरहेको र सलहको झुन्डसमेत सानो भएकाले नआत्तिन विज्ञले किसानलाई सुझाव दिएका छन् ।
राष्ट्रिय कृषि अनुसन्धान परिषद नार्कका कीटविज्ञ सुदीप उपाध्यायका अनुसार सलह दिउँसो बढी सक्रिय हुने भएकाले जाली थापेर तिनको प्रभाव कम गर्न सकिन्छ ।