सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एम.यु.) का उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले विश्वविद्यालयलाई गति दिन भ्रष्टाचारमुक्त बनाउनुपर्नेमा जोड दिएका छन् ।
प्रजातन्त्रवादी प्राध्यापकहरुसंग शुक्रबार विस्तारित कार्यालयमा छलफल गरेका उपकुलपति प्रा.डा सिंहले विश्विद्यालयलाई भ्रष्टाचारको दलदलमा फसाइएको उल्लेख गर्दै अव त्यसलाई रोकेर प्राज्ञिक थलोको रुपमा विकास गर्ने बताएका हुन् ।
यस अघिका पदाधिकारीले अनधिकृत रुपमा मासिक ४२ हजार रुपैयाँ सम्म भत्ता बुभ्mने गरेको भन्दै उपकुलपति प्रा.डा सिंहले जनताको रगत पसिनाले बनेको विश्वविद्यालयमा अनियमित्ता रोकेर अव सार्वजनिक रुपमा लेखपरिक्षण गराइने बताए । बैठक, सामान खरिद, विद्यार्थी भर्ना र चन्दादाताले दिएको पैसामा पनि भ्रष्टाचार भएको रहेछ, उपकुलपति प्रा.डा सिंहले भने, यस किसिमको अनियमित्ता विल्कुल हुन दिन्न र अव विश्विद्यालय पुरै प्राज्ञिक र अनुसन्धामूलक गतिविधीमा अघि बढ्छ ।
आफ्नो पालामा खरिद गरेका सवै आवश्यक सामग्री र हरहिसाव पदावधी पुरा गर्दा सार्वजनिक गर्ने उल्लेख गर्दै उपकुलपति प्रा.डा सिंहले यस अघिका पदाधिकारीले सामान खरिद गरेर कर्मचारीको नाममा भिडाइदिएको र कार्यकाल पुरा गरेर जाँदा सामग्री पनि लिएर गएको बताए ।
प्रदेश सरकार, स्थानीय सरकार, केन्द्र सरकार र दातृ निकाय संग समन्वय कायम गरी यसलाई उदाहरणीय विश्वविद्यालय बनाउन लागि पर्ने बताउँदै यसका लागि सवै प्राध्यापक कर्मचारीको सहयोग उनले मागे ।
योग्यता र क्षमताका आधारमा डीन लगायतका पदाधिकारी नियुक्ती गरिने र प्राध्यापक कर्मचारीको पदोन्नती तथा स्थायीत्व र पेशागत सुरक्षाका लागि नीतिगत रुपमा सवैको सहकार्यमा अघि बढिने उनको भनाई थियो ।
उनले केन्द्रिय र आंगिक क्याम्पसहरुका समस्याका बारेमा गहन छलफल गरी प्राज्ञिक कार्य अघि बढाइने तथा अनुसन्धानमा केन्द्रित गरी समुदायको अपनत्व बढ्ने कार्य गर्ने बताए ।
अहिलेको अवस्थामा अनलाइन शिक्षालाई व्यवस्थित गर्दै जाने र यसका लागि विश्वविद्यालयले आवश्यक निर्णय गरी कार्यान्वयन गर्न लागेको बताउँदै उपकुलपति प्रा.डा सिंहले गलत गर्ने जो कोहीलाई कारबाही गरिने बताए । कर्णालीका जनताले विश्विद्यालयबाट ठुलो अपेक्षा गरेको स्मरण गर्दै उनले यसका लागि दत्तचित्त भएर जनताको सपना पुरा गर्ने बताए ।
विश्विद्यालय प्राध्यापक संघका पूर्व कार्यवाहक अध्यक्ष अमर रोकाय, पूर्व करार प्राध्यापक संघका अध्यक्ष डि.बी. गुरुङ, प्राध्यापकहरु लोकबहादुर ओली, खगेन्द्र अधिकारी लगायतसंग उपकुलपति प्रा.डा. सिंहले प्राज्ञिक विषयमा धारणा राखेका थिए ।