सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

वडा अध्यक्षको मनपरी, स्थानीयद्वारा वडा कार्यालयमा तालाबन्दी

होस्ट खबर by होस्ट खबर
११ असार २०७७, बिहीबार
229
SHARES
432
VIEWS
FacebookTwitter
वडा अध्यक्षको मनपरी, स्थानीयद्वारा वडा कार्यालयमा तालाबन्दी

सुर्खेत : चौकुने गाउँपालिका–१ का स्थानीयले वडा अध्यक्षले वडामा हुने विकास निर्माणका काममा मनपरी गरेको भन्दै वडा कार्यालय धनरासमा ताला लगाएका छन् ।
वडा अध्यक्ष लक्षिराम आलेले वडामा हुने विभिन्न विकासे योजनाका काम आफ्ना नजिकका व्यक्तिहरुलाई उपभोक्ता समितिमा अन्य नागरिकलाई जानकारी नदिई राखिएको भन्दै वडा कार्यालयमा असार ५ गतेदेखि ताला लगाएका हुन् ।

कर्णाली प्रदेश सरकारद्धारा विनियोजित क्रमागत आयोजना ‘बुढाखोला लिफ्ट खानेपानी आयोजना’ को उपभोक्ता समिति गठन गर्दा सम्बन्धीत क्षेत्रका स्थानीयलाई जानकारी नगराई आफ्ना नजिकका केही व्यक्तिहरु बसेर असार लाग्दै गर्दा नक्कली उपभोक्ता समिति बनाई काम अगाडी बढेपछि स्थानीयले यसको विरोध गरेका हुन् ।

‘कोरोनाको कहरका कारण हामीलाई उक्त आयोजना सुचारु हुने नहुने दुबिधा थियो । एक्कासी कसैलाई जानकारी नै नदिई आयोजनाको निर्माण सामग्री वडामा ल्याएपछि थाहा पायौं,’ आन्दोलन संघर्ष समितिका संयोजक जीवन बडुवालले भने, ‘असारमा आई सम्झौता गरेर अध्यक्ष र सचिवका नाममा खाता खोलेर काम सुरु गर्न खोजेपछि हामी सबै स्थानीयले वडा अध्यक्षले गरेको उक्त कार्य सच्याउन भन्दै वडा अध्यक्षलाई ज्ञापनपत्र बुझायौं ।’ उनले भने, ज्ञापन पत्रको कुनै सुनुवाई नभएपछि आफुहरुले २८ सदस्यीय संघर्ष समिति नै गठन गरि वडा कार्यालयमा ताला लगाएका हौं ।’

एक्कासी लकडाउनमा धेरै मान्छे जम्मा नगर्ने कारण देखाउँदै वडा अध्यक्षकै मिलेमत्तोमा नक्कली उपभोक्ता समिति बनाएर सिमेन्ट, सरिया, पाईप लगायतका सामग्री वडामा आउँदा के को लागि भनेर बुझ्दै जाँदा सबै कुरा थाहा पाएपछि आन्दोलनमा उत्रिएको स्थानीय टेक बहादुर कार्कीले बताए ।

स्थानीयले उक्त लिफ्ट आयोजनामा समग्र उपभोक्तालाई नसेमेटिएको, अध्यक्षले नियमितरुपमा काम कारबाही वडा कार्यालयबाटै नगरेको, हिलेखाली खानेपानी आयोजनाको लागि छुट्याइको ५० हजार स्थानीय उपभोक्तालाई थाहै नदिई कामै नगरी नक्कली उपभोक्ता समितिले रकम हिनामिना गरेको, १ नम्बर वडा कार्यालयबाट २ वर्ष अघि एम्बुलेन्स खरिदका लागि छुट्याइएको ९ लाखले एम्बुलेन्स नल्याई अहिलेसम्म उक्त रकम प्रयोगको जानकारी नआएको, खेलकुद र युवाका नाममा आउने बजेटमा भएको अनियमितता गरिएको, लगाम बजार देखि वडा कार्यालयसम्मको बाटो सुधार नगरेको, वडाले नियमन गर्नुपर्ने बजेटमा कर्मचारी आफै ठेकेदार बनेर काम गरेको भन्दै वडा कार्यालयमा ताला लगाइएको स्थानीय पृथ्वी कठायतले बताए ।

‘उपभोक्ता समितिमा सम्बन्धित क्षेत्रका उपभोक्तालाई नसमेटेर एउटै घरका ३ जनासम्म समितिमा बसेका छन्, एक सदस्यले नाम नबताउने सर्तमा कर्णाली टाइम्ससँग भने, वडा अध्यक्ष ज्युले उपभोक्ता समिति गठनका लागि वडा नम्वर–२ को चिउराडीमुलमा ५–६ जनालाई डाकेर समिति गठन गर्दा मेरो नाम पनि लिष्टमा परेछ ।’

एक स्थानीय शिक्षकले समेत सम्बन्धित मान्छेलाई नबोलाई एकलोैटी रुपमा त्यो समिति गठन गरिएको दाबी गरे।
‘असारे विकासका नाममा बजेट सक्ने प्रचलन र भ्रष्टाचारको अन्त्य गर्न वडा अध्यक्षलाई सकरात्मक बाटोमा हिंड्न हामीले ताला लगाएका हौं,’ चैकुने–१ धनरासका कमल कठायतले भने, हामीले कसैप्रति आग्रह, पुर्वाग्रह नराखी वडामा भएका समग्र वेथितीका विरुद्ध आवाज उठाएका हौं ।’
‘समितिमा को बस्यो बसेन भन्दा वडा अध्यक्ष जनताका साझा अभिभावक हुन् त्यसैले सबैलाई समेटेर अगाडी बढ्नुपर्छ भन्ने मात्र हो’ उनले भने ।
माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी स्थानीयले दिएका छन् ।
स्थानीयका अनुसार बुढाखोला लिफ्ट खानेपानी आयोजना ५ करोडको क्रमागत आयोजना हो । जसमा यो वर्ष ५ लाखको काम हुने भन्दै उपभोक्ता समिति गठन गरिएको थियो ।

स्थानीयले यसरी वडामा ताला लगाउँदा समेत वडा अध्यक्षले समस्या समाधानको उपाय नखोजी उल्टै धम्कीपुर्ण भाषा बोलेको स्थानीय जीरक बडुवालले बताए ।
उनका अनुसार काम सुचारु गरि पाउँ भनेर वडा अध्यक्ष र उपभोक्ता समितिले अस्थाई प्रहरी चौकी लगाममा निवेदन समेत बुझाएका छन् ।

नीतिगतरुपमा नै समिति गठन भएको छ : वडा अध्यक्ष आले

वडा अध्यक्ष लक्षिराम आलेले उपभोक्ता समिति गठन प्रक्रिया नीतिगतरुपमा नै भएकोले वडामा ताला लगाउनु गलत भएको बताएका छन् ।
जनताको काम गर्ने सार्वजनिक क्षेत्रमा लगाइएको ताला न्यायपुर्ण नभएको उनको तर्क छ ।
ताला खोल्नका लागि वडाले संवाद गर्नु भन्दा पनि उनीहरुले जसरी ताला लगाए त्यसरी नै आफै ताला खोलेर पछि हुने क्षतिबाट बच्न आन्दोलनरत पक्षलाई उनले सुझाव दिएका छन् ।

कोरोना भाइरसको कहरका कारण धेरै स्थानीयलाई बोलाउन माथिबाट आदेश नआएकोले आयोजनासँग सम्बन्धीत क्षेत्रका नागरिकलाई भेला गरी उपभोक्ता समिति गठन गरिएको अध्यक्ष आलेले बताए ।

‘उपभोक्ता समिति गठन कुनै गैर कानुनी भएको छैन, खानेपानीले काम गर्न आदेश दिएको छ । सबै आवश्यक प्रमाणहरु छन् । तर विकास विरोधी केहि तत्वहरु सेवा क्षेत्र भन्दा बाहिरकाले काम हुन नदिने आफु समितिमा हुन नपाएर विरोध गर्ने काम गरेका छन्,’ अध्यक्ष आलेले भने, मैले कुनै पनि गलत काम गरेका छु भने म कानुन अनुसार सजाय भोग्न तयार छु ।’

जनताको सेवा कार्यालय भएकोले असार मसान्तमा वडा कार्यालयमा भुक्तानी लिने मानिसहरुमा समस्या पर्ने भएकोले सेवाग्राहीहरु बसेर ताला खोल्ने कुरा भएको बताउँदै सानातिना कामहरुमा केहि त्रुटी देखिएपनि त्यस्ता काममा वडाले तदारुपताका साथ सच्याउँदै अगाडी बढेको बताए ।
वडामा भएका सबै कामहरु प्रक्रियागत भएकोले झुट्टा आरोप लगाएर बदनाम गर्न खोजेको वडा अध्यक्ष आलेको भनाई छ ।

Related Posts

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने
ताजा समाचार

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

हाम्रोलाई होइन, राम्रोलाई रोजौं
ताजा समाचार

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

तीनै सरकारबीच सुदृढ समन्वय गर्न राष्ट्रपतिको आह्वान
ताजा समाचार

बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात गरौः राष्ट्रपति भण्डारी

वीरेन्द्रनगर–१ मा कांग्रेसका दिनेश विजयी
ताजा समाचार

वीरेन्द्रनगर–१ मा कांग्रेसका दिनेश खत्री विजयी

बराहताल–३ मा कांग्रेसका पुन विजयी
ताजा समाचार

बराहताल–३ मा कांग्रेसका पुन विजयी

बराहताल २ मा एमालेको प्यानल विजयी
ताजा समाचार

बराहताल २ मा एमालेको प्यानल विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

११ असार २०७७, बिहीबार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

११ असार २०७७, बिहीबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

११ असार २०७७, बिहीबार
भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

११ असार २०७७, बिहीबार
जीवन बीमा कम्पनीको नाफा घट्यो

जीवन बीमा कम्पनीको नाफा घट्यो

११ असार २०७७, बिहीबार
स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

११ असार २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.