सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

जर्मनीबाट अमेरिकी सैनिक फिर्ता योजना, इन्डो–प्यासिफिक क्षेत्रमा परिचालनको तयारी

होस्ट खबर by होस्ट खबर
१० असार २०७७, बुधबार
171
SHARES
322
VIEWS
FacebookTwitter
जर्मनीबाट अमेरिकी सैनिक फिर्ता योजना, इन्डो–प्यासिफिक क्षेत्रमा परिचालनको तयारी

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन बमोजिम जर्मनीबाट फिर्ता हुने १० हजार अमेरिकी सेनाको बन्तोबस्त गर्न अमेरिकी रक्षा मन्त्रालयले समीक्षा गर्न थालेको छ।

जर्मनीबाट हटाइने केही सैनिकलाई भने पोल्यान्ड पठाइने वासिङ्टनको तयारी छ तर सैन्य फिर्ताको कार्य निकै जटिल भएकाले तुरुन्तै राष्ट्रपति ट्रम्पको आदेश कार्यान्वयन हुनेमा आशंका देखिएको रक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

आपतकालीन अवस्थामा अमेरिकी फौजलाई रक्षा मन्त्रालयले तुरुन्तै जहाँसुकै परिचालन गर्न सक्छ, तर सामान्य अवस्थामा स्वदेश वा अरु मुलुकमा फौज स्थानान्तरण गर्दा वा खटाउँदा प्रत्येक सैनिकका आश्रित परिवार, उनीहरुका बालबच्चाको विद्यालय, आवास व्यवस्था इत्यादि समेतमाथि विचार गर्नुपर्ने हुन्छ।

अमेरिकी अधिकारीहरुले जर्मनीबाट फिर्ता गरिने सैनिकलाई कहाँ राखिन्छ भन्ने अझै निर्णय हुन नसकेको बताएका छन्। तर पोल्यान्ड जाने सेनाका बारेमा भने पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाले राष्ट्रपति ट्रम्पलाई बुधबार भेट्दै छन्। गत वर्ष घोषणा गरिएको एक सम्झौता बमोजिम अमेरिकाले पोल्यान्डमा करिब एक हजार सैनिक परिचालन गर्नेछ।

रक्षा मन्त्रालयका एक वरिष्ट सैन्य अधिकारीले जर्मनीबाट हटाइने सैनिकको गन्तव्यका बारेमा टुंगो लागिनसकेको बताए।

अमेरिकी राष्ट्रपति ट्रम्पले जर्मनीमा तैनाथ करिब ३५ हजार सैनिकमध्ये १० हजार कटौती गरी २५ हजारमा झार्ने बताइसकेका छन्। पेन्टागनले यी फौजलाई इन्डो–प्यासिफिक क्षेत्रमा तैनाथ गर्ने सम्भावना रहेको बताएको छ। जर्मनीले नेटो सैन्यबलका लागि हुने प्रतिरक्षा खर्चमा यथेष्ट योगदान नगरेको भन्दै राष्ट्रपति ट्रम्पले पटकपटक आक्रोश व्यक्त गर्दै आएका छन्।

अमेरिकी अखबार दी वालस्ट्रिट जर्नलमा मंगलबार प्रकाशित राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ–ब्रायनको एक लेखमा उनले जर्मनीमा तैनाथ ठूलो संख्याका सैनिकलाई त्यहाँबाट हटाएर युरोपकै अरु मुलुकमा तैनाथ गर्ने बताएका छन्। उनले भनेका छन्, “केही हजार सेना इन्डो–प्यासिफिक क्षेत्रका मुलुकमा तैनाथ हुनेछन्।। यी क्षेत्रका गुआम, हवाई, अलास्का र जापानका साथै अस्ट्रेलियाजस्ता मुलुकमा अमेरिकी सेना पहिल्यैदेखि छन्।”

अमेरिकी संसद कङ्ग्रेसका केही सांसदले राष्ट्रपति ट्रम्पको निर्णयमाथि आपत्ति जनाएका छन्। केही रिपब्लीकन सांसदले पनि आफ्ना सरोकारका बारेमा राष्ट्रपति ट्रम्पलाई पत्राचार नै गरेका छन्।

रक्षा मन्त्रालयकी प्रवक्ता लेफ्टिनेन्ट कर्नल कार्ला ग्लीसनले राष्ट्रपति ट्रम्पको निर्देशन बमोजिम अमेरिकी युरोपेली कमान्डसँग सम्भावित विकल्पका बारेमा छलफल भइरहेको बताएका छन्। उनले पोल्यान्डसँगको सम्झौता बमोजिम त्यहाँ डिभिजन हेडक्वार्टर्स, एउटा युद्ध तालिम केन्द्र, मानवविहीन लडाकू बिमानहरु तथा सैनिक ब्रिगेड स्थापना हुने जानकारी दिए।

समग्रमा जर्मनीमा सैनिक र उनीहरुसँग आश्रित गैरसैनिक गरी करिब ४७ हजार व्यक्ति रहेका छन्। जर्मनीमा अमेरिका युरोपेली कमान्ड र अमेरिका अफ्रिका कमान्ड रहेका छन्।

अमेरिकी सेनाको अमेरिका बाहिर सबैभन्दा ठूलो सैनिक अस्पताल पनि जर्मनीमै रहेको छ। यहाँ करिब दुई हजार सैनिक र गैरसैनिक व्यक्तिले काम गर्दछन्। पछिल्ला वर्षहरुमा घाइते हजारौं सैनिकको यहीँ उपचार गरिएको थियो। रासस/एपी

Related Posts

भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु
अन्तर्राष्ट्रिय

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु

नेपाल आउन ज्याकलिनले मागिन् अदालतसँग स्वीकृति
अन्तर्राष्ट्रिय

नेपाल आउन ज्याकलिनले मागिन् अदालतसँग स्वीकृति

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा
अन्तर्राष्ट्रिय

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा

आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु
अन्तर्राष्ट्रिय

झडपपछि कोलम्बोमा अनिश्चितकालीन कर्फ्यु

डिभीको २०२३ को नतिजा सार्वजनिक
अन्तर्राष्ट्रिय

डिभीको २०२३ को नतिजा सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

१० असार २०७७, बुधबार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

१० असार २०७७, बुधबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

१० असार २०७७, बुधबार
भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

१० असार २०७७, बुधबार
जीवन बीमा कम्पनीको नाफा घट्यो

जीवन बीमा कम्पनीको नाफा घट्यो

१० असार २०७७, बुधबार
स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

१० असार २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.