काठमाण्डौं : लकडाउन र हवाई उडान बन्द भई विदेशमैं अलपत्र अवस्थामा रहेका ४० नेपालीका शव नेपाल ल्याइएको छ । असार ५ सम्म अथार्त यो साताको अवधीमा विदेशमा कोरोना लगायत अन्य बिभिन्न कारणले मृत्यु भएकामध्ये ४० जना नेपालीको शव लाइएको हो ।
विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउने कार्य शुरु भएर चार्टर्ड उडान हुन थालेपछि ती शवहरु पनि ल्याउन थालिएको छ ।
अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान, यूएई र साउदीबाट एकरएक जनाको शव नेपाल ल्याइएको छ।
मृत्यु भएका ३१८ जनामा ११४ जना मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएका थिए।
यसबाहेक अझै १६४ शवको व्यवस्थापन बाँकी रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ।
ती शव कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा महिनौंदेखि विदेशमा रोकिएका थिए।