काठमाडौँ : नेपालमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको संख्या २३ पुगेको छ। गुल्मीमा होम क्वारेन्टिनमै मृत्यु भएका ६९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि मृतकको कूल संख्यामा १ थपिएको हो।
यसअघि २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिइसकेको छ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले आज (आइतबार) बिहान दिएको जानकारीअनुसार ती व्यक्तिको मृत्यु होम क्वारेन्टिनमै रहेका बेला बिहीबार साँझ भएको थियो।
‘त्यसपछि उनको स्वाब परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशाला पठाइएकामा हिजो ९शनिबार० दिउँसो रिपोर्ट कोरोना पोजिटिभ आयो,’ नेपालखबरसँग उनले भने। सम्भवतस् स्वास्थ्य मन्त्रालयले यसको औपचारिक जानकारी आज दिनेछ।
प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार ती व्यक्ति प्यारालाइसिसका दीर्घरोगी थिए। उनी भर्खरै भारतबाट उपचार गराएर घर फर्केका थिए।
‘ठ्याक्कै दिन त अहिले याद भएन, तर होमक्वारेन्टिनमा बसेको त्यस्तै ८–१० दिनमा उनको मृत्यु भएको हो,’ उनले भने, ‘उतै संक्रमण भएको थियो किरु अहिले उनको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौं।’
नेपालमा कोरोनाबाट साढे ८ हजारभन्दा बढी संक्रमित भइसकेका छन्। तर तीमध्ये १ हजार ५ सय ७८ निको भइसकेका छन्।