मङ्लबार, जेष्ठ ३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कर्णालीका थप तीन ठाउँबाट कोरोना परीक्षण गर्ने तयारी

होस्ट खबर by होस्ट खबर
६ असार २०७७, शनिबार
184
SHARES
348
VIEWS
FacebookTwitter
एक हप्ताभित्रै सबै प्रदेशमा कोरोना भाइरसको नमुना परिक्षण हुने : कर्णाली प्रदेशको सुर्खेतमा

सुर्खेत : कर्णाली प्रदेशमा कोरोना संक्रमित भेटिएको शनिबार ३३ दिन पुगेको छ । आजसम्म आइपुग्दा प्रदेशभर १२ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म रुकुमपश्चिम बाहेक अन्य जिल्लामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार दैलेख कोरोनाको उच्च जोखिममा छन् । त्यहाँ हालसम्म सातसय २४ जनामा संक्रमण पुष्टि भइसकेको छ । दैलेखका ११ वटै स्थानीय तहहमा संक्रमण फैलिसकेको छ ।

जसमध्ये नारायण नगरपालिकामा एकसय ९९, दुल्लुमा ७४, चामुण्डामा ३, आठबीस नगरपालिकामा २१ तथा ठाटीकाँधमा ३, भैरवीमा १२, महाबुमा एकसय ८४, नौमूलेमा एकसय ४१, भगवतीमाईमा ११, डुङ्गेश्वरमा ६८ र गुराँस गाउँपालिकामा ७ जना छन् । जेठ ५ गते पहिलो पटक दैलेखको आठवीस नगरपालिकाका एक युवामा कोरोना संक्रमण पुष्टि भएको थियो । यद्यपी प्रदेशका पहिलो संक्रमित युवाले भने हाल कोरोना संक्रमणमुक्त भइसकेका छन् । प्रदेश अस्पताल सुर्खेतमा करिव २४ दिनको उपचारपछि उनी संक्रमण मुक्त भएका हुन् ।

प्रदेशमा संक्रमितहरु बढ्दै जाँदा कोरोना परीक्षणको दायरा बढाइने तयारी गरिएको छ । कर्णालीका थप तीन ठाउँमा पीसीआर मेसिन सञ्चालनको तयारी गरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशक रीता भण्डारीका अनुसार दैलेखको दुल्लु नगरपालिका र नारायण नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल र रुकुमको चौरजहारी नगरपालिकाको समन्वयमा रुकुम चौरजहारी अस्पतालबाट पीसीआर परीक्षण थाल्ने तयारी गरिएको छ ।

दैलेखमा मेसिन आयो, ल्याव तयारी हुँदै

कोरोना संक्रमणको मुख्य केन्द्र बनेको दैलेखमा कोरोना परीक्षणका लागि पीसीआर मेसिन आइपुगेको छ । दैलेखको नारायण नगरपालिकाले ३५ लाख रुपैयाँमा मेसिन खरिद गरेको हो । नगरपालिकाले खरिद गरेको मेसिन शुक्रबार नै जिल्लामा पुगेको छ । मेसिन आएपनि सञ्चालनको आउन भने अझै केही समय लाग्ने देखिएको छ । ‘मेसिन आइपुगेको छ तर ल्याव सेटअप भएपछि मात्रै सञ्चालनमा आउँछ ।’

जिल्ला जनस्वास्थ्य कार्यालय दैलेखका प्रमुख डाक्टर निराजन पन्तले भने, ‘बायोसेप्टिलेभल टुको प्रयोगशाला नहुँदा समस्या भएको छ ।’ अस्पतालमा बायोसेफ्टिलेभल टुको प्रयोगशाला नहुँदा पीसीआर परीक्षणमा ढिलाइ हुने उनको भनाइ छ । ‘पीसीआर मेसिन सञ्चालनका लागि चाहिने प्रयोगशाला अस्पतालसँग छैन ।’ डाक्टर पन्तले भने, ‘पशु अस्पतालको प्रयोगशालामा मेसिन जडान गर्नेगरी प्रयोगशाला सेटअपमा लागेका छौँ ।’ ल्याप जडानका लागि प्रदेश स्वास्थ्य निर्देशनालयले दैलेखमा बायोइन्जिनियर खटाइ सकेको छ ।

No photo description available.

जनशक्ति पनि काठमाडौंबाटै

दैलेखमा पीसीआर मेसिन सञ्चालनका लागि जनशक्ति काठमाडौंबाट झिकाइएको छ । नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काका अनुसार मेसिन सञ्चालनका लागि आवश्यक जनशक्ति काठमाडौंबाट ल्याइएको जानकारी दिए । नगरपालिकाले निर्वाचन क्षेत्र विकास कोषको रकम प्रयोग गरेर मेसिनसहितझण्डै १ करोड रुपैयाँको उपकरण खरिद गरिएको हो ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गए पनि परीक्षणमा ढिलाइ भएपछि नगरपालिकाले आफै मेसिन खरिद गरेको हो । हालसम्म दैलेखबाट संकलन गरिएको स्वाब परीक्षणका लागि कर्णाली स्वास्थ्य प्रतिष्ठान,जुम्ला र प्रदेश अस्पताल, सुर्खेत पठाउनुपर्ने बाध्यता छ । हालसम्म दैलेखमा हजार जनाको स्वाब संकलन गरिएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा। निरञ्जन पन्तले बताए ।

दुल्लु र चौरजहारीले पनि मेसिन ल्याउँदै

कर्णालीमा थप दुइवटा नगरपालिकाले पनि पीसीआर मेसिन खरिद गर्ने भएका छन् । कोरोना महामारी तत्काल नियन्त्रणमा आउने संकेत नदेखिएपछि दैलेखको दुल्लु र रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले पीसीआर मेसिन खरिद प्रक्रिया अघि बढाएका छन् । रुकुमसहित सल्यान, जाजरकोट र डोल्पाका क्वारेन्टाइनमा बसेकाको कोरोना परीक्षण सहज हुनेछ ।

नगरपालिकाले मेडिसोलुसन प्रालि काठमाडौंसँग एक हजार परीक्षण किटसहित मेसिन खरिदका लागि एक करोड २३ लाख रुपैयाँमा सम्झौता गरेको हो । यता दैलेखको दुल्लु नगरपालिकाले पनि पीसीआर मेसिनका झिकाउने अन्तिम तयारी गरेको नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिए । अवको १५ दिनभित्र मेसिन ल्याउनेगरी काम भइरहेको भण्डारीको भनाइ छ । पीसीआर मेसिनका लागि दुल्लु अस्पताल अस्पतालमा प्रयोगशाला निर्माणको काम भइरहेको छ ।

Related Posts

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर
ताजा समाचार

हट्यो ९ महिना लामो संसदको अवरोध

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित
ताजा समाचार

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

बराहतालमा काँग्रेसका भण्डारी विजयी
ताजा समाचार

बराहतालमा काँग्रेसका भण्डारी विजयी

गुर्भाकोट-३, ५, १२ मा कांग्रेस र १०, ११ मा एमाले विजयी
ताजा समाचार

गुर्भाकोट-३, ५, १२ मा कांग्रेस र १०, ११ मा एमाले विजयी

लेकबेशीका पाँचै वडामा कांग्रेस विजयी
ताजा समाचार

लेकबेशीका पाँचै वडामा कांग्रेस विजयी

गुर्भाकोट-४ मा कांग्रेसका रामबहादुर डाङ्गी विजयी
ताजा समाचार

गुर्भाकोट-४ मा कांग्रेसका रामबहादुर डाङ्गी विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

हट्यो ९ महिना लामो संसदको अवरोध

६ असार २०७७, शनिबार
पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

६ असार २०७७, शनिबार
बराहतालमा काँग्रेसका भण्डारी विजयी

बराहतालमा काँग्रेसका भण्डारी विजयी

६ असार २०७७, शनिबार
आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

६ असार २०७७, शनिबार
आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

६ असार २०७७, शनिबार
नयाँ शैक्षिक सत्र फेरि सार्ने तयारी

शिक्षाका लागि २ खर्ब ५३ अर्ब रुपैयाँ माग

६ असार २०७७, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.