सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

अर्थमन्त्री खतिवडाको कारण देश टाट पल्टने अवस्थामा, राजीनामा दिन दबाब

होस्ट खबर by होस्ट खबर
३ असार २०७७, बुधबार
248
SHARES
329
VIEWS
FacebookTwitter
अर्थमन्त्री खतिवडाको कारण देश टाट पल्टने अवस्थामा, राजीनामा दिन दबाब

काठमाडौं : सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनपछि मात्र कर बुझाउन गरेको यसअघिको अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ ।

उक्त आदेश खारेजीको माग गर्दै सरकारले दायर गरेको रिट ९भ्याकेट० सर्वोच्चले खारेज गरिदिएपछि जेठ २८ गतेको अन्तरिम आदेशबमोजिम नै कर जम्मा गर्न करदाताहरूलाई बाटो खुलेको हो । तर, सरकारलाई भने तत्काल कर उठाउने बाटो बन्द भएको छ ।

लकडाउनपछिको अवधिमा सरकारको राजश्वभन्दा झण्डै तीन गुणा खर्च भइरहेको अवस्थामा सर्वोच्चको फैसलापछि सरकार गम्भीर आर्थिक संकटमा फसेको छ ।

यसअघि न्यायाधिशद्वय अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको इजलासले जारी गरेको अन्तरिम आदेशलाई नै हिजो प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले निरन्तरता दिएको हो । हिजो सर्वोच्चमा महान्यायाधीवक्ता अग्नि खरेल स्वयम्ले नै सरकारको पक्षमा बहस गरेका थिए ।

सरकारी अधिकारीहरूले सर्वोच्चको पछिल्लो फैसलाले सरकारलाई गहिरो आर्थिक संकटमा पारेको बताएका छन् । तर, वास्तविकता त्यो भन्दा फरक छ । कर उठाउने विषय किन दालतमा पुग्यो रु विश्वव्यापी कोरोना संक्रमण र महिनौंदेखिको लकडाउनमा पनि व्यवसायी तथा करदाता सरकारसँग किन रुष्ट बने ? त्यसको सहज जवाफ छ, हालको अवस्था अर्थमन्त्री युवराज खतिवडाको कथनी र करनीको कारणबाट उत्पन्न भएको हो ।
कोरोना संक्रमण र लकडाउन शुरु नहुँदै गत पुस मसान्तसम्मको आर्थिक तथ्याङ्कहरूले पनि मुलुकको अर्थतन्त्र ह्रासोन्मुख देखाइसकेको थियो । चैतपछि अवस्था झन् भयावह हुँदै गएपनि प्रधानमन्त्रीलगायत सबैलाई गुमराहमा राखेर उनी फजुल खर्च बढाउने शीर्षकको बजेट बनाउनमा तल्लिन भए । बजेट घोषणाको दुई साता नपुग्दै स्वयम्ले अस्ति संसदमा सरकार दैनिक प्रशासनिक खर्चसमेत धान्न नसक्ने अवस्थामा पुगेको स्वीकारेका छन् । यसबाट समग्रमा खतिवडा ‘असफल अर्थमन्त्री’ बन्न पुगेका हुन् ।

राज्यको अनिवार्य दायित्वमा खर्च हुने रकम बराबरको राजश्व पनि नउठेपछि खतिवडाले सरकारी संस्थान, प्राधिकरण र निकायको स्थायी प्रकृतिको कोषमा वर्षौंदेखि जम्मा हुँदै आएको मोटो रकममा आँखा लगाएका छन् । पछिल्लो पटक उनले नेपाल दूरसञ्चार प्राधिकरणको ‘ग्रामीण दूरसञ्चार कोष’ मा रहेको झण्डै २२ अर्ब रूपैयाँ सरकारको चालु खर्च धान्ने प्रयोजनको लागि खिँच्ने प्रक्रिया थालेका छन् । आर्थिक अनुशासनको भाषामा सरकारले यस्तो रकम उद्देश्य विपरितका क्षेत्रमा प्रयोग गर्नुलाई ‘कानुनी लुट’ भनिन्छ । सभ्य समाजमा यस्ता गतिबिधिले अर्थतन्त्र र राज्यप्रति जनताको अविश्वास बढाउन मात्र सहयोग पुर्याउँछ ।

लकडाउन दोस्रो पटक थपिएपछि सरकारले चैत महिनामा तिर्नुपर्ने सम्पूर्ण कर वैशाख मसान्तसम्म तिर्न सकिने गरी घोषणा गरेको थियो । त्यसपछि उक्त अवधीलाई अर्थमन्त्रालयले जेठ २५ गतेसम्म सार्यो । तर, स्वयम् अर्थमन्त्री सहभागी भएर गरिएको क्याबिनेट बैठकले लकडाउन जेठ ३२ गतेसम्म त्यसअघि नै घोषणा गरिसकेको थियो । लकडाउनमा कर तिर्न घरबाहिर जानसक्ने अवस्था नभएपछि अर्थ मन्त्रालयको उक्त अव्यवहारिक निर्णय बिरुद्ध सर्वत्र आलोचना र बिरोध भयो । त्यसपछि असार ७ गतेसम्म म्याद सार्न मन्त्रालय बाध्य भएको हो । जबकी अहिले पनि लकडाउन पूर्ण रूपमा खुलेको छैन ।

अर्थमन्त्रीमा पुनः नियुक्ती भएपछि खतिवडाको चर्को र छुद्र बोलीले सबैलाई चिढाउन थाल्यो । व्यापारी तथा व्यवसायीलाई सापटी लिएर भएपनि लकडाउनमा कर चुक्ता निर्देशन दिँदै अन्यथा, नियमानुसार चर्को जरिवानाको लागि तयार हुन चुनौती दिए । एउटा व्यापारिक घरानाको स्वार्थमा विद्युतीय सवारी साधन र चकलेट आयातमा अरबौं रूपैयाँको खेलमा रमाउँदै बजेट घोषणा गरेको समाचारले खतिवडासँग चिढिएका अधिकांश व्यवसायी र व्यापारीको घाउमा उक्त चुनौतीले आगोमा घिऊ थप्ने काम गरिदियो । परिणाम उनीहरू न्यायालयको ढोका ढकढकाउन पुगे ।

उता, दुई दिनदेखि अर्थ मन्त्रालय र महान्यायाधिवक्ता कार्यालयमा कर सम्बन्धी अन्तरिम आदेश बिरुद्धको भ्याकेटमाथि गर्ने बहसको रूपरेखा कोरियो । त्यसक्रममा न्यायाधीशहरूमाथि सभ्य भाषामा गरिने अनौपचारिक व्यङ्गयको फेहरिस्त समेत तयार पारियो । अर्थमन्त्रीको मपाईंत्वमा बनाइएको उक्त ग्राण्ड डिजाइनले हावा खाएको अन्ततः हिजोको सर्वोच्चको फैसलाले नै पुष्टि गरेको छ ।

योजना आयोगको सीमित अनुभव, राष्ट्र बैंक र युएनडीपी श्रीलंकाको कर्मचारीको आवरणमा अर्थमन्त्री बनेका खतिवडा असफल मात्र बनेनन्, दुई तिहाई नजिकको नेकपाको सरकारलाई नै आर्थिक रसातलमा पुर्याइदिएका छन् । यस्तो अवस्थामा खतिवडाले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु सबैभन्दा उत्तम उपाय हो । अन्यथा, प्रधानमन्त्रीले उनलाई जतिसक्दो छिटो पदमुक्त गर्नुमा नै सरकार र मुलुकको आर्थिक भविश्य उज्वल देखिन्छ ।

दृष्टिबाट

Related Posts

जीवन बीमा कम्पनीको नाफा घट्यो
अर्थ खबर

जीवन बीमा कम्पनीको नाफा घट्यो

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै
अर्थ खबर

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो
अर्थ खबर

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप
अर्थ खबर

स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप

कर्णालीमा एक करोड राशिको पत्रकार कल्याण कोष
अर्थ खबर

नेपाली रुपैयाँ हालसम्मकै कमजोर

हालसम्मकै सर्वाधिक कित्ता आज देखी आईपीओ बिक्रिमा
अर्थ खबर

९ करोडको हाइड्रोपावर आईपीओ निष्काशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

३ असार २०७७, बुधबार
वीरेन्द्रनगर–३ अध्यक्ष पदमा एमालेका विष्ट निर्वाचित

वीरेन्द्रनगर–३ अध्यक्ष पदमा एमालेका विष्ट निर्वाचित

३ असार २०७७, बुधबार
विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

३ असार २०७७, बुधबार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

३ असार २०७७, बुधबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

३ असार २०७७, बुधबार
भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

३ असार २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.