सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

८० दिनमा भारतीय समूहद्वारा १७ पटक सशस्त्र प्रहरी टोलीमाथि आक्रमण

प्रवक्ता प्रवीण श्रेष्ठ भन्छन्– नेपाली भूमिमा अवरोध सहँदैनौं

होस्ट खबर by होस्ट खबर
३ असार २०७७, बुधबार
603
SHARES
534
VIEWS
FacebookTwitter
८० दिनमा भारतीय समूहद्वारा १७ पटक सशस्त्र प्रहरी टोलीमाथि आक्रमण

काठमाडौं : सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुरमा शुक्रबार मात्रै सशस्त्र प्रहरीेको टोलीमाथि भारतीय समूहले आक्रमण गर्‍यो । आक्रमणमा तीन प्रहरी घाइते भए । हतियार नै भारतीय समूहले लुटेपछि सशस्त्र प्रहरी बलको टोली गोली चलाउन बाध्य भयो ।

एकजना भारतीय नागरिकको ज्यान गयो । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रवीण श्रेष्ठका अनुसार भारतीय तस्करलगायतको समूह प्रहरीमाथि जाइलागेको थियो । सुरुमा हवाई फायर भएको थियो । तर हतियारै खोसेपछि गोली चल्यो । उनीहरू जबरजस्ती नेपाल प्रवेश गर्न खोजेका थिए । भारतीय सञ्चारमाध्यममा अनुसार गोली लागेर विकेश यादवको मृत्यु भएको थियो ।

यसअघि सर्लाहीको फेनहारामा पनि भारतीय समूहले नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए । अवैध सामान ओसारपसार नपाएको निहुँमा उनीहरूले आक्रमण गरेको सुरक्षा निकायको निष्कर्ष छ ।

२२ वैशाखमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका भूजहवास्थित सशस्त्र प्रहरीको स्थायी पोस्टमा आक्रमण भएको थियो । २५ जेठमा पनि नवलपरासीको प्रतापपुर गाउँपालिका ५, बसहिया चेकपोस्टमा सशस्त्र प्रहरीमाथि आक्रमण भयो । भारतीयको आक्रमणमा परेर ६ सशस्त्र प्रहरी घाइते भए । कतिपय घटनामा सशस्त्र प्रहरी बलको टोलीले हवाई फायर गर्नुपरेको थियो ।

सशस्त्र प्रहरी बल मुख्यालयका अनुसार चैत ११ देखि जेठ ३० गतेको सर्लाही घटनासम्मलाई जोड्ने हो भने ८० दिनमा भारतीय पक्षबाट १७ पटक सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण भएको छ । जसमा केही साना र केही ठूला घटना छन् । कतिपय स्थानमा सयौंमा संख्यामा आएर आक्रमण गरिएको छ भने कतिपय स्थानमा सानो समूहमा पनि । कुनै पनि देशका लागि सीमा सुरक्षा संवेदनशील र सुरक्षाका हिसाबले पनि महत्त्वपूर्ण विषय हो । भारतीय पक्षबाट नेपाली सुरक्षाकर्मीमाथि आक्रमण भए पनि नेपाली पक्षबाट भने भारतीय सुरक्षाकर्मीमाथि त्यस्ता प्रकारका कुनै घटना भएका छैनन् ।

सशस्त्र प्रहरी बलका प्रवक्ता श्रेष्ठका अनुसार भारतसँग जोडिएका सीमामा १२७ स्थानमा बोर्डर आउट पोस्ट ९बीओपी० राखिएको छ । इन्सपेक्टरको कमान्डमा बीओपी हुन्छ । बीओपीको मुख्य काम अवैध घूसपैठ रोक्न, सीमा अपराध नियन्त्रण, राजस्व चुहावट र लकडाउनको समय भएकाले सरकारले सीमासम्बन्धी र दुई देशका नागरिकको आवतजावतसम्बन्धी गरेको निर्णयलाई कार्यान्वयन गराउनु हो । कोरोना भाइरस नियन्त्रणका लागि बीओपीबाहेक अवैध घुसपैठ रोक्न १२ सय बढी स्थानमा अस्थायी चेकपोस्ट पनि राखिएको प्रवक्ता श्रेष्ठले बताए ।

“सीमा सुरक्षा हाम्रो प्रमुख दायित्व हो । नेपाली भूमिमा हुने कुनै पनि अवरोध हामी सहँदैनौं । सीमामा खटिएका सुरक्षाकर्मीमाथी भारतीय पक्षबाट हुने आक्रमण दुःखद हो । यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौं,” डीआईजी श्रेष्ठले भने ।

उनका अनुसार भारतीय पक्षबाट आक्रमण हुनसक्ने स्थानको पहिचान गरी जनशक्ति थप, गस्ती, जाँचलगायत कुरालार्ई प्रभावकारी बनाइएको छ भने सतर्क रहन निर्देशनसमेत दिइएको छ ।

नेपाल–भारत खुला सीमा भएकाले पनि कतिपय अवस्थामा व्यवहारिक कठिनाइ पनि पाइएको छ । प्रवक्ता श्रेष्ठ भन्छन्, “कतिपय भारतीयको खेतीपाती नेपालमा छ । नातागोता पनि छ । यसले उनीहरू नेपाल प्रवेश गर्न खोजेको पनि देखिन्छ । तर धेरैजसो स्थानमा तस्करले उक्साएर आक्रमण गराएको हाम्रो ठहर छ । कुनै पनि देशका सुरक्षाकर्मीमाथि अर्को मुलुकका नागरिकले आक्रमण गर्ने कुरा सामान्य भने होइन ।”

नेपाल–भारत सीमामा देखिएका समस्याका विषयमा दुई देशका अधिकारीबीच पनि निरन्तर संवाद हुने गरेको डीआईजी श्रेष्ठ बताउँछन् ।

Related Posts

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी
समाज

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई दुई मत
समाज

हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई दुई मत

माघ १ गते कर्णालीमा सार्वजनिक विदा
समाज

आजबाट सातामा दुई दिन बिदा

नेपालगञ्जमा अपाङ्गता भएकालाई ह्वील चेयर प्रयोग गर्न दिईएन, घिस्रिएर मतदान गरे
समाज

नेपालगञ्जमा अपाङ्गता भएकालाई ह्वील चेयर प्रयोग गर्न दिईएन, घिस्रिएर मतदान गरे

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतदान सुरु
समाज

रौतहटको गुजरामा राति ९ बजेसम्म मतदान जारी

समाज

बुटवलका मेयर उम्मेदवार पत्नीले पैसा बाँड्न खोजेको आरोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

३ असार २०७७, बुधबार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

३ असार २०७७, बुधबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

३ असार २०७७, बुधबार
भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

३ असार २०७७, बुधबार
जीवन बीमा कम्पनीको नाफा घट्यो

जीवन बीमा कम्पनीको नाफा घट्यो

३ असार २०७७, बुधबार
स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

३ असार २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.