सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले विश्वविद्यालयलाई विश्वव्यापी रुपमा प्रतिस्प्रधा गर्न योग्य बनाउने बताएका छन् ।
बुधबार विश्वविद्यालयको दशौं बार्षिकोत्सवका अवशरमा बोल्दै उपकुलपति प्रा.डा सिंहले एम.यु. लाई जडिबुटी उत्पादन र डि.एन.ए. परिक्षण गर्ने ल्याबको रुपमा बिकास गरेको उल्लेख गर्दै विश्वविद्यालयको प्रतिस्प्रधा अब विश्वव्यापी रुपमा हुने बताएका हुन् । कर्णाली प्रदेश सरकारले यसका लागि विश्वविद्यालयलाई १० करोड आर्थिक सहायता गरेको उनले बताए ।
प्रदेश सरकारसंगको सहकार्यमा अहिले विश्वविद्यालयमा कोरोना नियन्त्रण ल्याब स्थापना गरिएको उल्लेख गर्दै उनले यसैलाई छिटै नै अन्तर्राष्ट्रिय स्तरका बैज्ञानिकहरुको सहभागितामा जडिबुटी उत्पादन र डि.एन.ए परिक्षण ल्याबको रुपमा लैजाने बताए ।

विश्वविद्यालय स्थापनामा महत्वपूर्ण भूमिका खेलेका कर्णालीवासी, अभियन्ता र सरोकारवालालाई उच्च सम्मान गरेका बताउँदै प्रा.डा. सिंहले विद्यार्थीलाई केन्द्रमा राखेर अघि बढ्ने र उनीहरुलाई आत्मनिर्भर हुनेगरी पाठ्यक्रम निर्माण गरी अध्यन अध्यापन गराइने उल्लेख गरे । परम्परागत शैलीको पाठ्यक्रमलाई सुधारेर विश्वव्यापी रुपमा चलेका र प्रयोगात्मक विधीका कोर्षहरु अध्यन अध्यापन गराइने तथा देशका लागि दक्ष जनशक्ति उत्पादनमा विश्वविद्यालय लागि पर्ने उनले बताए ।
‘६० प्रतिशत् ग्लोबल सन्दर्भ र ४० प्रतिशत् स्थानीय श्रोत साधनको उपयोग गर्ने तथा ब्यवहारिक शिक्षा दिने पाठ्यक्रम निर्माण गर्ने तर्फ विश्वविद्यालय अघि बढ्छ’, उपकुलपति प्रा.डा. सिंहले भने, ‘६ महिनाभित्र अन्तर्राष्ट्रिय स्तरका विद्यार्थी आएर अध्यन गर्ने गरी काम हुन्छ र त्यसका लागि उनीहरुलाई छात्रबृत्ती दिइने छ । हाम्रो मा ४० प्रतिशत् मात्रै सैद्धान्तिक र बाँकी ६० प्रतिशत् व्यवहारिक तथा प्रयोगात्मक शिक्षा दिने गरी पाठ्यक्रम बनाउनु पर्दछ ।’
६० प्रतिशत् ग्लोबल सन्दर्भ र ४० प्रतिशत् स्थानीय श्रोत साधनको उपयोग गर्ने तथा ब्यवहारिक शिक्षा दिने पाठ्यक्रम निर्माण गर्ने तर्फ विश्वविद्यालय अघि बढ्छ । ६ महिनाभित्र अन्तर्राष्ट्रिय स्तरका विद्यार्थी आएर अध्यन गर्ने गरी काम हुन्छ र त्यसका लागि उनीहरुलाई छात्रबृत्ती दिइने छ । हाम्रो मा ४० प्रतिशत् मात्रै सैद्धान्तिक र बाँकी ६० प्रतिशत् व्यवहारिक तथा प्रयोगात्मक शिक्षा दिने गरी पाठ्यक्रम बनाउनु पर्दछ ।
विश्वका अन्य देशका विश्वविद्यालय संग पनि एम.ओ.यु गरी प्राध्यापक विद्यार्थी आदान प्रदान गरिने उल्लेख गर्दै उनले अहिले चीनको प्रख्यात विश्वविद्यालय संग इन्जिनियरिङ बिषयमा सम्झौता भएको बताए । अहिलेको कोभिड महामारीले अनलाइन तथा भर्चुअल कक्षालाई आत्मसाथ गर्नुपरेको अवस्थालाई उल्लेख गर्दै अव अनलाइन बाटै पनि विश्वभरका विद्यार्थी ले अध्यन गर्न सक्ने गरी विश्वविद्यालयले अनलाइन कोर्ष बनाएर लागु गर्ने प्रा.डा. सिंहले बताए ।
भ्रष्टाचारका बिरुद्धमा शुन्य सहनशील भएर काम गर्ने तथा पारदर्शितालाई आत्मसाथ गर्दै यस योजना, बिकास र सुपरिवेक्षणलाई आत्मसाथ गर्दै अघि बढ्ने हो । कोभिड-१९ को महामारीमा यसको नियन्त्रणका लागि विश्वका २०० विश्विद्यालयहरुमा हाम्रो विश्वविद्यालय पर्नु गर्वको विषय हो ।
यस अघिका पदाधिकारीले विश्वविद्यालबाट पदावधि सकिएर जाँदा यहाँको सम्पत्ती समेत आफु संगै लगेको भन्दै उपकुलपति प्रा.डा सिंहले भ्रष्टाचारका बिरुद्धमा शुन्य सहनशील भएर काम गर्ने बताए । पारदर्शितालाई आत्मसाथ गर्दै यस योजना, बिकास र सुपरिवेक्षणलाई आत्मसाथ गर्दै अघि बढ्ने उनले जिकिर गरे ।

कोभिड-१९ को महामारी चलिरहेका बेला यसको नियन्त्रण गर्ने विश्वव्यापी अभियानमा विश्वकै २ सय विश्वविद्यालयहरु भित्र मध्यपश्चिम विश्वविद्यालय पनि परेको उल्लेख गर्दै उनले एम.यु. लाई गर्ब गर्न लायकको अध्यन अनुसन्धान केन्द्र बनाउने दाबी गरे ।
भर्चुअल सहभागिताका आधारमा आयोजना गरिएको बार्षिकोत्सवमा आफ्नो धारणा राख्दै विश्वविद्यालयका रजिष्ट्रार यामबहादुर कार्कीले विश्वविद्यालयलाई सफल बनाउन सवैको साथ सहयोगको आवश्यक्ता रहेको औंल्याए । विश्वविद्यालयले समय सापेक्ष महत्वपूर्ण उपलव्धी हाँसिल गर्दै जाने उनको भनाई थियो ।
विश्वविद्यालयको बार्षिकोत्सवमा आंगिक क्याम्पसहरु सहित केन्द्रिय क्याम्पसका प्राध्यापक, विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी, अभिभावक र सरोकारवालाहरुले भर्चुअल रुपमैं उल्लेख्य सहभागिता जनाएका थिए ।