डडेल्धुरा : कोरोना परिक्षणका लागि डडेल्धुरामा पिसिआर मेशीन खरिद गर्न परशुराम नगरपालिकाका मेयर भीमवहादुर साउँदले ५ लाख सहयोग रकम उपलब्ध गराएका छन्।
मेयर साउदले स्वर्गीय दाई दलबहादुर साउद्को स्मृतिमा राजेन्द्र निर्माण सेवा प्रालिका तर्फबाट ५ लाख रुपैया प्रदान गरेका हुन्।
कोरोना परीक्षणको दायरा ढाउन डडेल्धुरामा पीसीआर मेसिन जडान गर्ने अभियान शुरु भएको र त्यसको सहयोगमा आँफुले पनि केही योगदान गरेको मेयर साउदले बताए।
पीसीआर प्रयोगशालाको स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाले सहयोग संकलन अभियान सुरु गरेको छ।