नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २, अगैयास्थित राप्ती नदीमा ट्याक्टर खसेको छ। बैजापुरतिरबाट आउदै गरेको ना ७ त ५१८ नम्बरको ट्याक्टर राप्तीपुलबाट नदीमा खसेको इलाका प्रहरी कार्यालय, कोहलपुरका इन्चार्ज कुलदिप चन्दले बताए।
कुसुममा काममा जान थालेको ट्याक्टर रित्तो थियो । राप्ती नदीको पुलमा अनियन्त्रित भई रेलिङ भाँचेर ट्याक्टर नदीमा खसेको छ ।
ट्याक्टरमा तीन जना रहेकोमा दुई जना बेपत्ता भएका छन् । एकजना ऋषि विक बाहिर निस्किएका छन्।
ट्याक्टर चालक सुनिल थारु र अर्का एकजना बेपत्ता भएको घटनास्थलमा पुगेको कोहलपुरका प्रहरी निरीक्षक रणबहादुर विष्टले बताए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी मिलेर बेपत्ताको खोजी थालेका छन् । नदीमा ट्याक्टरसमेत देखिएको छैन।