शनिबार, जेष्ठ ७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

प्रदर्शनकारीलाई प्रोत्साहन गर्न डा. मल्लको कविता : आगोको सन्तान

होस्ट खबर by होस्ट खबर
३२ जेष्ठ २०७७, आईतवार
258
SHARES
390
VIEWS
FacebookTwitter
प्रदर्शनकारीलाई प्रोत्साहन गर्न डा. मल्लको कविता : आगोको सन्तान

सुर्खेत : कोरोना महामारीबीचमा देशभर युवाहरू सरकारविरुद्ध सडकमा आइरहेका छन् । कोरोना नियन्त्रण गर्न सरकार असफल भएको भन्दै युवाहरूले १० अर्बको हिसाब मागिरहेका छन् ।

कतिपयले सरकारविरुद्ध आन्दोलन चर्कदै जादा थेग्न नसक्ने अवस्था आउने चिन्ता व्यक्त गरेका छन् । नेपाली काङ्ग्रेसको थिङ्क ट्याङ्क ‘स्कुल अफ डेमोक्रेसी’ कर्णाली प्रदेश संयोजन डा. महेन्द्र कुमार मल्लले आन्दोलनकारीलाई प्रोत्साहन गर्नेगरी कविता लेखेका छन् ।

आगोको सन्तान

ए भेनेजुयलामा आँसु
बगाउनेहरू हो
बालुवाटार बिक्री गर्दा मन दुखेन र
ए ल्याण्डुप दोर्जेलाई सराप्नेहरू हो
लिम्पियाधुरा मिचिदा मुटु दुखेन र
ए दशरथहरू हो, देखेनौ र यहाँ
रोगी रोगले होइन अस्पतालको बिलले मर्ने गर्छ
अभिभावक शिक्षालयको शुल्कले मर्ने गर्छ
श्रमिक ठगिएर ठहरै पर्ने गर्छ
यसैमा मठाधीस धन्दा चलाउने गर्छ
तिनकै गर्विलो कालीगढी
आज भीमसेनको धरहराझैँ ढल्न खोज्दैछ
उसले भुइँ छाडेर आकाश रोज्दैछ
आँखाबाट बग्ने रगतहरूको कसम
माटोबाट बग्ने आँसुहरूको कसम
नदीका नीला वेदनाहरूको कसम
ए नादिरशाहीका शिष्यहरू हो, तिम्रो
मधानीको नेती चुँडिनेछ अब
हलोको हल्लुडो चुँडिनेछ अब
उतिखेर जडतामा चेतना बनेर सारा नेपाल थर्काउँदा
सुनामी बनेर छालहरूसँगै किनाराले केन्द्रलाई धक्याउँदा
कलिलो आँखाको कालो नानीले पछ्याएको आशादीप
आमाको परेली भिजाएर बाहिरिएको छ ।

ए युगका उपहसित शाहदत
तिम्रै उत्सर्गको ओत लिएर
फेरि एकपटक
चकमन्न निशाका माझबाट एउटा जुनकिरी
धिपधिप आशाको उज्यालो बनेर
घरको धुरीमाथि आउँदैछ
आकाशगंगाका नौ लाख तारामध्ये एउटा तारा
प्रकाशपुञ्जको रथमा चढेर
मेरो धर्तीमा आउँदैछ र
युग चियाउने उज्यालो छोडेर फर्किदैछ
छङछङ छङछङ गर्दै पहरामा सङ्गीत भर्ने
कुमारी झरनासँग प्रेमिल बात मार्न प्रत्येक भोरमा
सूर्य रक्तिम आभाका साथ पृथकतामा उदाइरहेको छ र
रछ्यानका फोहोर डढाउने आगो दिएर फर्किदैछ
युगका जडता र जुकाहरूलाई निमिट्यान्न पार्न
छोरोले अक्षरहरूमा साँध लगाउँदैछ
निर्जन जङ्गलमा,तर उन्मुक्त ढङ्गले
चरीले चिरबिर चिरबिर गीत गाएझैँ
छोरी नयाँ बिहानी अन्माउने र
सिर्जनाका नयाँ बीउ अङ्कुराउने
सङ्गीतका लयमा रमाउँदैछिन्

नभन्दै प्रकृति रौद्र बन्दै गइन्,हेर
मेघ गर्जियो बिजुली चम्कियो, हेर
आँधी आउनुअघिको सन्नाटा चिरिदैछ, हेर
सिंगै वायुमण्डलभरि सन्देश फैलियो
आमाको असली विद्रोही सन्तान जन्मिसक्यो
बलेसीका फोहोर फाल्न
गुँड भत्काउने बाज समात्न
प्यारो धर्तीमा एकपटक फेरि दीप प्रज्वलन गर्न
ज्वाजल्यमान स्वरूपमा
हेरत, पूर्व दिशाबाट दावानलझैँ ऊ आयो
वायुको वेगसँगै यो युगको प्रमिथस आयो
ऊ रापिलो आगोको सन्तान भएर आयो।

Related Posts

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)
Videos

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)

पारिश्रमिक नै नलिने घोषणापछि वीरेन्द्रनगरका मेयर उम्मेदवार गिरीको चर्चा चुलियो
Videos

वीरेन्द्रनगरका मेयर उम्मेदवार गिरीको चर्चा, पारिश्रमिक नलिने घोषणा

‘९० हजार भोट ल्याउँछु, ई–सरकार बनाउँछु’: बालेन शाह
विचार/ब्लग

‘९० हजार भोट ल्याउँछु, ई–सरकार बनाउँछु’: बालेन शाह

जलवायु परिवर्तनको मारमा चरा
विचार/ब्लग

जलवायु परिवर्तनको मारमा चरा

लोकतन्त्रको लाभ नेतालाई मात्रै ?
विचार/ब्लग

लोकतन्त्रको लाभ नेतालाई मात्रै ?

हुलाक टिकटमा नेपालको इतिहास: जिउँदा सत्यमोहनदेखि दिवंगत राजा वीरेन्द्रसम्म
मुख्य समाचार

हुलाक टिकटमा नेपालको इतिहास: जिउँदा सत्यमोहनदेखि दिवंगत राजा वीरेन्द्रसम्म

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

३२ जेष्ठ २०७७, आईतवार
राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने

राष्ट्रपतिले जेठ १० गते संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

३२ जेष्ठ २०७७, आईतवार
कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

३२ जेष्ठ २०७७, आईतवार
पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन आह्वान

३२ जेष्ठ २०७७, आईतवार
२ शिक्षक, ५ विद्यार्थी

फेरियो शिक्षक र कर्मचारीको पोसाक

३२ जेष्ठ २०७७, आईतवार
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

३२ जेष्ठ २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.