सुर्खेत : कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना पुष्टि भएको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर थपिंदै गएको छ । आइतबार सुर्खेत जिल्लाका १५ र दैलेख जिल्लाका ३७ जना गरी जम्मा नयाँ संक्रमित संख्या ५२ रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म जम्मा पुष्टि भएको संख्या ९६७ पुगेको छ ।
नयाँ संक्रमण पुष्टि हुने सुर्खेतका १५ जना मध्ये पञ्चपुरी नगरपालिकाका ५ जना, गुर्भाकोेट नगरपालिकाका ८ जना, वीरेन्द्रनगर नगरपालिकाका १ जना, लेकबेसी नगरपालिकाका १ जना रहेका छन् ।
यस्तै दैलेख नौमुले गाउँपालिकाका ३५ जना र नारायण नगरपालिकाका २ जना रहेका छन् । ५० जनाको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र २ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट परीक्षण गरिएको हो ।
दैलेख अस्पतालमा ५ जना र दुल्लु अस्पतालमा ४ जना गरी ९ जना निको भई डिस्चार्ज भए संगै जम्मा डिस्चार्ज हुनेको संख्या ९१ पुगेको छ । हालसम्म कोभिड(१९ को संक्रमण पुष्टि भएका मध्ये मृत्यु हुनेको संख्या ३ रहेको छ।
यस्तो छ जिल्लागत संख्या
हाल सम्मको जम्मा ९६ ७ मध्ये जिल्लागत संख्या दैलेख ५३९ जना, सुर्खेत १३२ जना, सल्यान १३७ जना, कालिकोट २८ जना, जुम्ला २४ जना, जाजरकोट ८ जना, मुगु २ जना, हुम्ला १ जना, डोल्पा १ जना र अन्य प्रदेशका १६ जना रहेको छ ।