काठमाडौँ : संसदमा नेपाली सेनालाई सीमामा खटाउनुपर्ने आवाज उठेको छ । आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रामकुमारी चौधरीले सीमा क्षेत्रका नेपालीहरूले भारतीय पक्षबाट दुख पाइरहेको भन्दै सीमामा सेना खटाउनुपर्ने बताएकी हुन् ।
‘नेपाली सेनालाई भात खुवाएर राख्ने होइन, व्यापार गराउने होइन,ु सांसद चौधरीले भनिन्, ुसशस्त्र प्रहरीलाई सपोर्ट गर्न सीमा क्षेत्रमा जानुपर्यो ।’
उनले सीमा क्षेत्रका जनतालाई भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले दुख दिने काम गर्ने, पिलर सार्ने काम गर्ने गरेको बताइन् ।
केही दिन अघि सर्लाहीमा भारतीय नागरिकबाट सशस्त्र प्रहरीको बन्दुक खोस्ने काम भएको भन्दै सांसद चौधरीले भारतीय तर्फबाट हुने गुण्डागर्दी रोक्न सीमामा सेना नै जानुपर्ने तर्क गरिन् ।