सुर्खेत : दैलेखमा कोरोना संक्रमित र प्रहरी बिच झडप भएको छ । नारायण नगरपालिका दैलेख बजारको त्रिभुवन मध्यामिक विध्यालयको आइसोलेसनमा कोरोना संक्रमित र प्रहरीबीच झडप हुम्हदा ४ जना कोरोना संक्रमित घाइते भएका हुन् ।
आइसोलेसनमा बसेकाहरुले १ महिनासम्म पुनः स्वास्थ्य चेक जाँच नगरिएको, पीसीआर पोजेटिभ र आरडिटी पोजेटिभलाई एकै ठाउँमा राखिएको, आइसोलेसनमा बस्दा खानपिनको राम्रो व्यावस्थापन नभएको भन्दै आन्दोलन गरेका थिए ।
आइसोलेसनमा बसेका संक्रमित घर जान खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । स्थिति नियन्त्रणमा लिन खोज्दा झडप भएको दैलेख प्रहरी प्रमुख हरिबहादुर वलीले बताए ।
प्रहरीको कुटाइबाट एक जनालाई सक्त घाइते भएका छन् भने तिन सामान्य घाइते भएको उनले बताए । उनीहरुलाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय लगिएको छ ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार उनीहरुले विभिन्न बहानामा आइसोलेसन र क्वारेन्टिनमा रहेकाहरु दैनिकजसो आन्दोलन गर्ने गरेको बताए । पीसीआर परीक्षण रिपोर्ट ढिलो आएको भन्दै आन्दोलन सुरु गरेको उनले बताए । ुघर जान पाउनु पर्छ भन्दै विद्यालयको गेट फोडेर नाराबाजी गर्न थालेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो,’ उनले भने,’ समूहमा भएका उदन्ड व्यक्तिहरुलाई अर्को विद्यालयमा स्थानान्तरण गरेका छौं ।’
यस्तै डुङ्गेश्वर गाउँपालिकाका कोरोना संक्रमितहरु आन्दोलनमा उत्रिएका छन् । खानपिन, बस्ने ठाउँ, शौचालय र पानीको असुविधा भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले क्वारेन्टाइनमा राम्रो व्यवस्था नगरेको भन्दै राखिएको विद्यालयबाट निस्केर घर जान लागेपछि प्रहरीले पुनस् क्वारेन्टाइनमा फर्काएको छ ।