काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको जनाएको छ । मन्त्रालयले बारा र पर्सामा थप दुई जनाको कोरोनाबाट मृत्यु भएको जनाएको हो ।
नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सामा मृत्यु भएका २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको बताए । त्यस्तै बाराका ५ वर्षीय बालकको पनि कोरोनाबाट मृत्यु भएको उनले जानकारी दिए ।