सुर्खेत : दैलखमा शुक्रबार २१ जना कोरोना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । रोजगारीको सिलशिलामा भारत गई फर्केका उनीहरुलाई कोरोना पुष्टि भएपछि सरस्वति माध्यमिक विद्यालयमा रहेको आइसोलेसन अस्पतालमा उपचार गरिएको र निको भएपछि शुक्रबार डिस्चार्ज गरिएको हो ।
उपचारपछि गरिएको पीसिआर परीक्षण रिर्पोट नेगेटिभ आएपछि घर पठाएको उपचारमा खटिएका डाक्टर जगत थापाले बताए । कोरोना जितेर घर फर्कनेमा नारायण नगरपालिका वडा नः ३ का ३ जना, वडा नम्वर ४ का २० महिनाका बालक सहित ४ जना, वडा नम्व २ का २ जना पुरुष वडा नम्वर ६ बाट १ जना पुरुष, वडा नम्वर ८ का ३ जना पुरुष, पुरुष वडा नं. ९ का २ जना पुरुष, वडा नम्वर १० ४ जना पुरुष, र वडा नम्वर ११ का १ जना पुरुष रहेका छन् ।
कोरोना जितेर घर फर्केका पुरुषहरुलाई नारायण नगरपालिका वडा नः १ का वडा अध्यक्षले दोसल्ला ओढाएर घर पठाए का छन । नारायण नगरपालिका वडा न ४ का २० महिने बालक आमा संक्रमित भएका कारण आमा संगै रहेको डाक्टर जगत थापाले बताए ।
कोरोना जितेर घर फर्कन लागेका उनीहरुले कोरोना भाइरस सहजै जित्न सकिने प्रतिक्रिया दिएका छन ।