सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

‘पुर्खाले लडेर जोगाए, हामी अडे मात्र जोगिन्छ’

होस्ट खबर by होस्ट खबर
२९ जेष्ठ २०७७, बिहीबार
261
SHARES
322
VIEWS
FacebookTwitter
‘पुर्खाले लडेर जोगाए, हामी अडे मात्र जोगिन्छ’

अन्नपूर्णपोष्ट /काठमाडौं : प्रधानमन्त्री केपी ओलीले संयुक्त प्रयासबाटै भौगोलिक अखण्डता, स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने बताएका छन्। राष्ट्रियताको रक्षा र कोरोना नियन्त्रणमा दलहरू एकजुट हुनु गर्वको विषय भएको प्रधानमन्त्री ओलीको भनाई छ।

‘हाम्रा पुर्खाले लडेर देश बचाए, आज हामी अडे मात्र भौगोलिक अखण्डता स्थापित गर्न सक्छौं’, प्रतिनिधिसभा बैठकमा बुधबार विनियोजन विधेयकबारे सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने।

उनले नयाँ नक्साअनुसार संविधानको अनूसूचीमा रहेको नक्सा सच्याउन दलहरू एक ठाउँ उभिएर राष्ट्रिय एकताको सन्देश दिएको धारणा व्यक्त गरे। ‘अप्ठ्यारो बेला राष्ट्र एक हुने, एकताबद्ध प्रदर्शन हुने नेपाली चरित्र प्रकट भएको छ’, उनले भने, ‘हाम्रो भूमिमाथि न्यायोचित हक स्थापित गर्ने साझा प्रयास हो भन्ने स्पष्ट भएको छ। ’

उनले नयाँ नक्सा जारी गर्ने विषयको जस पाइँदैन कि भन्ने चिन्ता कसैले पनि नगर्न आग्रह गरे। ‘यसमा हामीले कसले जस पाउला कि कोही छुट्ला कि भन्ने चिन्ता नगरौं’, उनले भने, ‘सबैले सर्वसम्मत पारित गरे, सबैको भोट दिए, सबैका मन एक ठाउँ छन् भन्ने स्पष्ट सन्देश हुन्छ। ’

उनले नयाँ नक्सा जारी गरेकामा कसैले जस लिने वा श्रेय लिने विषय ठूलो नभएको स्पष्ट पारे। ‘जनस्तरबाट यो विषय उठेको छ। अध्ययन, अनुसन्धानकर्ताले तथ्यहरू खोेजेका छन्, प्रकट भएका छन्’, उनले भने, ‘यसमा कसले जस लिने, श्रेय लिने, कसको देवकत्वरण गर्ने भन्ने होइन। देशको साझा भावना हो। ’

भारतले भूमि फिर्ता गरे समाधान

प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्नु नै समाधान भएको बताए। भारतसँग राजनीनिक र कूटनीतिक वार्ताबाट समाधान खोजिने उनको भनाइ थियो। ‘समाधान भनेको भारतले हाम्रो भूमि फिर्ता गर्नुपर्छ’, उनले भने।

उनले नक्कली नदी वा खोल्सा देखाएर अरूको भूमि कब्जा गर्नु उचित नभएको बताए। ‘१९६१ सम्म हामीले भोगचलन गरिरहेको भूभाग भारतले ०६२ मा सेना राख्यो’, उनले भने, ‘यो कार्य उचित भएन। हाम्रो भूमि फिर्ता हुनुपर्छ। त्यसका लागि वार्ताबाटै समाधान होस् भन्ने पक्षमा हामी छौं। ’

नेपाल–भारत सीमा विज्ञहरूले तयार पारेको प्रतिवेदन भारतले नबुझ्नु दुःखद भएको उनले उल्लेख गरे। भने, ‘हाम्रा तर्फबाट हामी त्यो प्रतिवेदन बुझ्न तयार छौं। भारत पनि तयार हुनुपर्छ। ’

नेपालीको प्रतिरोध क्षमता राम्रो

उनले नेपाली जनतामा रोगविरुद्ध लड्ने प्रतिरोध क्षमता राम्रो भएकै कारण कोरोनाले कमै मात्र क्षति गरेको दाबी गरे। कांग्रेस सांसद गगन थापाले नेपालीको प्रतिरोध क्षमता राम्रो छ भन्ने प्रधानमन्त्रीको भनाइबारे प्रश्न गरेका थिए। ‘एक जना माननीयले नेपालीको प्रतिरोध क्षमता राम्रो छ भनेर कसले भनेको रे ? ’, ओलीले प्रतिप्रश्न गर्दै भने, ‘भर्खरै सुन्नुभएन ? मैले भनेको। ’

ओलीको जवाफसँगै बैठकमा हाँसो छाएको थियो। आफ्नो दाबी पुष्टि गर्ने क्रममा उनले नेपालको भौगोलिक बनावट, खानपिन, रहनसहन नै रोग प्रतिरोध क्षमता विकासका कारक भएको बताए। ‘यहाँको माटो सिम्रिक हुन्छ, चिसो भए यार्चागुम्बा हुन्छ, जडीबुटी औषधि हो, हिउँबाट पग्लिएर बग्ने पानीमा अनेकौं मिनरल तत्वहरू हुन्छन्। उकाली–ओराली गर्ने, जहाँ योग र व्यायामको परम्परा छ’, उनले देशको बखान गर्दै भने, ‘मरुभूमिबाट आउने तातो हावा हिमायलयमा ठोक्किँदा चिसो हुन्छ। ’
उनले नेपालीका खानामा अनिवार्य मानिएका बेसार, अदुवा, जिरा, प्याज, लसुनजस्ता मसला औषधिजन्य भएको उल्लेख गरे। भने, ‘हरेक दिन औषधिजन्य खाएर ज्यान बनाएको नेपालीको प्रतिरोध क्षमता राम्रो छ। ’

योगी आदित्यनाथको अभिव्यक्ति निन्दनीय

उनले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको अभिव्यक्तिप्रति निन्दा गरे। योगीले गत साता नेपालको नयाँ नक्सालाई लिएर धम्की दिएको भन्दै नेमकिपाका प्रेम सुवालले प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए। ‘धम्क्याउन खोजेको भए उचित होइन’, ओलीले भने, ‘नेपाल हेपिन तयार छैन। धम्क्याउन खोजेको भए निन्दनीय कार्य हो। ’

राष्ट्रपतिमाथि अनावश्यक लान्छना

ओलीले गणतन्त्रको विरोध गर्न राष्ट्रपतिमाथि अनावश्यक लान्छना लगाउने गरिएको भन्दै आपत्ति जनाए। उनले राष्ट्रपति कार्यालयमा कुर्सी, कार्पेट किन्ने कुरा राष्ट्रपतिलाई थाहा नहुने बताए। राष्ट्रपति संस्थालाई दलगत रूपमा हेर्न नहुने उनको भनाइ थियो।

हिसाब होइन, कोरोनाको चिन्ता गरौं

उनले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च भन्दा कोरोनाको चिन्ता गर्न आग्रह गरे। कांग्रेस सांसदले कोरोनाका नाममा भएको १० अर्बको हिसाबकिताबबारे प्रश्न गरेपछि ओलीले जवाफ दिएका हुन्। सरकारको वार्षिक प्रतिवेदन, महालेखा परीक्षकको वार्षिक प्रतिवेदनलगायत सरकारी प्रक्रिया र संरचनाबाट हरहिसाब आउने उनको भनाइ थियो। उनले अनावश्यक शंका र टिप्पणी नगर्न सांसदहरूलाई आग्रह गरे।

‘स्थानीय तह र प्रदेशले अहिले कसरी धान्नुभएको होला भनेर चिन्ता गरौं’, उनले भने, ‘उहाँहरूको भावनामा चोट पुग्ने गरी शब्दावलीको प्रयोग नगरौं। ’ राष्ट्रमाथि आपत् आएका बेला कसैले भ्रष्टाचार गर्छ भने स्वीकार्य नहुने उनको भनाइ थियो।

८५ प्रतिशत संक्रमित भारतबाट आएका

उनले कोरोनाबाट संक्रमित भएकाहरू ८५ प्रतिशत भारतबाट आएका नेपाली नागरिक रहेको बताए। ‘भारतबाट रेल, गाडीमा खाँदिएर आउनेहरूमा अझ संख्या बढ्न सक्छ’, उनले भने, ‘दैनिक ७ देखि १० हजार नेपाली भारतबाट आइरहेका छन्। ’

दैनिक ४ हजार ५ सय देखि ५ हजारसम्मको परीक्षण गर्ने सामथ्र्य रहे पनि त्योभन्दा बढी संख्यामा भारतबाट नेपाली नागरिक आइरहेकाले सबैको परीक्षण गर्न नसकिएको ओलीको भनाइ थियो। उनका अनुसार आधुनिक प्रविधियुक्त मेसिन र किट किन्ने तयारी छ। प्रदेश र स्थानीय तहमा पठाइएका केही पीपीआर मेसिन जडान र परीक्षणमा कमजोरी देखिएको उनले स्वीकार गरे। उनले थप मेसिन आएपछि समस्या सहज हुने बताए।

उनले कोरोनाविरुद्धको लडाइँ कुनै एक दल र सरकारको नभई देशकै साझा शत्रुका रूपमा बुझ्न आग्रह गरे। ‘यो महामारी दलको विषय होइन, मानवीय रूपमा बुझौं’, उनले भने, ‘सत्ताधारी दलको मात्र विषय होइन, साझा विषय हो। त्यसैगरी लडिरहेका छौं। ’

उनले सरकारको सम्पूर्ण ध्यान कोरोना नियन्त्रण, रोकथाम र उपचारमा रहेको उल्लेख गरे। भने, ‘यो विषयले हाम्रो सामाजिक जनजीवन, अर्थतन्त्र र विकासलाई समेत प्रभावित पारेको छ। ’

विनियोजन विधेयक पारित

प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक (वार्षिक बजेट) बहुमतले पारित गरेको छ। बजेट आश्रित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत संशोधन विधेयक भने पारित हुन बाँकी छन्। अर्थमन्त्री डा. युवराज खतिवडाले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेस गरेका थिए।
अन्नपूर्णपोष्टबाट साभार गरिएको

Related Posts

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै
अर्थ खबर

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

मतपत्र च्यात्न नदिन चितवनमा विशेष सुरक्षा
पत्रपत्रिका

मतपत्र च्यात्न नदिन चितवनमा विशेष सुरक्षा

आइसोलेसनमा उपचारत युवकको मृत्यु, रिपोर्ट आउन बाँकी
ताजा समाचार

नौजना उम्मेदवारको मृत्यु

हाम्रोलाई होइन, राम्रोलाई रोजौं
पत्रपत्रिका

हाम्रोलाई होइन, राम्रोलाई रोजौं

मेलम्चीको १७ करोड लिटर पानी आजदेखि वितरण हुने
पत्रपत्रिका

मेलम्ची जुनसुकै बेला बन्द हुन सक्ने

जुम्लामा गठबन्धन नहुने, दलहरु एक्लाएक्लै चुनाव लड्ने
पत्रपत्रिका

गठबन्धनमा सकस: कतै विद्रोह कतै एक्लाएक्लै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुराँस गाउँपालिका-८ मा एमालेका ओली निर्वाचित

गुराँस गाउँपालिका-८ मा एमालेका ओली निर्वाचित

२९ जेष्ठ २०७७, बिहीबार
बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

२९ जेष्ठ २०७७, बिहीबार
वीरेन्द्रनगर–३ अध्यक्ष पदमा एमालेका विष्ट निर्वाचित

वीरेन्द्रनगर–३ अध्यक्ष पदमा एमालेका विष्ट निर्वाचित

२९ जेष्ठ २०७७, बिहीबार
विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

२९ जेष्ठ २०७७, बिहीबार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

२९ जेष्ठ २०७७, बिहीबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

२९ जेष्ठ २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.