काठमाडौं : नेपाली सेनाले मेडिकल सामग्री खरिदमा बजार मूल्यभन्दा महँगो तिरेको स्वीकार गरेको छ । सेनाले गुणस्तरीय सामग्री ल्याएको दाबी गर्दै महँगो मूल्य परेको तर घोटाला भने नभएको प्रतिक्रिया दिएको हो ।
विषम परिस्थिति, माग र आपूर्तिको फरक परिवेश र गुणस्तरजस्ता विषयको तुलना हुन नसक्ने दाबी गर्दै आफूले ल्याएका मेडिकल सामग्री गुणस्तरीय रहेको सेनाको दाबी छ । सेनाले गुणस्तरीय सामग्री लिँदा बढी मूल्य तिर्नुपरेको तर्क गर्दै पारदर्शिताका विषयमा उठाएको प्रश्नमा ध्यानाकर्षण भएको पनि जनाएको छ ।