काठमाडौँ : गएको मार्च महिनादेखि स्थगित रहेको स्पेनिस लिग ला लिगा पुनः सुरु हुँदैछ । यस सिजनको ला लिगा कोरोना महामारीका कारण केही महिना स्थगित भएको थियो । तर, अब उच्च सतर्कताका साथ बन्द स्टेडियममा खेलहरु पुनः सुचारु हुँदैछन् ।
पहिलो खेल सेभिल्ला र रियल बेटिसबिच खेल हुनेछ । यस सिजनको ला लिगा जुलाईमा सकाउने तयारी समेत गरिएको छ । कोरोना संक्रमणले कस्तो रुप लिन्छ त्यसमा पनि भर पर्ने देखिएको छ ।