सुर्खेत : भारतबाट आएका कर्णालीका नागरिक चढेको टिप्पर कालिकोटको रास्कोट जानेक्रममा कर्णालीमा खस्दा कम्तिमा २ जनाको मृत्यु भएको छ ।
कालिकोटको लालिबजारबाट रास्कोटको क्वारेन्टिन तर्पm जाँदै गरेको टिप्पर कर्णाली नदीमा खस्दा भएको दुर्घटनामा ६ जना वेपत्ता भएका छन् ।
नरहरिनाथ गाउँपालिका १ लालीघाट बजारबाट रास्कोटतर्फ जाँदै गरेको ना ८ ख ५१३३ नम्बरको टिप्पर बजार नजिकैको भीरबाट कर्णाली नदीमा खसेको हो ।
कर्णाली प्रदेशका प्रहरी प्रमुख बसन्त पन्तले अहिलेसम्म २ जनाको मृत्यु भएको र चार जना घाइते भएको जानकारी दिएका छन् । ३९ जना बोकेको टिपर बिहान साढे १० बजे दुर्घटना भएको हो । दुर्घटनमा ६ जना बेपत्ता भएका छन् भने ३१ जनाको उद्धार गरी जिल्ला अस्पताल कालिकोट लगिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरी उपरीक्षक राजीव बस्नेतले वेपत्ताहरुको खोजी तथा उद्दार कार्य जारी रहेको बताए । उनले अहिलेसम्म ६ जनाको उद्दार गरिएको बताएका छन् ।