आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

रूपन्देहीमा हत्या भएका पाँचै जनाको पहिचान खुल्यो, सुर्खेतका झसेन्द्र पक्राउ

होस्ट खबर by होस्ट खबर
२७ जेष्ठ २०७७, मंगलवार
517
SHARES
532
VIEWS
FacebookTwitter
रूपन्देहीमा हत्या भएका पाँचै जनाको पहिचान खुल्यो, सुर्खेतका झसेन्द्र पक्राउ

बुटवल : रुपन्देहीको तिलोत्तमा–१० मैनहवास्थित गंगादेवी पशु कृषि फार्मका सञ्चालक कृष्णबहादुर पुन हरेक बिहान ५ बजे फर्ममा आइपुग्दा मूल गेट खुला हुन्थ्यो । बत्ती बलेको हुन्थ्यो । कामदारहरु उठेर काम शुरु गरिरहेका हुन्थे ।

तर मंगलबार बिहान फार्ममा पुग्दा त्यहाँ सुनसान थियो । गेट खुलेको थिएन न त बत्ती नै बलेको थियो । कृष्णबहादुरले जानकी मुसहरलाई चिच्याएर बोलाए तर उनी उठिनन् । गेटसँगै जोडिएको टहरोमा सुतिरहेका जानकीका कान्छो छोरा १० वर्षीय अर्जुन मुसहर उठे ।

कृष्णबहादुरले सुतिरहेका सबैलाई उठाउन बालक अर्जुनलाई अह्राए । गर्मीका कारण बालकका बुवाआमा पाँच जना गेटदेखि ५० मिटर पर फर्मभित्रै सुतेका थिए । बालक अर्जुनले आँखा मिच्दै फर्मभित्रै पुगेर पापा–मम्मी र अंकलहरुलाई पालैपालो बोलाए तर कोही उठेनन् । रगत लत्पतिएको देखेपछि उनले कृष्णबहादुरलाई खबर गरे ।

कृष्णबहादुर गेट नाघेर दौडिँदै आउँदा जानकी र माधव मुसहरसहित सँगै सुतेका पोषराज मुसहर, करण चौधरी र आशिष चौधरी पनि रगताम्य भएर ढलेका थिए ।

“भुइँ रगताम्य थियो, सबै अचेत थिए, म आत्तिदै बाहिर आएर प्रहरीलाई फोन गरे”, सञ्चालक पुनले भने,“केही समयमै प्रहरी आयो र उनीहरुको हत्या भएको भन्ने थाहा पाएँ”, सञ्चालक कृष्णबहादुरका अनुसार मारिएका पाँचै जना मेहेनती कामदार थिए ।

अलग्गै कोठामा सुतेका मुसहर दम्पत्तिका छोरा र बहिनी उठेर रुन थाले । रुवावासी भएपछि गाउँभरी हल्ला फैलियो । एकैछिनमा स्थानीय बासिन्दाको फार्ममा भिड लाग्यो ।

“हामी आउँदा पाँचै जनाको शव एकै ठाउँमा थियो, सबैको टाउकोमा गम्भीर चोट लागेको थियो”, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशब ज्ञवालीले भने, “सबैलाई कोदालोले टाउकोमा प्रहार गरेको देखियो ।”

सञ्चालक कृष्णबहादुरले फोन गरेलगत्तै इलाका प्रहरी कार्यालय मंगलापुरको टोली घटनास्थलमा आएको थियो । त्यसलगत्तै इलाका प्रहरी कार्यालय बुटवल र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाकाअनुसार फार्ममा सैनामैना मुर्गियाका ४१ वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षका करण चौधरी र आशिष चौधरीको सामूहिक हत्या गरिएको थियो । मुसहर तीनैजना फार्मका कामदार भए पनि करण र आशिष भने कामदार होइनन् ।

प्रहरीकाअनुसार हत्या गरिएका पाँचै जनाको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । हत्या अभियोगमा घटनास्थलबाटै सुर्खेतको साविक नेटा गाविस–३ का ३२ वर्षीय झसेन्द्रबहादुर सिञ्जालीलाई प्रहरीले पक्राउ गरेको छ । उनी सोही फर्मका कामदार हुन् ।

फर्मभित्रै पराल राख्ने ठाउँमा भेटिएका उनी पक्राउ परेपछि बेहोस भएका थिए । उनलाई उपचारका लागि तत्कालै अस्पताल लगिएको थियो । अस्पतालमा उनले आफूलाई दुःख दिएका कारण फरुवाले हानेर हत्या गरेको बताएका थिए ।

“हत्याको अभियोगमा उनलाई पक्राउ गरेका हौँ, सोधपुछ गर्ने काम भइरहेको छ”, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक थापाले भने, “उनी मानसिक असन्तुलनको अवस्थामा रहेकाले सबै जानकारी लिन समय लाग्ने देखिएको छ ।”

घटनापछि कान्छी बजार शोकमा छ । स्थानीय त्रसित छन् । स्थानीयवासी तथा मृतकका आफन्तले घटनाको सत्यतथ्य छानविन गर्न माग गरेका छन् । उनीहरुले दोषीमाथि कारवाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै केहीवेर नारावाजी समेत गरे ।

मृतक आशिषका आफन्त सरोज चौधरी भन्छन्, “हत्यामा संलग्नलाई कडा कारबाही हुनुपर्छ, आखिर उनीहरुको कसुर के थियो किन हत्या गरियो रु उनले प्रश्न गरे” घटनास्थल बुटवल–भैरहवा सडक खण्डको मंगलापुर देखि नौ किलोमिटर पूर्वमा पर्छ ।

सामूहिक हत्याकाण्डको अनुसन्धान गर्न गठन गरिएको समितिले अनुसन्धान प्रक्रिया अघि बढाएको छ । प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० राजकुमार बैदवारको नेतृत्वमा गठन गरिएको तीन सदस्यीय समितिले घटनास्थल पुगेर अनुसन्धान गरेको छ ।

प्रहरीले घटना भएको तिलोत्तमा–१० मैनहवामा रहेको गंगादेवी पशु कृषि फार्मका सञ्चालक, हत्या गरिएका परिवार तथा स्थानीयसँग सोधपुछ गरेको छ । वरिष्ठ प्रहरी उपरीक्षक बैदवारले घटनाको अनुसन्धानका क्रममा प्रमाण संकलन गर्ने काम भइरहेको बताए । “घटनासँग सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्ने काम भइरहेको छ । अनुसन्धानपछि छिट्टै सार्वजनिक गर्छौ” उनले भने ।

Related Posts

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ
मौसम

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर
पत्रपत्रिका

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

महानगरमै ४०% मत बदर
ताजा समाचार

काठमाडौं महानगरपालिका- २९ वडाको ६४ मत गायब

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार: पीडित रेग्मीको पक्षमा माइतीघरमा प्रदर्शन
ताजा समाचार

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार: पीडित रेग्मीको पक्षमा माइतीघरमा प्रदर्शन

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव
समाज

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

चितवनमा भीषण हावाहुरी, तीनको मृत्यु
समाज

चितवनमा भीषण हावाहुरी, तीनको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एकै दिन तोलामा ६ हजार घट्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

२७ जेष्ठ २०७७, मंगलवार
भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

२७ जेष्ठ २०७७, मंगलवार
सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

२७ जेष्ठ २०७७, मंगलवार
निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

२७ जेष्ठ २०७७, मंगलवार
वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

२७ जेष्ठ २०७७, मंगलवार
सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

२७ जेष्ठ २०७७, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.