सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

लिगलाई मात्र एन्फाको १९ करोड भन्दा बढीको बजेट

प्रकाश तिमल्सिना by प्रकाश तिमल्सिना
२६ जेष्ठ २०७७, सोमबार
230
SHARES
342
VIEWS
FacebookTwitter
लिगलाई मात्र एन्फाको १९ करोड भन्दा बढीको बजेट

काठमाडौं : घरेलु फुटबलमा एक वर्षमा कति लगानी हुन्छ त्यसको यकिन लेखा(जोखा अहिले सम्म भएको छैन । जिल्लाका क्लब, साना प्रतियोगितादेखि माथिल्लो स्तर क्लब, प्रतियोगितासम्मको सबै हिसाब निकाल्ने हो भने त्यसको हिसाब अर्बौंमा हुन आउँछ ।

यसबीचमा नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी आर्थिक वर्षका लागि ७० करोड रुपैयाँ भन्दा बढी बजेट तयार गरेको छ । यो वर्ष भरी एन्फाले सबै खाले फुटबलको विकास, सहभागिता, व्यवस्थापनको खर्च गर्ने अनुमान आयव्यय हो । संघले आफैं आयोजना प्रतियोगिता, सम्बन्धित प्रदेश र जिल्लाअन्तर्गतका कार्यक्रम यस बजेटमा समेटिने गर्छ । क्लब, मोफसल प्रतियोगिता लगायत एकेडेमी र निजि संस्थाले गर्ने प्रतियोगिता यसमा हिसाब हुँदैन ।

एन्फाले आर्थिक वर्ष २०७७/०७८ को लागि जिल्ला देखि केन्द्र सम्मका सबै खाले लिगका लागि १९ करोड रुपैयाँ भन्दा बढी विनियोजन गरेको छ । जसमा जिल्लादेखि, प्रदेश लिग, ‘ए’,’बी’,’सी’ डिभिजन, राष्ट्रिय लिग र महिला लिग छन् । अलग अलग प्रतियोगितामा भाग लिने क्लबहरुको तयारी, व्यवस्थापनको खर्च हेर्ने हो भने एन्फाले खर्च गर्ने भन्दा निकै बढी हुन आउँछ ।

एन्फाका महासचिव इन्द्रमान तुलाधर भन्छन्, ‘एन्फाले भन्दा बढी खर्च क्लबहरुले गरिरहेका हुन्छन् । ‘ए’ डिभिजनका लागि मध्य तालिकाको क्लबले पनि १ करोड खर्च गर्नुपर्ने हुन्छ । ‘बी’, ‘सी’ डिभिजन क्लबले पनि २०र२५ लाख रुपैयाँ खर्च गर्छन नै । जिल्ला, प्रदेश लिग खेल्ने क्लबको पनि अलग खर्च हुन्छ ।’

केन्द्र र मोसफलमा आयोजना हुने नकआउट फुटबल प्रतिायेगिता र त्यसमा सहभागी टोलीको खर्च निकाल्ने हो भने फुटबलमा हुने खर्च अझै बढी हुनेछ । एन्फाले वर्षका लागि योजना तयार पारिरहँदा कोरोना भाइरस कोभिड १९ का कारण उत्पन्न कठिन परिस्थितिले कति असर गर्छ यसै भन्न सकिने अवस्था छैन । चैतदेखि सबैखाले फुटबल प्रतियोगिता स्थगित छ । एन्फाले प्रस्ताव गरेको कार्यक्रमहरु सबै वर्ष भरमा सकिनका लागि भदौको मध्यतिरबाट फुटबल गतिविध पूर्ण रुपमा सुरु गर्न पाउने अवस्था बन्नुपर्ने एन्फाले बताएको छ ।

एएफसीले हालै मात्र विश्व कप छनोटका लागि असोज महिनामा खेलाउने निर्णय गरेकाले एन्फाले पनि आफ्नो योजना अनुसार फुटबल गविविधि अघि बढ्ने अनुमान गरेको छ । गत साता एन्फाको कार्यसमिति बैठकले जिल्ला, प्रदेश लिग, एन्फा प्रेसिन्टेस प्रेसिडेन्ट्स कप, सहिद स्मारक ‘ए’,’बी’, ‘सी’, राष्ट्रिय लिग र महिला लिगका लागि बजेट अलग अलग बजेट विनियोजन गरेको छ ।

आफ्ना सदस्य ४८ जिल्ला लिगका लागि ३ करोड बढी विनियोजन गरेको एन्फाले ‘ए’ डिभिजन र राष्ट्रिय लिगका लागि समान ५ करोड भन्दा बढी छुट्याएको छ । ‘बी’ र ‘सी’ डिभिजनका लागि एन्फाले ३ करोड भन्दा बढी विनियोजन गरेको छ । महिला राष्ट्रिय लिगमा ३ करोड बढी खर्च हुने एन्फाको अनुमान छ ।

लिगमा खर्च हुने १९ करोड मध्ये आधा भन्दा बढी प्रायोजक र गेट मनीबाट संकलन गर्ने एन्फाको विश्वास छ । त्यस्तै असोज र कात्तिकमा दशरथ रंगशालमा हुने विश्व कप छनोटका ३ खेल र त्यसअघि हुने ३ वटा मैत्रीपूर्ण खेलबाट ३ करोड रुपैयाँ संकलन हुन अनुमान एन्फाले गरेको छ । त्यसमा नपुग रकम भने फिफाले उपलब्ध गराउने वार्षिक अनुदानबाट खर्च गरिनेछ । यसमा हरेक वर्ष ५० लाख रुपैयाँ नेपाल सरकारले पनि सहयोग गर्दै आएको छ ।

देशभरको फुटबल गतिविधिलाई हेर्ने हो भने फुटबलबाट आश्रिमहरुको संख्या ठूलो छ । त्यसकै लागि सरकारले फुटबलमा लगानी बढाउनुपर्दछ भन्ने माग एन्फाको रहँदै आएको महासचिव तुलाधरले बताए । फुटबल एउटा उद्योगका रुपमा विकास हुन सक्ने सम्भावना छ । ‘एन्फाले वर्षमा १९ करोड भन्दा बढी लिगका लागि खर्च गर्छ । क्लबहरुले त्यो भन्दा बढी खर्च गर्छन्,’ उनले भने, ‘फुटबल सञ्चालनको स्थायित्वका लागि केहि समय सरकारले लगानी गर्नुपर्दछ । आत्मनिर्भर भएपनि फुटबलले पक्कै गति लिनेछ । ‘

सामाजिक संस्थाको मोडलमा सञ्चालन हुँदै आएका क्लब पूर्ण रुपमा व्यवसायिक नबन्दा सम्म एन्फाले अनुदान दिनुपर्ने अवस्था छ । लिगको तयारीका लागि ‘ए’ डिभिजन १४ क्लबले समान २० लाख, ‘बी’ डिभिजन क्लबले १० लाख र ‘सी’ डिभिजनले ७ लाख रुपैयाँ पाउनेछन् । राष्ट्रिय लिगका सहभागी १० टोलीले १५ लाख रुपैयाँ तयारीमा प्राप्त गर्नेछन् ।

‘ए’,’बी’,’सी’ डिभिजनका क्लबले अलग्गै म्याच मनी पनि पाउनेछन् । ‘ए’ डिभिजन टोली लिगको एक खेलमा २५ हजार, बीको क्लबले १५ हजार र सीका क्लबले प्रतिखेल झन्डै ११ हजार रुपैयाँका दरले पाउनेछन् । लिगमा पुरस्कारका लागि मात्र पनि एन्फाले ३ करोड भन्दा बढी विनियोजन गरेको छ । ललित स्मृति यू(१८ लिगको आयोजनामा ५४ लाख २५ हजार रुपैयाँ खर्च हुने अनुमान छ ।

ए डिभिजन लिगका शीर्ष ६ टोली र प्रदेश लिगबाट छनोट भएका ४ गरि १० टोलीले राष्ट्रिय लिग खेल्नेछन् । जिल्लाका च्याम्पियन टोलीले प्रदेश लिग खेल्नेछन् । प्रदेश लिगका च्याम्पियन ७ टोलीले एन्फा प्रेसिडेन्ट्स कप खेल्नेछन् । सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि अंक तालिकाका शीर्ष ४ टोली राष्ट्रिय लिगका लागि छनोट हुने महासचिव तुलाधरले जानकारी दिए ।

राष्ट्रिय लिग खेल्ने क्लबले भने एन्फाको क्लब लाइसेन्सिङको मापदण्ड पुरा गर्नुपर्ने तुलाधरले बताए । मापदण्डका विषयमा छलफल चलिरहेको उल्लेख गर्दै उनले एएफसीको मापदण्ड भन्दा केहि खुकुलो हुने बताए । ‘हाम्रा ए डिभिजन क्लबले आउने दिनमा एएफसी क्लब लाइसेन्सिङ अनिवार्य रुपमा लिनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसको अभ्यासका रुपमा हामीले एन्फाको मापदण्ड तयार पार्दैछौं ।’ यस वर्ष नेपालका कुनै पनि क्लबले एएफसी क्लब लाइसेन्सिङ प्राप्त गरेका छैनन् ।

सबै खाले लिगमा एन्फाले विनियोजन गरेको बजेट

४८ जिल्ला – ३ करोड ३३ लाख ६० हजार रुपैयाँ

‘ए’ डिभिजन लिग – ५ करोड ७६ लाख ३० हजार रुपैयाँ

‘बी’ डिभिजन लिग – १ करोड ८६ लाख रुपैयाँ

‘सी’ डिभजन लिग – १ करोड ३८ लाख ४५ हजार रुपैयाँ

राष्ट्रिय लिग (प्रदेश लिग, एन्फा प्रेसिडेन्ट्स कप) – ५ करोड २५ लाख रुपैयाँ

महिला लिग – ३ करोड ३३ लाख ६० हजार रुपैयाँ

ललित स्मृति यू-१८ लिग – ५४ लाख २५ हजार

जम्मा – १९ करोड ४८ लाख ६० हजार रुपैयाँ

पुरस्कार राशी

राष्ट्रिय लिग – २ करोड रुपैयाँ

‘ए’ डिभिजन लिग – १ करोड ४४ लाख ४९ कजार रुपैयाँ

‘बी’ डिभिजन लिग – १९ लाख ५० हजार रुपैयाँ

‘सी’ डिभिजन लिग – १३ लाख रुपैयाँ

जम्मा (३ करोड ७७ लाख ४० हजार रुपैयाँ

तयारी खर्च

‘ए’ डिभिजन (प्रति क्लब २० लाख) – २ करोड ८० लाख रुपैयाँ

‘बी’ डिभिजन (प्रति क्लब १० लाख) – १ करोड २० लाख रुपैयाँ

‘सी’ डिभिजन (प्रति क्लब ७ लाख) – ९८ लाख रुपैयाँ

जम्मा – ४ करोड ९८ लाख रुपैयाँ

म्याच मनी

‘ए’ डिभिजन (प्रतिखेल ५० हजार,) ९१ खेल – ४५ लाख ५० हजार रुपैयाँ

‘बी’ डिभिजन (प्रति खेल ३० हजार ) ६६ खेल – १९ लाख ८० हजार रुपैयाँ

‘सी’ डिभजिन (प्रतिखेल झन्डै २२ हजार) ९१ खेल – १० लाख रुपैयाँ

जम्मा – ७५ लाख ३० हजार रुपैयाँ

हाम्रो खेलकुद डटकमबाट साभार गरिएको

Related Posts

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु
अन्तर्राष्ट्रिय

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु

एफए कपको उपाधि लिभरपुललाई
खेलकुद

एफए कपको उपाधि लिभरपुललाई

जिम्बावे ए माथि नेपालको सानदार जित
खेलकुद

जिम्बाब्वेमाथि नेपालको सहज जित

नेपालले दियो १८२ रनको लक्ष्य
खेलकुद

जिम्बावे ‘ए’ विरुद्ध ब्याटिङ गर्दै नेपाल

कोरोना पुष्टि भएपछि एन्फाको कार्यालय बन्द
खेलकुद

सुर्खेत जिल्ला निर्वाचन: अध्यक्षमा रविन निर्विरोध निर्वाचित

राष्ट्रिय खेलकुद प्रतियागितामा कर्णालीले २८ खेलमा भाग लिने
खेलकुद

राष्ट्रिय खेलकुद प्रतियागितामा कर्णालीले २८ खेलमा भाग लिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

२६ जेष्ठ २०७७, सोमबार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

२६ जेष्ठ २०७७, सोमबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

२६ जेष्ठ २०७७, सोमबार
भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

२६ जेष्ठ २०७७, सोमबार
जीवन बीमा कम्पनीको नाफा घट्यो

जीवन बीमा कम्पनीको नाफा घट्यो

२६ जेष्ठ २०७७, सोमबार
स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

२६ जेष्ठ २०७७, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.