पोखरा : कोरोना संक्रमणबाट स्याङ्जाका एक पुरुषको मृत्यु भएको छ । स्याङजाको वालिङ नगरपालिकाका ती व्यक्तिको कोरोनाका कारण सोमबार बिहान मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको हो ।
कोरोना संक्रमणको कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा भर्ना गरिएका ६० वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।