शनिबार, जेष्ठ ७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कोरोना परीक्षणमा सरकारको नयाँ मोडालिटी: लक्षण नदेखिँदासम्म सर्वसाधारणको जाँच नगरिने, भिआइपीको गरिँदै

पिसिआर परीक्षण नगर्ने, आरडिटी मात्रै गर्ने

होस्ट खबर by होस्ट खबर
२४ जेष्ठ २०७७, शनिबार
256
SHARES
331
VIEWS
FacebookTwitter
कोरोना बिरुद्ध अहोरात्र खटिएका कर्णालीका स्वास्थ्यकर्मी

काठमाडौँ : कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढ्दै गएपछि सरकारले परीक्षणको मोडालिटी नै परिवर्तन गरेको छ । अब कोरोना लक्षण नदेखिएका सर्वसाधारणको पिसिआर विधिबाट परीक्षण गरिने छैन । तर, उच्च ओहोदाका व्यक्तिको भने जोखिम नभए पनि पिसिआर विधिबाट परीक्षण गरिँदै आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको ‘नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ जारी गर्दै क्वारेन्टाइनमा बसेका व्यक्तिमा लक्षण देखिएको छैन भने पिसिआर परीक्षण नगर्ने स्पष्ट पारेको छ । आवश्यक परे जोखिममा रहेका व्यक्तिको आरडिटी परीक्षण गर्ने उल्लेख छ । आरडिटी परीक्षणलाई हालसम्म विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन ।

राज्यको स्रोतसाधनले धान्न नसक्ने देखेपछि लक्षण नभएकालाई परीक्षण नगरी घर पठाउने निर्णय भएको मन्त्रालयका एक अधिकारीले बताए । भारतबाट आएकाहरू अधिकांश संक्रमित भएको र स्थानीय सरकारले क्वारेन्टाइन व्यवस्थित बनाउन नसक्दा संक्रमण फैलिएको समयमा मन्त्रालयले परीक्षण नगर्ने निर्देशिका बनाएपछि नेपाल महामारीको थप जोखिममा पुगेको विज्ञहरूले बताएका छन् ।

निर्देशिकामा स्पष्टसँग लेखिएको छ, ‘कोरोनाको लक्षण नदेखिएकालाई अब पिसिआर विधिमार्फत कोरोना जाँच गरिँदैन ।’ अहिले क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको भने १४ दिनपछि आरडिटी परीक्षण गरिनेछ । स्रोतका अनुसार आरडिटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएमा मात्रै पिसिआर परीक्षण हुनेछ । सरकारमातहत रहेको अनुसन्धान परिषद्ले समेत हालै गरेको एक अध्ययनले उपचारमा आरडिटी परीक्षण प्रयोग गर्न नमिल्ने सुझाब दिएको थियो ।

मन्त्रालय स्रोत भन्छ, ‘आरटी–पिसिआर परीक्षण निकै महँगो विधि रहेछ, हामीलाई धान्न निकै कठिन भयो । त्यसैले अब लक्षण नभएकालाई परीक्षणमा पिसिआर विधि प्रयोग गरिनेछैन ।’ कोरोना जाँचको चार महिनामै सरकार परीक्षणबाट भाग्न खोजेको देखिएको छ । अहिलेसम्म देशभर एक लाख ६६ हजार चार सय २३ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै दुई हजार नौ सय १२ जनामा संक्रमण देखिएको छ । सबैजसो संक्रमितहरू लक्षणविहीन रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका आनुवांशिक विज्ञ डा. गिरिराज त्रिपाठी सरकारले जारी गरेको निर्देशिका ठीक भएको बताउँछन् । ‘पिसिआर परीक्षण निकै महँगो भएकाले हाम्रोजस्तो देशले धान्न सक्ने अवस्था रहँदैन,’ उनले भने । लक्षण नदेखिएकालाई पिसिआर परीक्षण जरुरत नभएको उनको भनाइ छ । ‘१४ दिनपछि आरडिटी परीक्षण गर्ने, पोजेटिभ देखाए पिसिआर गर्ने, नभए आवश्यक पर्दैन,’ डा. त्रिपाठीले भने ।

अहिलेसम्म नेपालमा ८८ हजार तीन सय ६६ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । नेपालमा पिसिआर परीक्षण गर्दा प्रतिव्यक्ति करिब पाँच हजार राज्यको खर्च हुन्छ । तर, कम्तीमा एक व्यक्तिको सरदर तीनपटक पिसिआर परीक्षण आवश्यक हुन्छ । यसको खर्च १५ हजार पर्न जान्छ ।

अहिलेसम्म परीक्षणमा मात्रै पाँच हजारका दरले पनि ४४ करोड १८ लाखभन्दा बढी खर्च भएको छ । ‘यो अवस्थाले आगामी दिनमा पिसिआर परीक्षण गर्न राज्यले धान्न सक्दैन,’ स्वास्थ्य मन्त्रालयका अधिकारी भन्छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म संक्रमण पुष्टि भएकामध्ये ९० प्रतिशतभन्दा बढी क्वारेन्टाइनमा बसेकाहरू छन् । सबैजसो लक्षणविहीन हुन् । लक्षण नदेखिए पनि संक्रमितहरू नियमित स्वास्थ्यकर्मीको निगरानीमा बस्नुपर्ने र उनीहरूको पिसिआर परीक्षण अनिवार्य गर्नुपर्छ । यस्तो वेला खर्चले धान्न सकिँदैन भनेर पिसिआर परीक्षण नगर्नु आश्चर्यको विषय भएको चिकित्सकहरू बताउँछन् ।

विश्व स्वास्थ्य संगठनले मान्यता दिएको पिसिआर परीक्षण नगर्ने, तर अनुमति नै नपाएको आरडिटी परीक्षण गर्ने निर्णयले स्वास्थ्यमन्त्रीको नियतमाथि प्रश्न उठेको चिकित्सकहरूको भनाइ छ ।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार नेपालको सन्दर्भमा लक्षण नदेखिए पनि पिसिआर परीक्षण गर्नु आवश्यक छ । ‘क्वारेन्टाइनमा रहेका, तर लक्षणविहीनलाई १४ दिनपछि परीक्षण नै नगरी घर पठाउनु वैज्ञानिक होला, तर नेपालमा व्यावहारिक छैन,’ डा.पुनले भने, ‘यसरी पठाउनका लागि व्यवस्थित क्वारेन्टाइन आवश्यक पर्छ, तर नेपालमा एकै ठाउँमा सयौँ व्यक्ति राखिएको छ ।’ यसले थप संक्रमण बढाइरहेको चिकित्सकहरूले बताएका छन् ।

आरडिटी प्रयोग गर्न मिल्दैन : परिषद्

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आरडिटी परीक्षण प्रयोग गर्न नमिल्ने रिपोर्ट सरकारलाई दिएको छ । संक्रमित व्यक्तिको परीक्षण गर्दा आधा संक्रमितलाई आरडिटीले छाडेको भन्दै परीक्षण गर्न नहुने रायसहितको प्रतिवेदन बुझाइसकेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालगायत विज्ञ सहभागी टोलीले गरेको अनुसन्धानले यसको प्रयोग उचित नभएको निष्कर्षसहितको प्रतिवेदन मन्त्रालयमा बुझाएको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक उच्च अधिकारीका अनुसार आरडिटी किट अध्ययन, अनुसन्धान गर्न मिल्ने, तर उपचारको प्रक्रियामा प्रयोग गर्न मिल्दैन । ती अधिकारीका अनुसार उपचारको रूपमा विश्व स्वास्थ्य संगठनले भनेअनुसार र परिषद्को निचोडअनुसार प्रयोग गर्न नमिल्ने प्रतिवेदनमा स्पष्ट खुलाइएको छ ।

अनुसन्धानकर्ताहरूले भनेका छन्, ‘आरडिटी किटको पोजेटिभ देखाउने क्षमता ५० प्रतिशत मात्रै देखियो । तर, नेगेटिभ केसमा भने राम्रो रिपोर्ट दिएको छ ।’ अनुसन्धानकर्ताहरूले पिसिआर परीक्षण नगरेर आरडिटी मात्रै गरेमा देशले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।

ह्याम्स अस्पतालमै कोरोना संक्रमितको उपचार

कोरोना संक्रमितले सरकारी अस्पतालमा जान नमानेपछि राजधानीको ह्याम्स अस्पतालमै उपचार भइरहेको छ । ह्याम्समा उपचाररत गुल्मी र पोखराका दुई व्यक्तिलाई कोरोना पुष्टि भएको हो । गुल्मीका ७६ वर्षीय पुरुष पिसाबको संक्रमण भएर अस्पताल पुगेका थिए भने पोखराका पुरुष मेनेन्जाइटिसजस्तो लक्षण देखिएपछि एयरलिफ्टमा अस्पताल गएका थिए । उनीहरूमा लक्षण नदेखिए पनि बाहिरी जिल्लाबाट आएकाले परीक्षण गर्दा संक्रमण देखिएको हो ।

ठूलो समस्या नदेखिएपछि गुल्मीका बिरामी कोरोना रिपोर्ट आउनुअघि नै घर गएका थिए । शुक्रबार रिपोर्टमा पोजेटिभ देखिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले सम्पर्क गरी सशस्त्र प्रहरी अस्पताल बलम्बु भर्ना गरेको छ ।

अर्का संक्रमित भने ह्याम्स अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ्यमा सुधार हुँदै गएपछि शुक्रबार बिहान भेन्टिलेटरबाट बाहिर निकालिएको छ । कोरोना पोजेटिभ देखिएपछि सरकारी अस्पताल जान अनुरोध गरे पनि नमानेको कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माले बताए । ‘हामीले उहाँहरूसँग सरकारको नियमअनुसार कोभिड अस्पतालमा जान अनुरोध गर्‍यौँ, तर बिरामी र आफन्तले सरकारीमा गएर भर्ना नहुने अडान लिएपछि यहीँ उपचारलाई निरन्तरता दिने भएका छौँ,’ डा. शर्माले भने ।

कार्यकारी निर्देशक डा. शर्माले संक्रमित भर्ना गर्ने आइसोलेसन वार्ड पनि अन्तर्राष्ट्रिय स्तरको भएकाले कुनै किसिमको जोखिम नहुने बताए । यसका लागि सरकारसँग अनुमति लिएर उपचार प्रक्रिया अघि बढाएको अस्पतालले जनाएको छ ।

निको नहुँदै घर फर्काइए संक्रमित

नयाँ निर्देशिका बेवास्था भन्दै सेती प्रादेशिक अस्पताल धनगढीले ६ कोरोना संक्रमितलाई निको नहुँदै डिस्चार्ज गरेको छ । अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुष र उनकी ११ वर्षीया छोरी, बैतडीको शिवनाथ गाउँपालिका–१ का २० र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका–२ का २० र २२ वर्षीय पुरुषलाई शुक्रबार दिउँसो डिस्चार्ज गरिएको हो ।

संक्रमितहरू निको नभए पनि स्वास्थ्य मन्त्रालयले भर्खरै जारी गरेको निर्देशिकाअनुसार उनीहरूलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले नयाँ निर्देशिकाअनुसार १४ दिन क्वारेन्टाइनमा बसेको र कुनै लक्षण नदेखिएकाले संक्रमितलाई डिस्चार्ज गरिएको बताए ।

यसअघि संक्रमितको लगातार दुईपटक नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने व्यवस्था रहेको थियो । लक्षण नदेखिएको र अन्य स्वास्थ्य समस्या पनि नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने व्यवस्था नयाँ निर्देशिकामा छ ।

अस्पतालले डिस्चार्ज गरे पनि घर जाने व्यवस्था नहुँदा अलपत्र परेपछि उनीहरूलाई बेलुका पुनः अस्पतालमै राखिएको छ । सम्बन्धित जिल्लासम्म पु¥याउने व्यवस्था नभएपछि प्रि–आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ ।

Related Posts

राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने
ताजा समाचार

राष्ट्रपतिले जेठ १० गते संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो
ताजा समाचार

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन आह्वान

२ शिक्षक, ५ विद्यार्थी
ताजा समाचार

फेरियो शिक्षक र कर्मचारीको पोसाक

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा
ताजा समाचार

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ ज्येष्ठ ७ गते शनिबार, आजको राशिफल

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी
ताजा समाचार

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

२४ जेष्ठ २०७७, शनिबार
राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने

राष्ट्रपतिले जेठ १० गते संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

२४ जेष्ठ २०७७, शनिबार
कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

२४ जेष्ठ २०७७, शनिबार
पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन आह्वान

२४ जेष्ठ २०७७, शनिबार
२ शिक्षक, ५ विद्यार्थी

फेरियो शिक्षक र कर्मचारीको पोसाक

२४ जेष्ठ २०७७, शनिबार
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

२४ जेष्ठ २०७७, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.