आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

गाडी फिर्ता गर्दै सांसद शाहीले भने : महँगा गाडी चढ्ने हाम्रो हैसियत छैन

होस्ट खबर by होस्ट खबर
२३ जेष्ठ २०७७, शुक्रबार
438
SHARES
357
VIEWS
FacebookTwitter
गाडी फिर्ता गर्दै सांसद शाहीले भने : महँगा गाडी चढ्ने हाम्रो हैसियत छैन

वीरेन्द्रनगर : कर्णाली प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले विपक्षी दलको नेताको हैसियतमा पाएको गाडी सुविधा फिर्ता गरेका छन् । उनले कर्णालीका गाडी सुविधा पाएका अन्य पदाधिकारीलाई पनि कर्णालीको अवस्था मनन् गर्दै फिर्ता गर्न आग्रह गरेका छन् ।

बिहीबारको प्रदेशसभा बैठकमा गाडी सुविधा र प्रदेशको अवस्थाबारे बोलेपछि आफूलाई सुविधाबापत दिइएको स्कार्पियो गाडीको साँचो संसद सचिवालयलाई बुझाइएको उनका स्वकीय सचिव राजबहादुर रोकायाले बताए । नेता शाहीले प्रदेशसभा बैठकमा आर्थिक मितव्ययिताबारे बारे बोल्दै भनेका थिए, ‘हामी गरिब प्रदेश भन्ने, अनि महँगा–महँगा गाडी चढ्ने, यो राम्रो भएन, त्यसैले मैले कानुनद्वारा पाएको गाडी फिर्ता गर्ने निर्णय गरेको हुँ ।’

नेता शाहीले प्रदेश सभाका विभिन्न समितिका अध्यक्षलाई पनि गाडी दिने हैसियत कर्णाली प्रदेशको नभएको बताए । सुविधा दिनै परेमा एक–एकवटा मोटरसाइकल दिनुपर्ने उनको भनाइ छ । ‘मन्त्रीहरुलाई गाडी नचढ्नुस् भनेर म भन्दिनँ, तर महँगा फोरह्वीलर स्कार्पियो चढ्ने हाम्रो हैसियत छैन,’ उनले भने, ‘मन्त्री र सभामुखलाई मारुती ८ सयभन्दा माथिको गाडी नदिऔं ।

नेता शाहीले मन्त्रालय र संसद सचिवालयमा राखिएका महँगा र अधिक विद्युत् खपत गर्ने एसीहरु पनि झिक्न आग्रह गरे । गरिब प्रदेशलाई झन् गरिब बनाउने बिलासी साधन बेचेर प्रदेशको कोषमा जम्मा गर्नुपर्ने उनको भनाइ छ । ‘जनता भोकभोकै मरिरहेका छन्, बत्ती जोड्न नसकेर अँध्यारोमा बसिरहेका छन्,’ उनले भने, ‘हामी भने एकातिर गरिब प्रदेश भन्ने, अर्कोतिर विलासी सुविधा लिइरहेका छौं, सभामुखलाई मेरो आग्रह छ– ‘भोलिबाटै प्रदेशसभामा फ्यान जोडौं ।’ मन्त्री र मन्त्रालयका सोफामा समेत मापदण्ड निर्धारण गर्नुपर्ने उनले बताए ।

नेता शाहीले कोरोना प्रकोपलाई मध्यनजर गर्दै सांसदले पाउँदै आएको निर्वाचन क्षेत्र विकास कोषको बजेट पनि कटौती गर्न सरकारलाई प्रस्ताव गरे । कर्णाली प्रदेशमा सभामुखको लागि महँगो गाडी खरिद गरेको विषयमा चर्को बहस भइरहेको छ । ‘मैले यो विषयमा धेरै अध्ययन गरेँ, सबै निकायमा बुझेँ,’ उनले भने, ‘बाहिर हल्ला भएजस्तो कानुनविपरीत त छैन होला, तर त्यो गाडी चढ्ने हाम्रो हैसियत हो कि होइन, यतातिर ख्याल गरौं भन्ने मेरो आग्रह छ ।’

२०७५ मंसिरमा प्रदेश सभाले पारित गरेको ‘कर्णाली प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन’ मा सेवा–सुविधासम्बन्धी व्यवस्था रहेको छ । ऐनमा प्रदेशसभाका सभामुख, उपसभामुख, विपक्षी दलका नेता, दलको प्रमुख सचेतक, सत्ता पक्षको सचेतक र प्रदेश सभाका विभिन्न समितिका अध्यक्षलाई गाडी सुविधा दिइएको छ ।

ऐनमा नभए पनि नेकपा नेता एवं प्रदेश सभा सदस्य यामलाल कँडेलले पनि गाडी सुविधा पाउँदै आएका छन् । सभामुखलाई मासिक २ सय लिटर, उपसभामुख र विपक्षी दलको नेतालाई मासिक १ सय ५० लिटर र अन्यलाई मासिक १ सय २५ लिटरको दरले इन्धन सुविधा दिइने ऐनमा उल्लेख छ ।

Related Posts

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)
Videos

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)

पारिश्रमिक नै नलिने घोषणापछि वीरेन्द्रनगरका मेयर उम्मेदवार गिरीको चर्चा चुलियो
Videos

वीरेन्द्रनगरका मेयर उम्मेदवार गिरीको चर्चा, पारिश्रमिक नलिने घोषणा

‘९० हजार भोट ल्याउँछु, ई–सरकार बनाउँछु’: बालेन शाह
विचार/ब्लग

‘९० हजार भोट ल्याउँछु, ई–सरकार बनाउँछु’: बालेन शाह

जलवायु परिवर्तनको मारमा चरा
विचार/ब्लग

जलवायु परिवर्तनको मारमा चरा

लोकतन्त्रको लाभ नेतालाई मात्रै ?
विचार/ब्लग

लोकतन्त्रको लाभ नेतालाई मात्रै ?

हुलाक टिकटमा नेपालको इतिहास: जिउँदा सत्यमोहनदेखि दिवंगत राजा वीरेन्द्रसम्म
मुख्य समाचार

हुलाक टिकटमा नेपालको इतिहास: जिउँदा सत्यमोहनदेखि दिवंगत राजा वीरेन्द्रसम्म

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एकै दिन तोलामा ६ हजार घट्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

२३ जेष्ठ २०७७, शुक्रबार
भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

२३ जेष्ठ २०७७, शुक्रबार
सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

२३ जेष्ठ २०७७, शुक्रबार
निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

२३ जेष्ठ २०७७, शुक्रबार
वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

२३ जेष्ठ २०७७, शुक्रबार
सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

२३ जेष्ठ २०७७, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.